ADVERTISEMENT
Tuesday, February 17, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

पत्रकार महासंघका सुनसरी अध्यक्ष खुलेआम गौहत्या अभियानमा

यसअघि कोशी प्रदेशको नामकरणविरुद्ध सडकमै उत्रिएर पक्राउसमेत परेका थिए राई

गणेश कुमार यादव by गणेश कुमार यादव
August 27, 2023
in मुख्य समाचार
0
पत्रकार महासंघका सुनसरी अध्यक्ष खुलेआम गौहत्या अभियानमा
42
SHARES
Share on FacebookShare on Twitter

काठमाडौंं । राष्ट्रिय जनावर तथा हिन्दू धर्माबलम्बीले ‘माता’ मान्ने गाई तथा गोरुको बध गर्न नेपालको कानूनले निषेध गरेको छ । तर, कानूनी व्यवस्थाको धज्जी उडाउँदै केही व्यक्तिहरुले गाईगोरु काटेको र खाएको भन्दै सामाजिक सञ्जालबाट प्रचारप्रसार गरिरहेका छन् ।

गौहत्याको आरोपमा पक्राउ परेका दुई व्यक्ति केही दिनअघि धरौटीमा छुटेका थिए । उनीहरुलाई स्वागत गर्न भन्दै धरानमा भोज गरिएको थियो । भोजमा गोरुको मासु खाएको भन्दै भिडिओ बनाएर सामाजिक सञ्जालमा अपलोड गरियो ।

त्यसयता थुप्रै व्यक्तिहरुले गाईगोरु काटेर खाएको भन्दै भिडिओ हालेर कानूनी निकायलाई चुनौती दिइरहेका छन् । तर, अहिलेसम्म कोही पनि कारवाहीको दायरामा आएका छैनन् ।

केही परिचित र जिम्मेवार व्यक्तिहरु गौहत्याको अभियानमा खुलेआम संलग्न भएको पाइएको छ । जसमध्ये एक हुन् नेपाल पत्रकार महासंघ सुनसरीका जिल्ला अध्यक्ष जनक ऋषि राई ।

‘गाईगोरु काटेर’ भोज गर्नेको जमातमा राई पनि थिए । उनले खुलेआम गौहत्या गर्न पाउनुपर्ने भन्दै वकालत गर्ने आएका छन् । यसरी नियम(कानूनको खिल्ली उडाउँदै समस्त हिन्दूहरुको आस्थामा प्रहार गरिरहेका राईलाई नेपाल पत्रकार महासंघले सामान्य स्पष्टीकरणसमेत सोधेको छैन ।

राईले पत्रकार आचारसंहिता विपरीतका गतिविधिमा संलग्न भएको यो पहिलोपटक होइन । उनी कोशी प्रदेशको नामाकरणविरुद्धमा सडक आन्दोलनमा समेत उत्रिएका थिए । पहिचानका आधारमा प्रदेशको नामकरण गर्नुपर्ने भन्दै प्रदेशसभा सचिवालय अगाडि प्रदर्शन गर्दा प्रहरीले उनलाई पक्राउ गरेको थियो । दुई दिन हिरासत बासपछि उनी छुटेका हुन् । त्यसअघि पनि उनी पहिचानवादीका कार्यक्रमहरुमा अभियन्ता भन्दै मिसिने गरेका छन् ।

राईले ‘गोरु चिन्तन’ शीर्षकमा पुस्तकसमेत लेखेका छन् । उनले यो पुस्तकको कभर आफ्नो फेसबुकको प्रोफाइलमा नै हालेका छन् । यो पुस्तकमा गाईगोरुको मासु खान पाउनुपर्ने वकालत गरिएको छ ।

पत्रकार भएर गैरकानूनी काममा संलग्न रहेको बारेमा नेपाल प्रेसले कुरा गर्न खोज्दा उनी उल्टै जंगिए । ‘म केही बाइट दिन्नँ, जे गर्न सक्नुहुन्छ गर्नु’ भन्दै उनले नेपाल प्रेस संवाददातालाई थर्काएका छन् ।

राईको गतिविधिबारे नेपाल पत्रकार महासंघ पनि जानकार छ । महासंघका अध्यक्ष विपुल पोखरेलले गाईगोरुको मासु काटेर भोज खानेजस्तो कार्य पत्रकार आचारसंहिताविपरीत हुने बताए । यस विषयमा आफूले राईसँग कुरा गरेको उनको भनाइ छ ।

‘पत्रकार आचारसंहितामा प्रष्टरुपमा सामाजिक सद्भाव खल्बल्याउने कुनै पनि काम गर्न हुँदैन भनिएको छ । त्यही आधारमा हामीले उहाँ लगायत साथीहरुलाई यस्तो कार्यमा संलग्न नहुनु भनेर सम्झाएका छौं । जनकजीसँग पनि मैले कुरा गरेको छु । उहाँले अब त्यस्तो गर्दिनँ भन्नुभएको छ । तर, अझै पनि त्यस्ता गतिविधिमा संलग्न रहेको पाइएमा कारवाही गर्नेछौं’, उनले भने ।

हरेक नागरिकले कानूनको परिपालना गर्नुपर्ने भन्दै पोखरेलले पत्रकारलाई अझै बढी संवेदनशील हुनुपर्नेमा जोड दिए ।

श्रोत : नेपाल प्रेस

Tags: गौहत्या अभियानमापत्रकार महासंघका सुनसरी अध्यक्ष खुलेआम गौहत्या अभियानमा
Previous Post

विनोद शर्मा पौडेललाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस

Next Post

पेस्तोलसहित एक जना पक्राउ

Next Post
पेस्तोलसहित एक जना पक्राउ

पेस्तोलसहित एक जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2802 shares
    Share 1121 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2231 shares
    Share 892 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1529 shares
    Share 612 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1386 shares
    Share 554 Tweet 347
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1371 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist