ADVERTISEMENT
Saturday, March 14, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

अनुगमन टोली र मेडिकल सञ्चालकबीचमा विवाद

गणेश कुमार यादव by गणेश कुमार यादव
July 24, 2023
in मुख्य समाचार
0
अनुगमन टोली र मेडिकल सञ्चालकबीचमा विवाद
140
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । इनरुवा नगरपालिका–१ मा रहेका मेडिकलहरूको अनुगमन गर्नेक्रममा सरकारी अनुगमन टोली र मेडिकल सञ्चालकबीचमा विवाद भएको छ ।

जिल्ला अस्पताल सुनसरी परिसरमा रहेको इनरुवा-१ को नुरी मेडिकल, विराट डाईग्नोेष्टिकसहितको अनुगमन गरेर नेशनल मेडिकलमा पुगेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत केशव खतिवडाको टोलीलाई मेडिकल व्यवसायीहरूले अनुगमनमा रोक लगाएका छन् ।

अनुगमनका क्रममा कर तिरेको नतिरेको, दर्ताको कागजपत्र चेकजाँच गर्नेक्रममा मेडिकल व्यवसायीले अनुगमन गर्न आएको टोलीलाई केहीबेर मेडिकल हलभित्रै घेरेका थिए । मेडिकल सञ्चालकहरूले अनुगमन गर्न पुगेको टोलीलाई विराट डाइग्नोस्टिक मेडिकल हलको सटर झारेर थुन्ने प्रयास पनि गरेका छन् ।

अनुगमन टोलीमा रहेका सदस्यहरूले योगेन्द्र मेहतालाई औषधि पसलको कर इनरुवा नगरपालिकालाई तिरेको छ, छैन भनेर प्रश्न गर्दा विवाद भएको स्थानीयको भनाइ छ ।

अनुगमन टोलीमा रहनुभएका जिल्ला अस्पताल इनरुवाका मेसु देवराज घिमिरेले इनरुवा नगरपालिकाका उपमेयर विनीता मेहताका पती योगेन्द्र मेहतासँग विवाद भएको र सोहीक्रममा चर्काचर्की भएको बताउनुभयो । विवादपछि अर्को मेडिकलमा अनुगमन गर्न गएकाबेला उपमेयरका पती योगेन्द्र महेताको नेतृत्वमा मेडिकल सञ्चालकहरूले अनुगमन टोलीलाई सटर झारेर अवरोध गरेको टोली प्रमुख जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासकीय अधिकृत केशव खतिवडाले वताए।

Previous Post

गोली लागेर घाइते चौधरीको उपचारको क्रममा मृत्यु

Next Post

फार्मेसीहरुमा अनुगमन:तीन औषधि पसलहरु नवीकरण नगरेको भेटियो

Next Post
फार्मेसीहरुमा अनुगमन:तीन औषधि पसलहरु नवीकरण नगरेको भेटियो

फार्मेसीहरुमा अनुगमन:तीन औषधि पसलहरु नवीकरण नगरेको भेटियो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2804 shares
    Share 1122 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2231 shares
    Share 892 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1530 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1386 shares
    Share 554 Tweet 347
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1372 shares
    Share 549 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist