ADVERTISEMENT
Thursday, January 15, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

साइकल यात्रीमाथि कुटपिट गर्ने भेटवाल १ लाख धरौटीमा छुटे

गणेश कुमार यादव by गणेश कुमार यादव
July 31, 2023
in मुख्य समाचार
0
साइकल यात्रीमाथि कुटपिट गर्ने भेटवाल १ लाख धरौटीमा छुटे
46
SHARES
Share on FacebookShare on Twitter
 विराटनगर । साइकल यात्रीलाई कुटपिट गर्ने विराटनगरका एक युवक १ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।

विराटनगर महानगरपालिका-४ दूध फारम चोकमा साइकल यात्रीमाथि कुटपिट गर्ने विराटनगर ४ का आयुष भेटवाललाई न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासले  एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो ।

आइतबार उनी विरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको  थियो । सोमबार थुनछेक बहसपछि १ लाख धरौटीमा छाड्ने आदेश भएको जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए  ।

अदालतको आदेशपछि धरौटी बुझाएर भेटवाल छुटेका छन् । मुद्दामा प्रतिवादी बनाइएका १७ वर्षका किशोरलाई पक्राउ गर्नका लागि अदालतबाट ३५ दिने म्याद जारी गरेको छ ।

साइकलमा घर फर्किरहेका बेला विराटनगर-६ का २७ वर्षीय पवनकुमार साह हलुवाईमाथि भेटुवालले गत असार २० गते राति ८ बजे दूध फारम चोकमा मुक्का प्रहार गरेका थिए ।

गलत दिशाबाट साइकल कुदाएको भन्दै बा १५ च ३४४५ नम्बरको कारमा सवार भेटवालले कारबाट ओर्लिएर साइकलमा हिँड्दै गरेका साहमाथि मुक्का प्रहार गरेका थिए ।

साहको खुट्टामा समातेर घिसार्दै भेटवालले सडक किनारमा छाडेका थिए । साहले प्रयोग गर्ने साइकल आयुषका भाइ (काकाको छोरा) कुशलले सडक किनारमा फालिदिएपछि उनीहरु गएका थिए ।

सडक किनारमा बेहोस भएका साहलाई प्रहरीले उद्धार गरी कोशी अस्पताल पुर्‍याएको थियो । उनी उपचारपछि घर फर्किएका छन् । घटनापछि फरार रहेका आयुष भोलिपल्ट असार २१ गते पक्राउ परेका थिए । उनका भाइ भने अझै फरार छन् ।

कारमा सवार भेटवाल दाजुभाइले कुटपिट गर्दा कार चालक तेह्रथुमको फेदाप गाउँपालिका-४ का ३० वर्षीय रोशन कार्की गाडीमै थिए । प्रहरीले भेटवाल दाजुभाइसँगै कार चालक विरुद्ध ज्यानमार्ने उद्योगमा मुद्दा चलाउने रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । सरकारी वकिलको कार्यालयले कार्कीलाई मुद्दा नचलाउने निर्णय गरेको थियो ।

आयुषका १७ वर्षीय भाइका विरुद्ध भने ज्यान मार्ने उद्योग मुद्दाको मतियारका रूपमा मुद्दा दर्ता भएको थियो । गलत दिशाबाट साइकलमा आइरहेका साहले गाली गरेपछि आवेशमा आएर आफूले मुक्का प्रहार गरेको भेटवालले प्रहरीसमक्ष बयान गरेका थिए ।

उनको कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

Previous Post

कोशी ब्यारेजमा हामफाली आत्महत्या गर्ने प्रयास गरेकी महिलाको सकुशल उद्दार

Next Post

सप्तरीमा सीडीओ र एसपी नै अराजक बनेपछि पत्रकार र अधिकारकर्मी असुरक्षित

Next Post
सप्तरीमा सीडीओ र एसपी नै अराजक बनेपछि पत्रकार र अधिकारकर्मी असुरक्षित

सप्तरीमा सीडीओ र एसपी नै अराजक बनेपछि पत्रकार र अधिकारकर्मी असुरक्षित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2801 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2229 shares
    Share 892 Tweet 557
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1528 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1385 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1371 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist