विराटनगर । पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक र टिकटक व्यक्तिगत होस् या संस्थागत गतिविधि सार्वजनिक गर्ने राम्रो ‘प्लेट्फम’ बनेको छ । यहाँ सम्प्रेषण भएका केही सामाग्री प्रेणदायी हुन्छन् त केही समाजलाई तरंगित बनाउने खाल्का हुन्छन्
यस्तै केही दिन अगाडी सामाजिक सञ्जालमा विद्यालयमा केही विद्यार्थीहरु एकआपसमा झगडा गरेको भिडियो सार्वजनिक भयो । एकधुर छात्राले एक्ली बालिकालाई कुटपिट गरेको दृष्य देख्न सकिन्थ्यो । घटना मोरङको मिक्लाजुङ गाउँपालिका ३ स्थिति कालिका माविको हो । वैशाख ६ गते भएको घटनामा कक्षा ८ मा पढ्ने १४ वर्षिया निता (नाम परिवर्तन) सोही स्कुलमा अध्ययनरत सिनियर छात्राले होनेकी थिइन् ।
के थियो झगडाको कारण ?
झगडाको कारण थियो पिडित निता कुनै किशोरसँग बोलको । किशोरसँग किन बोलको ? भन्दै झापड हानेकी थिइन् ती किशोरीले नितालाई, एक्कासी पिटाई खाँदा जवाफविहिन बनिन् । जवाफमा उनले भनेकी थिइन्, ‘म हैन उ आफैँ बोलेको ।’उनी माथि आइलाग्ने ती एक्ली किश्वोरी मात्रै थिइनन्, उनीसँग १३ जनाको समूह थियो । त्यही समुहले जथाभावि गालिगलौससँगै शारिरिक पिडा पनि दिएका थिए ।
त्यसो त पीडित बालिकालाई मात्र नभएर बालिकाको आमालाई समेत त्यो समूहले अनेक विषयको लान्छना लगाए थिए । त्यो आक्रमक भिडमा उनी जवाफ विहिन भइन् । न प्रतिकार गर्न सकिन, न कुनै जवाफ नै फर्काउन सिकने ।
भिडियो सार्वजनिक भएपछि उजुरी
कुट्न थालेको भिडियो त्यही मध्येको एक किशोरीले खिचेकी थिइन् भने त्यही समूहबाट भिडियो पनि सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।
छोरी माथि सामूहिकरुपमा आक्रमण भएपछि नितकी आमाले इलाका प्रहरी कार्यालय उर्लाबारीमा ‘ज्यान मार्ने उद्योग’ को जाहेरी दिएकी थिइन् । जाहेरीपछि प्रहरीले पीडित बालिकालाई कुटपिट गर्ने १३ जनालाई वैशाख ११ गते नियन्त्रणमा लिएको छ । घाइते बालिकाको झापाको बिर्तामोडस्थित बि एण्ड सी मेडिकल कलेज शिक्षणमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा कक्षा ८ देखि कक्षा १० सम्ममा किशोरीहरू रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार सोमबार जिल्ला अदालतबाट म्याद थप गरिएको छ ।