ADVERTISEMENT
Wednesday, January 14, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

खुला रक्तदानमा ६२ पिण्ट रगत सङ्कलन

गणेश कुमार यादव by गणेश कुमार यादव
August 13, 2023
in मुख्य समाचार
0
खुला रक्तदानमा ६२ पिण्ट रगत सङ्कलन
41
SHARES
Share on FacebookShare on Twitter

भद्रपुर । २४ औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शनिबार भद्रपुरमा आयोजना गरिएको खुला रक्तदानमा ६२ पिण्ट रगत सङ्कलन भएको छ ।

राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठन झापा र भद्रपुर नगर समितिले भद्रपुर–८ सगरमाथा चोकमा आयोजना गरेको कार्यक्रममा एक महिलासहित ६२ जनाले रक्तदान गरेका थिए ।

वर्षायामको समय र आउँदै गरेका पर्वहरूलाई मध्यनजर गर्नुका साथै देशभरि नै हाल फैलिरहेको डेङ्गु रोग सङ्क्रमणलगायतका महामारीमा रगत अभाव हुन नदिन दिवसको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरिएको राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठन झापाका अध्यक्ष राजकुमार राईले बताए । देशभरिका युवाले केही न केही कार्यक्रम गर्नुपर्ने आजको आवश्यकता भएको उनले जनाए ।

रगतको अभावमा कसैले पनि अकालमा मृत्यु वरण गर्नु नपरोस् भन्ने उद्देश्य लिएर युवा दिवसको अवसरमा देशभरि नै रक्तदान गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष केशवप्रसाद ओझाले बताए । देशभरिका सम्पूर्ण युवालाई यस्तो अभियानमा एकजुट हुन उनले अनुरोध गरेका थिए ।

कार्यक्रममा प्रहरी, सङ्घ–संस्था, उद्योगी, व्यापारी, समाजसेवी,सर्वसाधारण लगायतले रक्तदान गरेका थिए भने रेडक्रस झापाले प्राविधिक सहयोग गरेको थियो ।

Tags: २४ औँ अन्तर्राष्ट्रिय युवा दिवसखुला रक्तदानरगत सङ्कलन
Previous Post

हात्तीलाई वनभोज (फोटो फिचर)

Next Post

आप्रवासी चढेको डुंगा पल्टिँदा ६ जना को मृत्यु

Next Post
आप्रवासी चढेको डुंगा पल्टिँदा ६ जना को मृत्यु

आप्रवासी चढेको डुंगा पल्टिँदा ६ जना को मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2801 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2229 shares
    Share 892 Tweet 557
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1528 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1385 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1371 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist