इनरुवा । सुनसरीको इनरुवामा सालकमे भित्ते पात्राे सार्वजनिक गरिएकाे छ ।
शुक्रबार जिल्ला समन्वय समिति सुनसरीमा नेपाली कांग्रेस इनरुवा-३ वडा कार्य समिति सुनसरीले उक्त पात्राे सार्वजनिक गरेकाे हाे ।
सुनसरी क्षेत्रं-४(ख)का प्रदेश सांसद इस्राइल मन्सुरी र जिल्ला समन्वय समिति सुनसरीका सभापति तथा नेपाली कांग्रेस इनरुवा नगर कार्य समिति सुनसरीका सभापति समेत रहेका राजन मेहताले उक्त पात्राे खाेलेर सार्वजनिक गरेको प्रकाश भट्टराईले जानकारी दिए ।
कार्यक्रममा सुनसरी क्षेत्रं-४(ख)का प्रदेश सांसद इस्राइल मन्सुरीले पात्राेमा रहेका वीर पूरुषहरुकाे तश्विरले समाजका सबैले शिक्षा पाउँने बताउँनुभभयाे । उनले उक्त पात्राेलाइ हरेक ठाउँमा पुर्याउन आग्रह समेत गरेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति सुनसरीका सभापति राजन मेहता,नेपाली कांग्रेस सुनसरीका सचिव बिरेन्द्र साह,नेपाली कांग्रेस इनरुवा नगर समितिका सदस्य रामबहादुर कटुवाल प्रकाश भट्टराई लगायतकाे उपस्थिति रहेकाे थियाे भने नेपाली कांग्रेस इनरुवा-३ वडाका सभापति सुनाेज भरद्वाजकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे थियाे ।