ADVERTISEMENT
Thursday, December 11, 2025
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

आम्दानीभन्दा झण्डै ३ अर्बभन्दा बढी खर्च

गणेश कुमार यादव by गणेश कुमार यादव
July 18, 2023
in मुख्य समाचार
0
आम्दानीभन्दा झण्डै ३ अर्बभन्दा बढी खर्च
38
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । कोशी प्रदेश सरकारले गत आर्थिक वर्षको बजेटको अनुमानभन्दा ९ अर्ब ६८ करोड २२ लाख ५१ हजार २११ रुपैयाँ कम आम्दानी गरेको छ । खर्च भने आम्दानीभन्दा २ अर्ब ९३ करोड ४ लाख ५१ हजार रुपैयाँ बढी गरेको छ ।

l

कोशी प्रदेश लेखा नियन्त्रक कार्यालयले सोमबार सार्वजनिक गरेको आम्दानी विवरण अनुसार प्रदेशले ३ अर्ब ८७ करोड ९६ लाख ४१ हजार ९३० रुपैयाँ आन्तरिक आम्दानी गरेको छ । प्रदेशको आम्दानीमा पनि बेरुजु, निकासा फिर्ता र अनुदान फिर्ताको रकम जोडिएको छ । उक्त आम्दानीमा बेरुजु, निकासा फिर्ता र अनुदान फिर्ताको रकम नजोड्ने हो भने प्रदेशको कुल राजस्व आम्दानी ३ अर्ब ३९ करोड ५६ लाख ७८ लाख १३८ रुपैयाँमात्रै हो ।

प्रदेश सरकारले आन्तरिक राजस्व ४ अर्ब ५७ करोड ७८ लाख ५० हजार रुपैयाँ संकलन हुने लक्ष्य राखेको थियो । प्रदेशले लक्ष्यभन्दा १ अर्ब १८ करोड २१ लाख रुपैयाँ कम राजस्व संकलन गरेको छ ।

लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश सरकारको सञ्चित कोषमा दाखिला भएको राजस्व जम्मा २८ अर्ब ९५ लाख ४८ हजार ७८९ रुपैयाँ छ । प्रदेश सरकारले गरेको खर्चको विवरण अन्तिम सार्वजनिक भइनसके पनि अन्तिमसम्ममा ३० अर्ब ८० करोड आसपास कायम हुने लेखा नियन्त्रक कार्यालयको अनुमान छ ।

साउन १ गते साँझसम्मको विवरणमा भने प्रदेश सरकारको खर्च विवरण ३० अर्ब ९४ करोड देखिएको छ । जुन बजेटमा गरिएको खर्चको अनुमानभन्दा ६ अर्ब ७५ करोड १८ लाख कम हो ।

साउन १ गतेदेखि लागु हुने गरी आर्थिक वर्ष २०८०-०८१ का लागि हिक्मतकुमार कार्की नेतृत्वको सरकारले अध्यादेशबाट ल्याएको बजेट भने ३६ अर्ब २४ करोड ३५ लाख १० हजार बराबरको छ । जुन बजेट कार्यान्वयन सुरु भएको छ । अध्यादेशलाई प्रतिस्थापन विधेयकमार्फत सच्याउने वर्तमान सरकारको तयारी छ ।

आम्दानीको हिसावले प्रदेशले शत प्रतिशतभन्दा बढी खर्च गरेको छ । गत वर्षको मौज्दात ३ अर्ब ५१ करोड रुपैयाँ नभएको भए बजेट सिधै घाटामा जाने थियो । गत आर्थिक वर्षमा सरकारको बजेट ३९ अर्ब ७३ करोड ८३ लाख थियो । उक्त बजेटबाट संघीय सरकारलाई सशर्त अनुदानतर्फ २ अर्ब १६ करोड फिर्ता गएकोले अन्तिम बजेट ३७ अर्ब ६९ करोड १८ लाख कायम भएको थियो ।

प्रदेश सरकारले चालुतर्फ १६ अर्ब २८ करोड ४३ लाख ८१ हजार ५२६ रुपैयाँ र पुँजीगततर्फ २१ अर्ब ४७ करोड ६४ लाख १ हजार ७९८ रुपैयाँ बजेट छुट्याएको थियो । जसमध्ये चालुतर्फ ७९ दशमलव ४३ र पूँजीगततर्फ ८४ दशमलव ४४ प्रतिशत गरी जम्मा ८२ दशमलव २८ प्रतिशत बजेट खर्च भएको विवरण यसअघि नै लेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको थियो ।

अध्यादेशमार्फत ल्याएको बजेट कार्यान्वयन सुरु

साउन १ गतेदेखि लागु हुने गरी आर्थिक वर्ष २०८०-०८१ का लागि हिक्मतकुमार कार्की नेतृत्वको सरकारले अध्यादेशबाट ल्याएको बजेट भने ३६ अर्ब २४ करोड ३५ लाख १० हजार बराबरको छ । जुन बजेट कार्यान्वयन सुरु भएको छ । अध्यादेशलाई प्रतिस्थापन विधेयकमार्फत सच्याउने वर्तमान सरकारको तयारी छ । यद्यपि उद्धव थापा नेतृत्वको सरकारको भविष्य नै अन्यौल भएको कारण उक्त बजेट कहिलेसम्म र कसरी कार्यान्वयन हुन्छ, हेर्न बाँकी छ ।

अघिल्लो आर्थिक वर्षमा राजस्व संकलनलगायतका लक्ष्य भेट्टाउन नसकिरहेको बेला कार्की नेतृत्वको सरकारले भने केही लक्ष्यलाई घटाएर बजेट ल्याएको हो । उक्त बजेटमा चालुतर्फ १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार, पुँजीगततर्फ १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार, वित्तीय व्यवस्था तर्फ १ करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ ३ अर्ब ६० करोड २९ लाख ९२ हजार विनियोजन गरिएको छ । यस्तै चालु खर्चमध्येमा संघीय अनुदान बचत फिर्ता तर्फ २ अर्ब रहेको छ ।

उक्त बजेटको आम्दानीको स्रोतमा प्रदेश सरकारको आन्तरिक राजस्वबाट ४ अर्ब ५७ करोड ७८ लाख ५० हजार, राजस्व बाँडफाँटबाट ११ अर्ब ६४ करोड ८१ लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ७८ करोड ३८ लाख, सशर्त अनुदानबाट ५ अर्ब ८४ करोड ३२ लाख, समपुरक अनुदानबाट ७३ करोड र विशेष अनुदानबाट ७६ करोड गरी राजस्व तथा वित्तीय हस्तान्तरणबाट जम्मा ३२ अर्ब ३४ करोड २९ लाख ५० हजार खर्च व्यहोरिने उल्लेख छ ।

बाँकी अपुग रकम नगद मौज्दातबाट ३ अर्ब ७५ करोड १ लाख तथा वैदेशिक अनुदानबाट १५ करोड ४ लाख ६० हजार व्यहोर्ने उल्लेख छ । तर, बजेटमा उल्लेखित नगद मौज्दात रकम ३ अर्ब ७५ करोड बचत अनुमान भने बजेट कार्यान्वयनको सुरुकै दिनमा फेल खाएको छ ।

श्राेत : राताेपाटी डट कम

Tags: कोशी प्रदेश
Previous Post

एनआईसी एसिया बैंकको मोबाइल बैंकिङमा देखियाे समस्या

Next Post

राप्रपा अध्यक्ष लिङ्देन र स्वतन्त्र ऊर्जा उत्पादक टोलीको भेट

Next Post
राप्रपा अध्यक्ष लिङ्देन र स्वतन्त्र ऊर्जा उत्पादक टोलीको भेट

राप्रपा अध्यक्ष लिङ्देन र स्वतन्त्र ऊर्जा उत्पादक टोलीको भेट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2801 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2226 shares
    Share 890 Tweet 557
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1528 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1384 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1370 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist