गनेश कुमार यादव
फागुन २८ गते,इनरुवा। सुनसरीको इनरुवा-२ निवासी राजिव स्वर्णकारले छाेरीकाे स्कुल फिस तिर्ने रकम क्यान्सर पिडितलाई सहयाेग गरेका छन् ।
आइतबार भाेक्राहा नरसिंह गाउँपालिका वडा नं-२ का क्यान्स पिडित डा. जुवेर अन्सारीलाई छाेरीकाे स्कुल फिस तिर्ने रकम सहयाेग गरेका हुन् ।
शनिवार राति आवर सुनसरीको फेसबुक पेजमा पिडित अन्सारीको श्रीमती गाउँगाउँमा मागेर उपचार खर्च जुटाएकाे भिडियाे हेरेर स्वर्णकार उनकाे निवसमै पुगि नगद रु ५ हजार सहयाेग गरेका हाे । उनले पिडितलाई तथ खाद्यान्न सहयाेग गर्ने बनाउनुभयाे ।
विगत ७ महिना देखि डा.अन्सारी क्यान्सर राेगले ग्रस्त छन् । उनकाे आर्थिक अवस्था निकै कम्जाेर छ । उनकाे श्रीमती र २ जना साना छाेरा छन् । उनकाे श्रीमती गाउँगाउँमा मागेर उपचार खर्च खर्च जुटाउँदै आइरहेकाी छिन् ।
उनको श्रीमती शनिबार इनरुवा-९ बबियामा घरघरमा मागिरहेकाे अवस्थामा आवर सुनसरीकाे फेसबुकमा उनकाे समस्या बारे भिडियाे सार्वजनिक भए पछि विभिन्न स्थानबाट सहयाेगी मनहरुले उकाे खातामा आफ्नाे क्षमता अनुसार सहयाेग गरिरहेकाे छ । उक्त भिडियो हेरेरनै आइतबार स्वर्कार उनकाे निवासमबे पुगि सहयाेग गरेका छन् र आगामी दिनमा पनि केही खाद्यान्न सामाग्री सहयाेग गर्ने डा.अन्सारीका परिवारलाई आस्वासन दिए ।
स्वर्णकार इनरुवा-२ निवासी हुन्,उनी साने सुन पस चलाउँदै आफ्नो जीवन यापन गरिरहेका छन् । बिगतमा पनि उनले विभिन्न राेगि तथा विपन्न परिवारलाई खाद्यान्न र आर्थिक सहयाेग गर्दै आइरहेकाे छ ।