इनरुवा । सुनसरको इनरुवा नगरपकलिका क्षेत्र भित्रको मासु पसल तथा भेटेनेरी पसलहरुमा अनुगमन गरेको छ ।
आइतबार इनरुवा नगरपालिकाको पशु शाखा,भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इनरुवाको संयुक्त टोलिले इनरुवा नगर क्षेत्र भित्र सञ्चालनमा रहेको मासु पसल तथा भेटेनेरी पसलहरुमा अनुगमन गरेको हो ।
अनुगमनको क्रममा इनरुवाका अधिकांश मासु पसलमा सरसफाईमा कमी,मुल्य सुची नराखेको,खिया लागेका खुकुरी प्रयोग गरेको,धुलो पस्ने गरि जालीको प्रयोग गरेको लगायत विभिन्न मापदण्ड विपरित काम देएिको इनरुवा नगरपाकिकाका पसु शाखाका डा. राजकुमार यादवले जथजानकारी दिए ।
त्यसैगरि ५ वटा मासुपसल दर्ता नगरिकन सञ्चालन गरेको समेत पाएको डा.यादवले जानकारी दिए । उनले दर्ता नभएको पसललाई एक हप्ता भित्र दर्ता गराउन आग्रह समेत गरेका छन् । एक हप्तामा पसल दर्ता नगरे कानुनी प्रक्रिया अगा बढाउने सथै मापदण्ड विपरित सञ्चालन गरेको पसलहरुलाई मापदण्ड अनुसार पसल सञ्चालन गर्न पनि एक हप्ताको समय दिएको यादवले जानकारी दिए । उनको अनुसार एक हप्तामा मापदण्ड अनुसार पसलहरु सञ्चालन नगरे कानुनी प्रक्रिया अनुसार कार्वाही गरिनेछ ।

स्वच्छ मासु उत्पादन भैहको छ वा छैन उपभोक्ताले स्वच्छ मासु पाइरहेको छ वा छैन र इनरुवा नगर क्षेत्रका मासु पसलहरुलाई सचेत गर्दै आगामी दिनमा स्वच्छ मासु उत्पादन तर्फ ध्यान दिने उदेश्यले उक्त अनुगमन गरेको डा.यादवले जानकारी दिए ।
अनुगमनमा इनरुवा नगरपाकिकाका पसु शाखाका डा. राजकुमार यादव, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अधिकृत चिनेश्वर मेहता, सिर्जन जोशी लगायत लगायतको सहभागिता रहेको थियो।



