ADVERTISEMENT
Monday, April 20, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

बन्द भृकुटी कागज कारखानाभित्रबाट सडक खोल्ने तयारी

गणेश कुमार यादव by गणेश कुमार यादव
August 11, 2023
in मुख्य समाचार
0
बन्द भृकुटी कागज कारखानाभित्रबाट सडक खोल्ने तयारी
43
SHARES
Share on FacebookShare on Twitter

चितवन । गैंडाकोटस्थित देशकै ठुलो भृकुटी कागज कारखाना बन्द भएको ११ वर्ष बित्यो। कुनै समय देशको कुल मागको झन्डै ३५ प्रतिशत कागज पूरा गर्ने यो कारखाना यतिबेला स्यालको बासस्थान बनेको छ। प्रयोगविहीन भएपछि यही कारखानाको बिचभागबाट गैंडाकोट नगरपालिका यतिबेला सडक खोल्ने तयारीमा छ। गैंडाकोट नगरपालिकाको साउन १६ गते बसेको कार्यपालिका बैठकले कारखानाभित्र नक्सामा भएअनुसार सार्वजनिक बाटो खोल्ने निर्णय गरेको हो।

‘अहिले कारखानाले उपयोग गरेको जग्गामा सडक देखिएको छ। यहाँ हामीले हेर्दा त्यसलाई निजीकरण गरेको भेटिँदैन,’ नगरप्रमुख मदनभक्त अधिकारीले भने, ‘अर्थ मन्त्रालयको निजीकरण शाखामा बुझेर सार्वजनिक बाटो खोल्छौं।’ उनले स्थानीयको मागका आधारमा सडक खोल्न लागिएको बताए। गैंडाकोट नगरपालिकाको वडा नम्बर २ र ५ मा भृकुटी कागज कारखाना पर्दछ।

नक्सामा १७ देखि २२ मिटरसम्म चौडाइको करिब ४ सय मिटर बाटो देखिएको छ। कारखाना बन्द भएपछि बाटो खोल्न स्थानीउले समेत अनुरोध गरेका छन्। उनीहरूले डोजर लगाएर भए पनि आफैं बाटो खोल्ने चेतावनी नगरपालिकालाई दिएका छन्।

नेपाललाई कागजमा आत्मनिर्भर बनाउन भन्दै चीन सरकारले २०३९ सालमा निर्माण थालेको थियो। त्यसको ४ वर्षपछि २०४३ सालदेखि कागज उत्पादन सुरु गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो।

२०४९ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालामा यो उद्योग निजीकरण गरियो। गोल्छा अर्गनाइजेसन, काभ्रा समूह र कन्फ्राफ्टले सबै जमिन र संरचना खरिद गरेको थियो। त्यसपछि कारखानाले गति लिन नसकेको कामदार बताउँछन्।

कारखानाको ६० बिघा जमिन थियो। फ्याक्ट्रीको मात्रै ३० बिघामा छ। बाँकी २२ बिघा आवासको रूपमा प्रयोग गरिएको थियो। त्यसमध्ये स्विटर उत्पादन गर्दै आएको नोमानिक नेपाल कम्पनीलाई ८ बिघा जमिन उनीहरूले बेचेको कारखानाका पल्प प्लान्ट इन्चार्ज ललित श्रेष्ठले बताए। उनका अनुसार सबै संरचनासहित सरकारले उनीहरूलाई २३ करोड ९८ लाख रूपैयाँमा बिक्री गरेको थियो। सर्वसाधारणको ५ प्रतिशत सेयरसमेत छ।

कारखानाले २०६७ साल फागुनदेखि उत्पादन बन्द गरेको थियो तर आधिकारीक रूपमा भने २०६९ साल पुस २१ गतेदेखि पूर्ण बन्द भएको घोषणा गरेको श्रेष्ठले बताए।

सरकारका मन्त्रीहरूले बेलाबेला उद्योग सञ्चालन गर्ने बताउँदै आएका छन्। तत्कालीन उद्योगमन्त्री मातृका यादव र अर्थमन्त्री वर्षमान पुन यहाँ आएर सञ्चालन गर्ने प्रतिबद्धता जनाएका थिए। यहाँबाट दैनिक ५० टन कागज उत्पादन हुन्थ्यो।

यस कारखानाबाट उत्पादन भएको पल्प (पैसा बनाउने कागज) जापानले वार्षिक ५ सय टन लैजाने गरेको थियो। कारखानामा देशका १० हजारभन्दा बढी मानिस आश्रित थिए। पराल, उखुको डाँठ, बाबियो, काँस, गहुँको भूसबाट कागज बनाउने गरिन्छ। यी सबै नेपाली किसानले उत्पादन गर्दथे। अहिले बाबियो, काँस त्यत्तिकै खेर गइरहेको श्रेष्ठ बताउँछन्।

लाखौं मूल्य पर्ने मेसिन खिया लागेर बिग्रिएका छन्। कारखानाका पर्खाल भत्किएका छन्। कारखानामा रेखदेख गर्न अहिले १६ जना मात्रै सुरक्षा गार्ड छन्। यहाँ स्थायी र करार गरी ८ सयको हाराहारीमा कर्मचारी थिए। अझै ३ सय ३३ जनाले भुक्तानी लिन बाँकी रहेको उनको भनाइ छ। एक जनाले ५ देखि ३५ लाख रूपैयाँसम्मको काम गरेको पैसा लिन बाँकी रहेको उनले बताए। समग्रमा ३५ करोडको हाराहारीमा कर्मचारीलाई भुक्तानी दिन बाँकी रहेको उनीहरूको दाबी छ।

नेपाल बैंक लिमिटेडले भृकुटी पल्प एन्ड पेपर नेपाल लिमिटेडसँग लिनुपर्ने ठुलो ऋण रहेकाले जग्गा रोक्का गरेको छ। बैंकहरूले पनि लिनुपर्ने ठुलो ऋण रहेको बताइन्छ।

Previous Post

गर्भपतन गराउने औषधि खाँदा महिलाको मृत्यु, क्लिनिक सञ्चालक पक्राउ

Next Post

विद्यालय बन्द गरी थप आन्दोल गर्ने घोषणा

Next Post
विद्यालय बन्द गरी थप आन्दोल गर्ने घोषणा

विद्यालय बन्द गरी थप आन्दोल गर्ने घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1558 shares
    Share 623 Tweet 390
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1392 shares
    Share 557 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist