ADVERTISEMENT
Thursday, January 15, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

‘आदिपुरुष’को विरोध भारतको विरोध होइन : बालेन शाह

गणेश कुमार यादव by गणेश कुमार यादव
July 10, 2023
in कला, मुख्य समाचार
0
काठमाडौं महानगरपालिकाका प्रमुख  बालेन्द्र शाह ‘बालेन’ को पद धरापमा
44
SHARES
Share on FacebookShare on Twitter
काठमाडौं । भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी बेटी हुन्’ भन्ने आशयको संवादलाई लिएर काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले महानगर क्षेत्रभित्र भारतीय फिल्मको प्रदर्शनमा रोक लगाए । उनको यो निर्णयलाई चुनौती दिंदै नेपाल चलचित्र संघ उच्च अदालत पाटन पुग्यो ।

अदालतले पनि अल्पकालीन अन्तरिम आदेश दिंदै भारतीय फिल्मको प्रदर्शन नरोक्न आदेश दियो । अदालतको फैसलाले बाटो खुला गरेपछि भारतीय फिल्मको प्रदर्शन अहिले भइरहेको छ । यस्तोमा मेयर शाहले भारतीय सञ्चारमाध्यम भाष्कर दैनिकलाई अन्तर्वार्ता दिंदै ‘आदिपुरुष’को विरोध भारतको विरोध नभएको टिप्पणी गरेका छन् ।

यस्तो छ बालेनसँग भाष्कर दैनिकको संवाद :

के कारणले हिन्दी फिल्मलाई प्रतिबन्ध लगाउनुपर्‍यो ? तपाईं मेयर हुनुहुन्छ, तपाईंसँग त त्यो गर्ने पावर पनि छैन होइन ?

मलाई त यो प्रश्न ठीक लागिरहेको छैन । म कसरी मेरो अधिकार क्षेत्र बाहिर गएँ, तपाईं पहिले मलाई भन्नुहोस् ।

नेपालको संविधान बमोजिम कुनै पनि फिल्मलाई प्रतिबन्ध लगाउने अधिकार स्थानीय निकायलाई नभएकोले यो प्रश्न उठेको हो । यसका लागि सेन्सर बोर्ड छ । किन प्रतिबन्ध लगाइयो ?

हामीले पूरै नेपालमा फिल्म रोकेका छैनौं । देशैभरि कुनै पनि फिल्म बन्द गर्न त सक्दैनौं, तर हाम्रो स्थानीय सरकारको मातहतमा आउने हलमा कस्तो फिल्म देखाउने, के देखाउने भन्ने कुरा हामी निर्णय गर्न सक्छौं ।

महानगरपालिकाको काम सहरको व्यवस्थापन हेर्ने र कर उठाउने हो । फिल्म प्रतिबन्ध लगाउने निर्णय किन गर्नुभयो ?

संविधानको धारा ४८ मा नागरिकका कर्तव्य उल्लेख छ । देशको पहिचान, स्वाधीनता र इतिहास जोगाउनु हरेक नागरिकको दायित्व हो, यो मेयरको मात्रै कर्तव्य होइन । आदिपुरुष रामायणमा आधारित आधिकारिक फिल्म हो । यो संसारभर चलिरहेको छ । यति ठूलो जनसंख्यालाई असर गर्ने फिल्ममा अर्को देशकी विभूति सीतालाई भारतकी भनिएको छ । यो नेपालको मात्रै विरोधको विषय होइन ।

यो फिल्म संसारमा जहाँ जहाँ चलिरहेको छ, प्रतिबन्ध लगाउनुपर्छ । नेपालमा त मेयरको हिसाबमा म बोल्दै छु । यसतर्फ हाम्रो सरकार, संस्कृति मन्त्रालय र सञ्चार मन्त्रालयले ध्यान दिनुपर्छ । नेपालमा मात्रै सेन्सर गर्नुको कुनै अर्थ छैन । यसले पटक्कै फरक पार्दैन ।

यसरी सोच्नुहोस्, बलिउड फिल्ममा पाकिस्तानमा गोली मात्र चल्छ, बम मात्रै विस्फोट हुन्छ । त्यो देखेर श्रीलंका र नेपालका नागरिक पाकिस्तान जान डराउँछन् । पाकिस्तानमा आतंकवादी मात्रै बस्छन् भन्ने मानिसलाई लाग्छ । फिल्मले मात्र यस्ता तस्वीर बनाउँछ ।

फिल्म यति शक्तिशाली हुन्छ कि यसले मानिसको सोच परिवर्तन गर्न सक्छ । यदि कुनै फिल्मले सीतालाई भारतीय भनेर वर्णन गर्छ भने मानिसले यसलाई सामान्य रूपमा लिन थाल्छन् । नेपाली नागरिकका अनुसार यसको विरोध गर्नुपर्छ । नेपालमा यसको विरोध किन भइरहेको छ भने नेपालमा भारतको व्यापार छ । यो सही होइन भन्न सक्ने क्षमता यहाँका नागरिकमा हुनुपर्छ । हामीले भारतको हितको लागि आफ्नो स्वतन्त्रता त्याग्नुपर्छ, यो हुनेछैन । भारतमा पनि सेन्सर बोर्ड छ । उसले पनि यस्ता कुरा बन्द गर्नुपर्छ ।

भारत सरकारले यसलाई रोक्दैन । त्यसैले हामीले यस्ता कुराहरू बन्द गर्नुपर्छ । व्यापार आफ्नो ठाउँमा छ, तर त्यसका कारण हामीले नेपालको स्वतन्त्रतामा सम्झौता गर्न सक्दैनौं । यसअघि पनि यस्तो भएको थियो । चाँदनी चोक टु चाइना फिल्ममा बुद्धका बारेमा गलत कुराहरु भनिएको थियो । अनिल कपुरको फिल्म घरवाली बहारवाली थियो । त्यसमा पनि गलत देखियो । त्यसपछि पनि चलचित्र प्रतिबन्धित भएको थियो । भारत सरकारले आफ्नो सेन्सर बोर्डलाई यस्तो गल्ती गरे दुई देशबीचको व्यापार र सम्बन्ध बिग्रन सक्छ भन्ने कुरा बुझाउनुपर्छ ।

जुन संवादका कारण तपाईंले आदिपुरुषलाई प्रतिबन्ध लगाउनुभयो, त्यो फिल्ममा छैन । यसलाई नेपाल सेन्सर बोर्डले हटाएको छ । यस्तो प्रतिबन्ध किन चाहियो ?

नेपालमा फिल्म हेर्नेले संवाद हेर्न पाएनन् । यसलाई सेन्सर बोर्डले काटेको थियो । भारतको मूलप्रति यहाँ कसैले देखेका छैनन् । यो कुरा भारतीय पक्षबाट कसैले उठाएनन् । नेपाली जनताले संवाद पनि सुनेका छैनन्, त्यसो भए कसरी भन्ने ?

तपाईं लगातार भारत विरोधी भनाइहरु दिइरहनुभएको छ, त्यसलाई सच्याउनुपर्छ जस्तो लाग्छ ?

होइन, मलाई त्यस्तो लाग्दैन । आदिपुरुषका लेखक मनोज मुन्तशिरले पनि माफी मागेनन् ।

एक पटक ऋतिक रोशनको बयानलाई लिएर काठमाडौंमा हिंसा भयो । केहीले ज्यान गुमाए । पछि थाहा भयो कि ऋतिक रोशनले त्यस्तो कुनै बयान दिएका छैनन् । यस्ता विषयमा बोल्दा संवेदनशील हुनुपर्छ जस्तो लाग्दैन ?

मैले निराधार कुरा गर्थें भने सोच्नुपर्ने जरुरी थियो । फिल्मका लेखकले नै यो कुरालाई पुष्टि गरेका छन् । यदि त्यो दृश्यमा यस्तो केही थिएन भने सेन्सर बोर्डले किन काट्यो ? यस्तो अवस्थामा मेरो भनाइको आधार छ । यसो भन्नुको अर्थ भारत विरोधी हुनु होइन । यो भारतीय जनताको विरुद्धमा हुनु पनि होइन । यसलाई ऋतिक रोशनको मामलासँग जोड्न सकिंदैन किनभने त्यसबेला हामी पूरै भारतको विरुद्धमा थियौं ।

पाटन उच्च अदालतले भारतीय फिल्ममाथिको प्रतिबन्ध फुकुवा गर्न आदेश दिएपछि तपाईंले न्यायपालिका र नेपाल सरकार भारतको गुलाम भएको लेख्नुभयो । के तपाईं आफूलाई उनीहरुभन्दा माथि ठान्नुहुन्छ ?

म आफूलाई त्यो तहको राजनीतिज्ञ होइन, नागरिक मान्छु ।

कुनै नागरिकले यसरी अदालतलाई चुनौती दिन सक्छ ?

मैले चुनौती दिएको छैन । सजाय भोग्न तयार छु भनेर मैले भनेको छु । यसको मतलब म अदालतमा विश्वास गर्दिन भन्ने होइन । जब देश, स्वतन्त्रता र इतिहासको कुरा आउँछ, म सहमत छैन ।

नेपाल–भारत सम्बन्धको बारेमा तपाईंलाई के लाग्छ ?

म पनि नेपाल र भारतबीच राम्रो सम्बन्ध चाहन्छु । नेपालमा पर्यटनको प्रशस्त सम्भावना छ । यहाँ भारत र चीनका पर्यटक आए भने पुग्छ । त्यसो हुँदा युरोपबाट पर्यटक नआए पनि खास फरक पर्दैन । त्यसैले सांस्कृतिक-धार्मिक र पर्यटनका हिसाबले सुमधुर सम्बन्ध आवश्यक छ ।

भारतीय संसदमा नक्साको जवाफमा तपाईंले आफ्नो कार्यालयमा ग्रेटर नेपालको नक्सा राख्नुभयो । भारतले केही गरेपछि तुरुन्तै किन प्रतिक्रिया दिनुहुन्छ ?

भारतले संसदमा राखेको नक्सालाbalenई सांस्कृतिक नक्सा भन्यो । हामीले बृहत्तर नेपालको नक्सालाई पनि ऐतिहासिक राखेका छौं ।

काठमाडौंमा हिन्दी फिल्म प्रतिबन्धित भए । नेपालमा हिन्दी फिल्मको व्यवसाय गर्नेलाई प्रतिबन्ध फिर्ता लिने आश्वासन दिनुहुन्छ ?

अदालतले प्रतिबन्ध हटाएको छ । म भन्न चाहन्छु कि नेपाल सरकारले भारत सरकार र यसको सेन्सर बोर्डलाई कुनै पनि देशको इतिहासलाई विकृत गर्न नदिन भन्नुपर्छ ।

श्राेत :अनलाइनखबर

Previous Post

मापदण्डविपरीतका संरचनामा महानगरले डाेजर चलायाे

Next Post

भ्रष्टाचारविरुद्ध श्रम संस्कृतिको विकास गर्न स्रष्टाको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री दाहाल

Next Post
भ्रष्टाचारविरुद्ध श्रम संस्कृतिको विकास गर्न स्रष्टाको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री दाहाल

भ्रष्टाचारविरुद्ध श्रम संस्कृतिको विकास गर्न स्रष्टाको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री दाहाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2801 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2229 shares
    Share 892 Tweet 557
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1528 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1385 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1371 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist