इनरुवा । सुनसरीको धरानमा गाै हत्या प्रकरणको विरोध गर्दै इटहरीबाट निकालिएको सद्भाव र्याली धरान छिर्न पाएनन् इटहरी २० स्थित पानीपिया क्षेत्रमा गयी कोणसभा सम्पन्न गरिएकाे छ ।
शनिबार बिहान करिब ९ बजेदेखि इटहरीमा सुनसरी सहित विभिन्न जिल्लाका हिन्दुबादीहरूले विभिन्न नाराका साथ प्रदर्शन गर्दै धरान छिर्ने प्रयास गरे तर प्रहरीकाे बाक्लो उपस्थितका कारण उनिहरुकाे प्रयास असफल भयाे र उनिहरुले इटहरी २० स्थित पानीपिया क्षेत्रमा गयी कोणसभा सम्पन्न गरेकाे हाे ।
धरानमा केही साताअघि गोरु काटेर सामूहिक भोज गरिएको भनेर दाबी गरिएको भिडियो सामाजिक सञ्जालमा प्रसारित भएपछि हिन्दुबादीहरूले सद्भाव र्याली निकालेका हुन् ।
र्यालीका कारण धनजनको क्षति हुने अनुमान गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले शनिबार धरानमा निषेधाज्ञा गर्ने निर्णय भएको थियो ।
भिडियो हेर्न तलकाे लिङ्कमा क्लिक गर्नुहाेस्
https://fb.watch/mFCgEto-iN/?mibextid=Nif5oz
शनिबार बिहानैदेखि धरान प्रवेश गर्ने विभिन्न नाकामा बाक्लो मात्रामा प्रहरी परिचालन गरिएकाे थियाे । जसकारण प्रदर्शनमा उत्रिएकाहरू धरान जानबाट बञ्चित भएका थिए ।
उनीहरूले इटहरी २० स्थित पानीपिया क्षेत्रमा कोणसभा गर्दै र्याली सकिएको जनाएका छन् । यद्यपि, यो आन्दोलन अब दैनिक जारी रहने बताइएको छ ।
कोणसभामा बोल्दै प्रथम जगतगुरु बालसन्त मोहनशरण देवनाचार्यले प्रशासनले निषेधाज्ञा गर्नुले सरकार डराएको दाबी गरे ।
‘हाम्रो शान्तिपूर्ण र्याली थियो, तर प्रशासनले निषेधाज्ञा गर्नुले सिंगो सरकार नै डराएको अनुभूत गरेका छौँ,’ उनले भने, ‘हाम्रा दबाबमूलक कार्यक्रम निरन्तर रहिरहन्छ, यो सुरुआत मात्रै हो ।’ उनले आँफूहरूले हरेक तबरबाट शान्तिपूर्ण र अहिंसासहितको आन्दोलन जारी राख्ने उदृत गरे ।
कोणसभामा सुनसरी सहित विभिन्न जिल्लाका १५ सय भन्दा बढीको मानिसहरुकाे सहभागी रहेकाे थियो । भने प्रशासनको निषेधाज्ञाका कारण बाटोमै कतिपय मानिसहरु अलपत्र परेका थिए ।
तश्विर : गनेश कुमार यादव।