इनरुवा । सुनसरीको इनरुवा नगरपालिका वडा नं–८ का स्थानीयले गाउँ नजिकै फोहोर फाल्न नदिने भएका छन् ।
इनरुवा नगरपालिकाले इनरुवा नगर क्षेत्र भित्रका फोहोर इनरुवा नगरपालिका वडा नं–८ मा फाल्दै आएको थियो उक्त स्थानमा स्थानीयले फोहोर फाल्न नदिने भएको हो ।
शुक्रबार इनरुवा नगरपालिकाकी उप प्रमुख बिनिता कुमारी मेहता इनरुवा नगरपालिका वडा नं–१ का वडा अध्यक्ष प्रमोद पोखरेल, वडा नं–८ का अशोक कुमार साहले स्थानीहरूसँग फोहोर व्यवस्थापन गर्नका लागी छलफल गर्न जाँदा स्थानीयले कुनैपनि हालमा उक्त स्थानमा फोहोर व्यवस्थापन गर्न नदिने बताए ।
फोहोरका कारण स्थानीयले निकै सास्ती व्यहोर्दै आएको र स्वास प्रस्वासका समस्याले ग्रसित हुन थालेपछी उक्त स्थानमा फोहोर फाल्न नदिने स्थानीय सम्झना उराँवले जानकारी इिन् । उराँवका अनुसार उक्त फोहोरले स्थानीयलाई मात्र नभयी अन्य मानिसहरूलाई पनि असर गरिरहेको छ । फोहोर सुनसरी खौलामा मिसिएर गएकोले अन्य मानिसहरूलाई पनि निकै असर गरिरहेको उनको भनाई छ ।
मंगलबार उक्त स्थानमा जेसिवी र ट्याक्टर लैजाने क्रममा स्थानीयले रोकेपछि प्रहरी र स्थानीय बिच झडप समेत भएको थियो । स्थानीय बिच झडप भएपछी स्थानीयहरुले इनरुवा नगरपालिका वडा नं–८ को कार्यालयमा तालाबन्दी समेत गरको थियो । बिहीबार इनरुवा नगरपालिकाकी उप प्रमुख बिनिता कुमारी मेहताले स्थानीहरूसँग समन्वय गरि वडा कार्यालयको ताल्चा खोलेकी थिइन् ।
स्थानीयमा अनुसार फोहोर व्यवस्थापन गर्दै गरेको स्थानमा पहिला खेल मैदान थियो र एकाएक स्थानीयलाई जानकारी नै नगराई फोहोर फाल्न थालेको हो ।
यता इनरुवा बजारमा भने हप्तौं देखि फोहोर नउठेको कारण जता ततै फोहोर थुपारिएको छ । इनरुवा नगरपालिकाले सड्ने गल्ने फोहोर र नसड्ने स्थानीयलाई गल्ने फोहोर छुट्टाछुट्टै राख्न अनुरोध गरेको छ ।
बिहीबार इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारीले इनरुवाका व्यापारीहरूसँग पोहोर व्यवस्थापनको विषयमा छलफल गरेका थिए । जसमा व्यापारीहरूले फोहोर व्यवस्थापन गर्न आआफ्नो सल्लाह सुझाव दिएका थिए ।



