Saturday, July 12, 2025
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

सुनसरी,झापा, मोरङका बजारमा भारतीय कुखुराको अस्वस्थ मासु, खुलेआम तस्कर

गणेश कुमार यादव by गणेश कुमार यादव
July 10, 2023
in मुख्य समाचार
0
सुनसरी,झापा, मोरङका बजारमा भारतीय कुखुराको अस्वस्थ मासु, खुलेआम तस्कर
47
SHARES
Share on FacebookShare on Twitter
सुनसरी । नेपाली बजारमा भारतीय प्रतिबन्धित कुखुराको तस्करी बढेको छ।

रोग परीक्षणबिना भारतबाट दिनहुँ ब्रोइलर कुखुरा भित्रिँदा मानव स्वास्थ्यमा असर पर्ने सम्भावना उच्च रहेको सरोकारवाला निकायले बताएका छन्।

भारतसँग सिमाना जोडिएका झापा, मोरङ र सुनसारीका विभिन्न नाका हुँदै कोसी प्रदेशका साना तथा ठूला सहरहरूमा प्रतिबन्धित भारतीय कुखुराको अवैध आयात हुँदै आएको जिल्ला कुखुरा व्यवसायी संघ झापाले जनाएको छ।

संघका झापा सदस्य घनश्याम निरौलाका अनुसार ब्रोइलर कुखुराको तयारी मासु, जिउँदो कुखुरा र अण्डा नेपालमा अवैध रूपमा भित्रिँदै आएको छ।

नेपाली बजारमा कुखुराको मूल्य बढेको मौका छोपेर बिचौलियाहरूले भारतबाट अवैध रूपमा कुखुरा भित्र्र्‍याउने गरेका छन्। तस्करहरूले नेपालकै कुखुरा भएको दाबी गर्छन्।

यद्यपि, झापा, मोरङ र सुनसारी हुँदै यी जिल्लाका नाकाबाट अवैध रूपमा निकासी हुने ब्रोइलर कुखुरालाई वैधानिकता प्रदान गर्न बिचौलियाले फर्जी बिल नियमनकारी निकायलाई देखाउने गरेका छन्।

भारतबाट नेपाल भित्र्र्‍याउँदा साइकल र मोटरसाइकलमा ल्याइने गरिएको छ। उभिण्डो पारेर कुखुरा नेपालसम्म आइपुग्दा शिथिल र घाइते अवस्थाको हुने गरेको पशु क्वारेन्टाइन विराटनगरले जनाएको छ।

क्वारेन्टाइनका सूचना अधिकारीसमेत रहेका पशु चिकित्सक अरविन्दकुमार राजधोवीले दुर्गन्धित, घाइते र शिथिल अवस्थाका कुखुराजन्य वस्तुको उपभोग मानव स्वास्थ्यका लागि हानिकारक हुने बताए।

भारतसँग सिमाना जोडिएका झापा, मोरङ र सुनसरीका दक्षिणी इलाकाबाट तस्करहरूले ल्याएका कुखुरा पनि नेपालकै कुखुरा भएको दाबी गर्ने गरेका छन्। तस्करले अवैध वस्तुलाई वैधानिकता दिन हरतरहको कागजी बिल भरपाई मिलान गर्ने गरेका छन्।

नेपालको तुलनामा भारतीय सरकारले दिएको सुविधाका कारणले सस्तोमा उत्पादन भएका भारतीय उत्पादनसँग नेपाली उत्पादनले मूल्यमा प्रतिस्पर्धा गर्न नसक्ने व्यवसायीले बताउँदै आएका छन्।

स्थानीय व्यवसायीहरूले पालेका कुखुरा बिक्री गर्दा भारतबाट अवैध रूपमा भित्र्र्‍याउने तस्करहरूले सस्तो मूल्यमा बिक्री गरिदिँदा नेपाली व्यवसायी मर्कामा परेको जिल्ला कुखुरा उत्पादक व्यवसाय संघ झापाका अध्यक्ष विवेक निरौलाले बताए।

भारतबाट अवैध रूपमा आयात हुने कुखुरामा बर्डफ्लुको सम्भावना बढी हुने भएकाले नेपाली कुखुराको मासु नै सेवन गर्न चिकित्सकले सल्लाह दिएका छन्। भारतबाट बिनापरीक्षण अवैध आयात गरिने भारतीय कुखुराको मासु नखान दमक नगरपालिकाका प्रमुख राम थापाले नगरबासीमा आग्रह गरेका छन्।

भारतीय र नेपाली उत्पादनका कुखुरामा प्रष्ट भिन्नता हुने नेपाली व्यवसायीले बताए। भारतीय कुखुरा ‘कब’-४०० जातको हुन्छ। यो जात भारतीय नै हो। भारतीय ब्रोइलरको पहेंलो खुट्टा हुने, छातीमा मासु कम र अग्लो प्रकृतिको हुन्छ।

यता नेपालमा उत्पादन हुने कुखुरा अमेरिकी नश्लको ‘कब’-५०० जातको हुन्छ। नेपालका उत्पादन भएका कुखुराको छातीमा मासु धेरै हुने र चेप्टो प्रकृतिको हुन्छ। यो कुखुराको कुट्टा सेतो र छोटो हुने गरेको नेपाली पोल्ट्री व्यवसायीहरूले बताएका छन्।

यसैबीच, भारतबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेको प्रतिवन्धित कुखुरा मोरङको रतुवामाईमा बरामद भएको छ।

इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरिक्षक ढुन्डीराज गिरीको नेतृत्वमा परिचालन भएको प्रहरी टोलीले मे१च १९८१ नम्बरको टाटा पिकअपबाट जिउँदो भारतीय कुखुरा बरामद गरेको हो।

बरामद गरिएको कुखुरालाई स्थानीय जनप्रतिनिधि, कुखुरा व्यवसायी, प्रहरी र पत्रकारको रोहवरमा नष्ट गरिएको प्रहरी निरीक्षक गिरीले बताए।

बरामद भएका कुखुरा मोरङको डायनियास्थित सिक्टी नाकाबाट ल्याइएको त्यसमा संलग्न अवैध कारोबारी रमेश भट्टराईले बताए। भट्टराईले केही दिनयता भारतीय प्रतिबन्धित कुखुराको अवैध आयात गर्ने र झापा दमकका व्यवसायीलाई नेपालकै ब्रोइलर कुखुरा भएको बताउँदै बिक्री गर्ने गरेका थिए।

प्रहरीलाई भट्टराईले दिएको बयानका आधारमा स्थानीय सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले विश्वकर्मा गाउँमा लुकाइछिपाइ भारतीय कुखुराको भण्डारण गरेको फेला पारेको थियो।

रहमान पोल्ट्री फार्मका सञ्चालक नविहसन मियाँले ती कुखुरा भारतबाट साइकल र मोटरसाइकलमा अवैध तस्करी गरी ल्याएकासँग खरिद गरेर झापा, मोरङ र सुनसरीका बजार होटलसम्म पुर्‍याउने गरेको भट्टराईले प्रहरीसँग बयान दिए। उनका अनुसार प्रतिदिन कम्तीमा १५ वटा पिकअपमा कुखुरा नेपाली बजारमा भित्रिने गरेको छ।

डायनिया क्षेत्रबाट निकासी हुने अधिकांश कुखुरा भारतीय भएको स्थानीयले बताए। ती कुखुरा रंगेली सुनवर्षी हुँदै मोरङको पथरी, उर्लाबारी, मधुमल्ला, दमकसम्म आउने गरेको उनले जानकारी दिए।

यता, झापाका व्यवसायीले दमक नगर प्रमुख राम थापालाई ध्यानाकर्षण पत्र बुझाउँदै स्थानीयस्तरमा भारतीय अस्वस्थ्यकर मासुको बिक्री वितरणमा तत्काल रोक लगाउन माग गरेका छन्। व्यवसायीले त्यसको नियमित अनुगमन ग र्नपनि माग गरेका छन्।

व्यवसायीको ध्यानाकर्षण पत्र बुझ्दै सरोकारवाला निकायका प्रतिनिधिसँगको आकस्मिक बैठकमा नगर प्रमुख थापाले बजारको नियमित अनुगमन र सार्वजनिक सूचना समेत गर्ने निर्णय भएको बताए।

नगरको पशु विकास शाखा, खाद्य तथा गुणस्तर शाखा, इलाका प्रशासन कार्यालय दमक, इलाका प्रहरी कार्यालय, स्थानीय पत्रकार सहितको टोलीले दमक बजारको आकस्मिक अनुमगन गरेको थियो।

अनुगमनका क्रममा दमक ७ स्थित नासिर स्टोरमा पुगेको टोलीले भन्डारण गरिएका करिब ४५० ब्रोइलर कुखुरा फेला पारेको थियो। ती कुखुरा आफूले सप्तरीको कठौनाबाट खरिद गरेको उनले दाबी गरे।

तर, उनको साथमा खरिद बिल र क्वारेन्टाइनको प्रमाण पत्र नरहेको पशु सेवा कार्यालय दमकका प्राविधिक विपु अधिकारीले बताए। व्यवसायीले भने नासिर स्टोर का प्रोपाइटर इदिृस सिद्धिकीले भारतीय कुखुराको अवैध कारोबार गर्ने गरेको दाबी गरेका छन्।

‘उनको स्टोरमा भएका कुखुरा घाइते, अशक्त, दुर्घन्धित र ‘कब’-४०० सँग मिल्ने भएकाले भारतीय नै भएको पुष्टि हुन्छ,’ व्यवसायी जिया मियाँले भने।

‘उनको स्टोरमा भएका कुखुरा ‘कब-४०० जातको हो, उर्लाबारीको बिके बहुउद्देश्यीय कृषि फार्मका सञ्चालक खगेन्द्र लिम्बुले भने, ‘यो जात भारतीय नै हो। भारतीय ब्रोइलरको पहेंलो खुट्टा हुने, छातीमा मासु कम र अग्लो प्रकृतिको हुन्छ।’

यसैबीच, आन्तरिक राजश्व कार्यालय दमकले नासिर स्टोरको खरिद र बिक्री बिल जफत गरेर अनुसन्धान सुरू गरेको छ।

Previous Post

भ्रष्टाचारविरुद्ध श्रम संस्कृतिको विकास गर्न स्रष्टाको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री दाहाल

Next Post

प्रचण्डपत्नी सीता दाहालको निधन

Next Post
प्रचण्डपत्नी सीता दाहालको निधन

प्रचण्डपत्नी सीता दाहालको निधन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2791 shares
    Share 1116 Tweet 698
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1522 shares
    Share 609 Tweet 381
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1379 shares
    Share 552 Tweet 345
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1369 shares
    Share 548 Tweet 342
  • जब प्रजिअ पाण्डे दलबल बिना छठ घाटमा पुगिन्

    825 shares
    Share 330 Tweet 206

 

 

सम्पर्क

9ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist