गनेश कुमार यादव
इनरुवा । सुनसरीको काेशी गाउँपालिकाका ९१ जनाले ५४ बर्षपछि जग्गा धनी दर्ता प्रमाण पुर्जा पाएका छन् ।
काेशी गाउँपालिका वडा नं-६,५,८ का जग्गा धनी दर्ता प्रमाण पुर्जा विहिन ९१ जनाले शनिबार उक्त पुर्जा पाएका हुन् ।
काेशी गाउँपालिकाकाे सभाहलमा नापी कार्यालय सुनसरीले जग्गा धनी दर्ता प्रमाण पुर्जा वितरण कार्यक्रमकाे आयाेजना गरि कोशी गाउँपालिका वडा नं-१ साविक लौकही गाविस वडा नं-६ को कित्ता नं-५ र वडा नं-८ को कित्ता नं-५५ को गाउँ ब्लक अन्तर्गत नापी कार्यालय सुनसरीका प्रमुख संजिव साह तथा काेशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले विगत ५४ बर्षदेखि भूमिहिन रहेका ९१ जनालाई उक्त पुर्जा वितरण गरेका थिए ।
सानैदेखि जग्गा धनी दर्ता प्रमाण पुर्जा विहिन भएर बस्दै आएका वृद्धवृद्धाहरुले ५४ बर्षपछि उक्त पुर्जा पाउँदा निकै खुशी थिए । उनिहरुले उक्त पुर्जा नभएकाे कारणले आफू वसाेवमस गर्दै गरेकाे जग्गा सरकारले कुनबेला खाली गराएर आफुहरुलाई घर विहिन बनाउँछ कि? भन्ने त्रासले सताउथ्याे । उक्त पुर्जा पाउँनासाथ वृद्धवृद्धाहरुले खुशी थाम्न गाराे नै भयाे जस्तो लाग्याे। उनिहरु निकै खुशी भएर सभाहल बाहिर उक्त पुर्जा हेर्दै मुस्कुराई रहेका थिए ।
काेशी गाउापालिका निवासी असाेक कुमार मण्डलले आफ्नाे जन्म पनि नभएकाे अवस्था देखि जग्गा धनी दर्ता प्रमाण पुर्जा विहिन रहेकाे समस्या आफ्ना परिवारले झेल्दै आइरहेकाे थियाे र विभिन्न कठिनाईका वावजुद लामाे सामयदेखि कडा परिश्रम पछि उक्त पुर्जा पएकाे बताए। उनले नापी कार्यालय सुनसरीका सम्पूर्ण कर्मचारी तथा काेशी गाउँपालिकाका अध्यक्ष लगायत उपाध्यक्ष र वडा अध्यक्षहरुलाई धन्यवाद समेत दिए ।
उक्त कार्यक्रममा आफ्नो मन्तव्य राख्दै काेशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले धेरै संघर्षपछि पाउन सफल भएकाे उक्त जग्गा जतिसुकै समस्या आएपनि नबेच्न आग्रह गरेका थिए ।
उक्त कार्यक्रममा नापी कार्यालय सुनसरीले उक्त पुर्जा वितरणमा काेशी गाउँपालिकाले पुर्याएकाे सहयाेगकाे कदर गर्दै काेशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीलाई नापी प्रमुख संजिव साहले प्रशंसापत्र प्रदान गरेका थिए ।
त्यस्तै काेशि गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारीले नापी कार्यालय सुनसरीका प्रमुख साह सहित कर्मचारीहरुलाई प्रशंसापत्र प्रदान एरेका थिए ।
उक्त कर्यक्रममा प्रमुख अतिथि काेशी गाउँपालिकाका अध्यक्ष ऐयसव अन्सारी विशिष्ट काेशी गाउँपालिकाकी उपाध्यक्ष अनिता यादव,अतिथि प्रमुख मालपोत अधिकृत विष्णुप्रसाद सिटाैला,काेशी गाउँपालिका वडा नं-१का वडा अध्यक्ष साेभितलाल यादव लगायतकाे आतिथ्यता रहेकाे थियाे भने नापी कार्यालय सुनसरीका प्रमुख संजिव साहकाे अध्यक्षतामा तथा काेशी गाउँपालिकाकाे सहयाेगमा उक्त कार्यक्रम सम्पन्न भएकाे थियाे ।