ADVERTISEMENT
Wednesday, February 18, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

मेयर र उपमेयरविरुद्ध सडकमा उत्रिए स्थानीय

गणेश कुमार यादव by गणेश कुमार यादव
July 18, 2023
in मुख्य समाचार
0
मेयर र उपमेयरविरुद्ध सडकमा उत्रिए स्थानीय
53
SHARES
Share on FacebookShare on Twitter

रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ र २ का बासिन्दाले डण्डा खोला किनारमा बस्ती नजिकै फोहोर नफाल्न माग गर्दै सोमबार नगरपालिका कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन् । उनीहरुले आइतबार राति प्रहरी प्रशासनको बलमा फोहोर फाल्न खोजिएको विरोधमा प्रर्दशन गरेका हुन् ।

उनीहरुले मेयर इश्तियाक अहमद खान र उपमेयर उमा अधिकारीविरुद्ध नाराबाजी गरेका छन् । सिद्धार्थनगर– २ का सञ्जीव गुरुङले नगरका सम्पूर्ण क्षेत्र हराभरा बनाउने तर फोहोर जति वडा नम्बर १ र २ मा फाल्नु जायज नभएको बताए ।

उनले नदी किनार र बस्ती नजिकै फोहोर फाल्दा स्थानीयवासी विभिन्न रोगबाट ग्रसित भएको बताए । गुरुङले भने, ‘कतिपय नागरिकको क्यान्सरबाट निधन भइसकेको छ । कतिपय क्यान्सर तथा छालासम्बन्धी रोगबाट पीडित हुनुहुन्छ ।’यसअघि फोहोरमैला व्यवस्थापनका लागि आवाज उठेको र तत्कालीन मेयर हरिप्रसाद अधिकारीले समाधानका लागि पहल गरे पनि वर्तमान मेयर ३ दिन फोहोर थुप्रिँदा आत्तिएको आन्दोलनकारीहरुले आरोप लगाए ।

मेयर खानले नगरपालिकाको गतिविधिबाट पीडित नागरिकको गुनासो नसुनेको आन्दोलनकारीहरुको गुनासो छ ।

सिद्धार्थनगर नगरपालिका- २ का निवर्तमान वडाध्यक्ष दीपककुमार थापाले छापामार शैलीमा आइतबार राति फोहोर फाल्ने प्रयास गरिएको भन्दै आपत्ति जनाए । उनले भने, ‘प्रहरी प्रशासन लगाएर मेयरज्यूले तानाशाह प्रवृत्ति देखाउनुभयो । अब हामी एकजुट भएर अघि बढ्छौं ।’

सिद्धार्थनगर नगरपालिका-२ का वडाध्यक्ष छेदीलाल श्रीवास्तवले वर्षौंदेखि वडावासी समस्यामा परेको बताए । उनले सिद्धार्थनगर नगरपालिकाले समस्या समाधानका लागि दीर्घकालीन योजना बनाउनुपर्ने बताए ।

सिद्धार्थनगर नगरपालिका–२ का वडा सदस्य दीपेशप्रताप शाही, स्थानीय सुनिल पुन, प्रशान्तमणि रामदामलगायतले फोहोर फाल्न रोक्नुभन्दा पहिले नगरपालिकामा गइ पूर्वजानकारी दिए पनि नगरपालिका गम्भीर नभएको बताए ।

चार दिनयता नगरपालिकाले फोहोर फाल्दै आएको ठाउँमा स्थानीयले अवरोध गरेपछि समस्या समाधान हुन सकेको छैन । सिद्धार्थनगरमा संकलित फोहोर सिद्धार्थनगर-२ स्थित मेउडिहवा नजिकै डण्डाखोलामा थुपार्ने गरिएको छ । फोहोर फाल्दै आएको स्थानको नजिकै पक्लिहवा कृषि क्याम्पस र सशस्त्र प्रहरी बल २७ नम्बर गण पनि रहेको छ ।

सिद्धार्थनगरका मेयर खानले आफूले नगरपालिकाको जिम्मेवारी सम्हालेदेखि नै फोहोरमैला व्यवस्थापनसम्बन्धी समस्या समाधानका निम्ति लागिपरेको दाबी गरेका छन् ।

उनले तिहारसम्म समय दिन स्थानीयसँग आग्रह गरेको बताए । ‘कुनै प्रकारको झैझगडा नहोस् भन्ने उद्देश्यले फोहोर फाल्ने स्थानमा सुरक्षाका लागि प्रहरी गएको हो’, मेयर खानले भने, ‘पूर्वाधार बनाउन पनि केही समय त लाग्छ ।’

२०३२ सालदेखि फोहोरमैलासम्बन्धी समस्या रहेको र नागरिक पीडामा रहेको कुरा आफूले बुझेको उनले बताए ।

Previous Post

युवतीको ‘ग्याङ फाइट’, एक पक्राउ

Next Post

नक्कली पेस्तोलले त्रास फैलाउने दुईजना पक्राउ

Next Post
नक्कली पेस्तोलले त्रास फैलाउने दुईजना पक्राउ

नक्कली पेस्तोलले त्रास फैलाउने दुईजना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2802 shares
    Share 1121 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2231 shares
    Share 892 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1529 shares
    Share 612 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1386 shares
    Share 554 Tweet 347
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1371 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist