ADVERTISEMENT
Monday, January 12, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

कोशी प्रदेशको अधिवेशन अन्त्य, फेरि अध्यादेशबाट बजेट ल्याउने तयारी

गणेश कुमार यादव by गणेश कुमार यादव
August 24, 2023
in मुख्य समाचार
0
कोशी प्रदेशको अधिवेशन अन्त्य, फेरि अध्यादेशबाट बजेट ल्याउने तयारी
40
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । कोशी प्रदेशको चालु तथा तेस्रो अधिवेशन आजदेखि अन्त्य भएको छ ।  मुख्यमन्त्री उद्धव थापाको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङ्ले तेस्रो तथा हिउँदे अधिवेशन अन्त्य गरेका हुन् ।

बुधबार राति ८ बजे बसेको मन्त्रिपरिषद् बैठकले जारी अधिवेशन अन्त्य गर्ने सिफारिस गरेको थियो । सरकारको सिफारिसमा प्रदेश प्रमुख खापुङ्ले बुधबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन् ।

प्रदेश सरकारले तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशबाट ल्याएको बजेटलाई निस्क्रिय बनाए पुन: अध्यादेशबाट बजेट ल्याउनका लागि राति बैठक बसेर अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो ।

गत जेठ ३२ गते कार्कीले ल्याएको बजेट अध्यादेश असार १४ गते संसदमा टेबल भएको थियो । सो अध्यादेश भदौ १० पछि निष्क्रिय हुँदैछ ।  संसद नभएको अवस्थामा ल्याइने अध्यादेशलाई संसद सुरु भएको ६० दिनभित्र पास गराउनु पर्छ, नभए अध्यादेश निष्क्रिय हुने कानुनी व्यवस्था छ ।

दलहरूबीचको अन्तर विरोधका कारण  भदौ १ गते संसदले अध्यादेश स्वीकारेको थियो । अध्यादेशको बजेट पास गर्न सरकारले प्रतिस्थापन विधेयक ल्याउने तयारी गरेको थियो । प्रतिस्थापन विधेयक पास हुने अवस्था नआएपछि सरकारले अधिवेशन नै अन्त्य गरेको हो ।

मुख्यमन्त्रीले विश्वासको मत असंवैधानिक रुपमा लिएको भन्दै प्रतिपक्षी दल एमाले र राप्रपा रुष्ट छ ।

बुधबार बसेको प्रदेशसभा बैठकमा एमाले र राप्रपाले बहिष्कार गरेका थिए ।  बैठक बस्न नसकेपछि मुख्यमन्त्री उद्धव थापाले दलहरुबीच सहमति भए एकैदिनमा बजेट पास हुने बताएका थिए । तर, तत्काल सहमति सम्भावना नरहेका कारण सरकारले पुन अध्यादेशको बाटो रोजेको  कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बाबुराम गौतमले बताए ।

अब नयाँ बजेट अध्यादेश आउने बताए । संसदमा भएको अवरोधका कारण नयाँ अध्यादेश ल्याउनका लागि अधिवेशन अन्त्य गरेको उनले बताए । बजेट होली डे हुन नदिने बताउँदै उनले भने,  ‘भदौ १० वा ११ मा बजेट अध्यादेश आउँछ ।’

मुख्यमन्त्री उद्धव थापाले सभाध्यक्ष इस्राइल मन्सुरीको भोटले लिएको विश्वासको मतको विरुद्धमा प्रमुख प्रतिपक्षी दल एमालेका नेता हिक्मतकुमार कार्कीले बुधबार सर्वोच्च  अदालतमा थापाले विश्वासको मत नपाएको र आफूलाई मुख्यमन्त्री बनाउनका लागि परमादेश माग गर्दै रिट दायर गरेका छन् ।

तत्कालीन मुख्यमन्त्री कार्कीले बजेटको  मुखमा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले  सरकारबाट समर्थन फिर्ता लिएपछि जेठ ३१ गते बजेट अधिवेशन अन्त्य गरी जेठ ३२ गते चालु आर्थिक वर्षका लागि अध्यादेशमार्फत बजेट ल्याएका थिए ।

Tags: कोशी प्रदेश
Previous Post

सप्तकोसी नदीमा डुबेर भारतीय युवककाे मृत्यु

Next Post

तीर्थयात्री चढेको बस दुर्घटना, ६ जनाको मृत्यु

Next Post
तीर्थयात्री चढेको बस दुर्घटना, ६ जनाको मृत्यु

तीर्थयात्री चढेको बस दुर्घटना, ६ जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2801 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2229 shares
    Share 892 Tweet 557
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1528 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1385 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1371 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist