ADVERTISEMENT
Monday, May 11, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

ड्रागन फल खेतीबाटै करोडपती

गणेश कुमार यादव by गणेश कुमार यादव
July 18, 2023
in मुख्य समाचार
0
ड्रागन फल खेतीबाटै करोडपती
42
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । भारतीय सुरक्षाकर्मीको रुपमा १८ वर्ष काम गरेर फर्किनुभएको रामधुनी नगरपालिका ७ का कृपाश्वर घले गुरुगंले ड्रागन फल खेतीबाट बार्षिक करोडको आम्दानी गर्न थाल्नुभएको छ । अवकास प्राप्त गरेपछि स्वदेशमा केही काम र सेवा गर्ने उदेश्यले गुरुगंले मलेसियन प्रजातीको १३० विरुवाबाट ड्रागन फल खेती सुरु गर्नुभएकोमा हाल एक हेक्टरमा विस्तार गर्दा बार्षिक एक करोडको आम्दानी गर्न थाल्नुभएको हो ।

गुरुगंले आफ्नो १० लाख रुपियाँ र कृषि ज्ञान केन्द्रको सात लाख रुपियाँ अनुदानमा थाल्नुभएको ड्रागन फल खेतीबाट उत्पादन भएको फल र बेर्ना विक्रिबाट बार्षिक एक करोडको आम्दानी गर्न सफल भएको बताउनुभएको छ । अहिले सामाजिक सञ्जाल र सञ्चार माध्यमका कारण धेरैले जानकारी पाएका र व्यावसायिक खेतीमा पनि हात हालेकोमा आफू जिल्लाको अग्रज ड्रागन फल खेतीको किसान भएको गुरुगंको दावी रहेको छ । ड्रागन फल खेतीमा हाल हाल्दा सुरुमा चुनौती होलाकी लगानी डुब्लाकी भन्ने भान थियो तर लगानी गरेपछि पाँच वर्षमा नै सोचे भन्दा राम्रो आम्दानी गर्न फसल भएको सुनाउनुभयो । तर्जुमा ड्राइगन फ्र्ट कृषि फर्मको नामबाट ड्रागन फल खेती गर्नुभएको हो ।

किसान गुरुगंका अनुसार खेतबाटै ड्रागन फल लिन व्यपारी आउने गरेको र यसको बजार इटहरी, विराटनगर सहित काठमाण्डौसम्म रहेको छ । सुरुमा प्रति केजी ७०० रुपियाँसम्ममा विक्रि गरेकोमा अहिले खेतबाटै ४०० रुपियाँ प्रतिकेजीमा विक्रि भईरहेको जानकारी दिनुभयो । फलले मात्रै बार्षिक करोड नभएको तर बेर्नाको माग अत्याधिक भएकाले नसर्रीबाट समेत गरेर राम्रो आम्दानी भएको सुनाउनुभयो ।

त्यसैगरी रामधुनी नगरपालिका ७ बक्लौरीका कृषक कृष्ण घलेले पनि १० कट्ठाबाट सुरु गर्नुभएको ड्रागन फल खेती एक विघा १० कठ्ठामा विस्तार गर्नुभएको छ । यही खेतीबाट बार्षिक २५ लाख रुपियाँ आम्दानी गर्न थालेको बताउनुभएको छ । घलेले तमु कृष्ण बहुउदेशीय कृषि फर्म संचालन गरेर ड्रागन फल खेती गर्नुभएको हो ।
कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख निलकमल सिंहका अनुसार घले र गुरुगं सहित सात जनाले जिल्लामा व्यवसायीक रुपमा ड्रागन फल खेती गर्नुभएको छ । त्यसमध्ये चार वटा रामधुनी ७ बक्लौरीमा रहेको र अन्य बराहक्षेत्र, हरिनगर सहितको ठाउँमा रहेको जानकारी दिनुभयो । कृषिमा सात वटा फर्महरुले व्यवसायीक रुपमा ड्रागन फल खेती गरिरहेको तथ्यांक रहेको सिंहले बताउनुभयो ।

उता सीमावर्ती हरिनगर गाउँपालिका ३ गौतमपुरका कृषक अन्जली मेहताले पनि १० कट्ठामा ड्रागन फल खेती सुरु गर्नुभएको छ । यही खेतीबाट बार्षिक १५ लाख रुपियाँ आम्दानी गर्ने अपेक्षा गरेको मेहताले बताउनुभएको छ ।
यही व्यवसायबाट किसानहरुको घर व्यवहार, बच्चाहरूको शिक्षादीक्षा, पाहुनापाछाको सत्कार, सामाजिक व्यवहार चलेको छ । ड्रागन फलको सफलताबाट धेरै खुशी भएको र आनन्द र सन्तुष्टि पनि मिलेको उनीहरुको कथन छ ।
पाकेको ड्रागन फललाई लामो समयसम्म सामान्य तापक्रममै भण्डारण गर्न सकिने हुनाले पनि यसको बजार सम्भावना बढेको र प्रशस्त मात्रामा भिटामिन र मिनरल हुने ड्रागन फलमा क्यान्सर प्रतिरोधी गुण हुने विज्ञहरूले बताएका छन् ।

 

Previous Post

सिरहाको जिल्ला अधिवेशन बदर गर्न माग गर्दै सानेपामा पत्र

Next Post

प्रधानमन्त्री प्रचण्ड इटली जाने

Next Post
प्रधानमन्त्री प्रचण्ड इटली जाने

प्रधानमन्त्री प्रचण्ड इटली जाने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2233 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1692 shares
    Share 677 Tweet 423
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1394 shares
    Share 558 Tweet 349

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist