जनकपुर । जनकपुरमा हालसालै घटेको घटना हो बिहे गरेको करिब डेढ बर्ष नपुग्दै आफ्नै श्रीमान,ससुरा,सासू र देवरले गरे आरतिको हत्या त्यो पनि आरति शाहको माईति पक्ष गरिब र कमजोर भएकै कारण । मृतक कि बहिनिको भनाइ छ मेरो दिदिको हत्या हुनुभन्दा पहिले ज्ञण्रज्ञज्ञ दिन दिदी माईतिघरमै बसेकी हुन र दिदिले आमालाई एउटा राम्रो मोटरसाइकल र दराज किनिदिन आग्रह गर्नुभएको थियोे । त्यसपछि आमाले मोटरसाइकल किन्न सक्ने अवस्था नभएका कारण तत्कालका लागि दराज भनेजस्तै किनिदिने छौ भन्नुभएको थियो । तर त्यसको केही दिनमै दिदिको योजना बद्द तरिकाले हत्या गरियो दिदिको सरिरभरि डाम र चोटपटक हुदा समेत डाक्टरले पोष्टमार्टपोष्टमार्टम रिपोर्टमा त्यस्तो केही देखाएन ।अनि प्रहरी प्रसासनको अनुसन्धानमा पनि फितलो देखिन्छ हामीलाई सोधपुछ गर्न बोलाएर हाम्रो बयान समाबेश नगरीकन लिखित कागजमा साईन गर भनेपछि हामीले नगर्दा उल्टै हामीलाई प्रहरीले कुटपिट गरेकोे छ। यदि यो देशमा साच्चिकै कानुन छ भने मेरो दिदी आरति शाहले न्याय पाउनुपर्छ ।