गनेश कुमार यादव
इनरुवा । सुनसरीको सदरमुकाम इनरुवामा सहिद मनोज झपेन्द्र, सुरेन्द्र स्मृति दिवसको सन्दर्भमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
बिहीबार इनरुवा –३ स्थित रहेको राष्ट्रसेवक भवनमा नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति सुनसरी तथा राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लि. इनरुवाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
२०४८ साल श्रावण १५ गते नेपाल निजामती कर्मचारी सङ्गठनमा आवद्ध कर्मचारीले दिक्तेलमा निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी बनेका बेला प्रहरीको गोली लाग्दा ज्यान गुमाएका जोशी र कर्मचारी आन्दोलनकै क्रममा आगजनीमा ज्यान गुमाएका कास्कीका मनोज–झपेन्द्र स्मृतिमा नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति सुनसरी तथा राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लि. इनरुवाले रक्तदान कार्यक्रमको आयोजना गरेको नेपाल निजामती कर्मचारी सङ्गठनका पूर्व उपाध्यक्ष तथा पेसागत महासङ्घका नेपाल अनुशासन विभाग आयोगका केन्द्रीय अध्यक्ष राजकुमार गिरीले जानकारी दिए ।
उक्त कार्यक्रममा सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुम्कला पाण्डेले आफ्नो मन्तव्य राख्दै नेपाल कर्मचारी सङ्गठनले कर्मचारीहरूको हकहितको जगेर्णा, संरक्षण र संवर्द्धन गर्नको लागि विगत लामो समयदेखि गरेको बताउनुभयो । रगतको अभाव नहोस्, सबै मानिसहरको जीवन सुरक्षित होस् भन्ने उद्देश्यका साथ आयोजना गरेको रक्तदान कार्यक्रम एकदम महत्वपूर्ण रहेको उनले बताउनुभयो ।
उक्त कार्यक्रममा सशस्त्र प्रहरी, नेपाल निजामती कर्मचारी सङ्गठनमा आवद्ध भएका कर्मचारीहरूले रक्तदान गरेको थियो ।
रक्त सञ्चारकेन्द्र धरानको प्राविधिक सहयोगमा ५० पिन्ट रगत संकलन भएको नेपाल निजामती कर्मचारी सङ्गठनका पूर्व उपाध्यक्ष राजकुमार गिरीले जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी हुम्कला पाण्डे विशिष्ट अतिथि जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख प्रभु प्रसाद ढकाल, तिलक प्रसाईं, लोकेन्द्र प्रसाद घिमिरे, राष्ट्रिय युवा संघ नेपाल इनरुवा नगर कमिटीका संयोजक रमेश आचार्य, सविस पोखरेल, मेघराज न्यौपाने लगायतको आतिथ्यता रहेको थियो भने दिपा दाहाल पोखरेलको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो
फोटोहरु :