Sunday, July 13, 2025
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

आमा छोरामाथि छुरा प्रहार गर्ने व्यक्ति पक्राउ

गणेश कुमार यादव by गणेश कुमार यादव
August 29, 2023
in मुख्य समाचार
0
48
SHARES
Share on FacebookShare on Twitter

कैलाली । बझाङमा गत मङ्गलवार राति आमा छोरामाथि छुरा प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन्।

घटनामा संलग्न कैलाली कैलारी गाउँपालिका वडा नम्बर– १, का स्यानु चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

बझाङ सदरमुकाम चैनपुरमा निर्माणको काममा मजदुरी गर्दै आएका चौधरीले सुर्मा गाउँपालिकाकी २७ वर्षीया सुनिता विक र उनका छोराहरू ७ वर्षीय छोरा आदित्य र ४ वर्षीय एबललाई चक्कु प्रहार गरेको प्रहरीलाई बयान दिएका छन् ।

श्रीमान् कलम बिक काठमाडौँमा रहेको अवस्थामा श्रीमती र दुई छोरा माथि चक्कु प्रहार गरिएको हो । भान्सामा तरकारी काट्ने चक्कुले उनीहरूमाथि चौधरीले आक्रमण गरेका थिए ।

मोबाइल चोरी, चक्कु प्रहार

४ गते राति करिब १२ बजेको आसपासमा चौधरीले सुनिता विक र उनका दुई छोरालाई चक्कु प्रहार गरे । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले चौधरी मोबाइल चोर्न घर भित्र पसेको र आफू पक्राउ पर्न सक्ने डरले चक्कु प्रहार गरेको बताए ।

‘घर भित्र बत्ती बलिरहेको र उज्यालोमा मोबाइल देखेपछि त्यही मोबाइल चोर्न ऊ घर भित्र पसेको देखिन्छ’ प्रहरी उपरीक्षक भण्डारीले भने, ‘झ्याप्प कोही उठेको जस्तो लागेर आफू पक्राउ पर्न सक्ने भन्दै अन्धाधुन्द चक्कु हानेको हो । ’

चक्कु प्रहारपछि घाइते भएका तीनै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको थियो भने चौधरीले भने चोरेको मोबाइल लिएर कैलाली आउने तरखरमा थिए । उनी दुई दिनपछि घर आउने तयारीमा रहेको र त्यो भन्दा पहिले केहि रकम जोहो गर्न मोबाइल चोर्ने योजना अचानक बनाएको प्रहरीको अनुसन्धानले देखाएको छ ।

‘५र७ महिना काम गरेर कमाइ केहि भएन । जाने बेलामा जम्मा ५ हजार हिसाब बचेको रहेछ । २्३ हजार कता तिर्न रहेछ । कमाइ गरेर नसकेपछि चोरेर भए पनि केहि पैसा लैजान्छु भनेपछि ऊ त्यो घर भित्र पसेको देखिन्छ ’ अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले भने ।

आक्रमण पछि प्रहरीले त्यस वरपर बस्ने मान्छेहरूका विषयमा छानबिन सुरु गरेको थियो । शङ्कास्पद थुप्रै व्यक्तिहरूको बीचबाट प्रहरीको नजर चौधरी सम्म पुगिसकेको थियो । चौधरी ६ गते नै बझाङबाट कैलाली हिँडिसकेका थिए ।

‘प्रारम्भिक अनुसन्धानले केहि तथ्य देखाएको थियो त्यसैमाथि अभियुक्त व्यक्ति बसमा टिकट काटेरै कैलाली गएको देखिएपछि हाम्रो ठम्याइ अझै बलियो भयो ’ ती प्रहरी अधिकारीले भने ‘त्यस पछि अनुसन्धान बझाङबाट कैलाली केन्द्रित भयो ।’

घटना भएको केहि दिनमै प्रदेश प्रहरी कार्यालयको टोलीसँगको समन्वयमा चौधरी पक्राउ परे । उनको साथमा प्रहरीले बझाङमा चोरी गरेको मोबाइल पनि बरामद गर्‍यो ।

बझाङ प्रहरीले ८ गते नै चौधरीको संलग्नता हुन सक्ने आधार प्रमाण फेला पारिसकेको थियो । तर, बझाङबाट कैलाली पुगेर पक्राउ गर्दा समय लाग्न सक्ने भएको हुँदा प्रहरी नायव उपरीक्षक भण्डारीले प्रदेश प्रहरी कार्यालयलाई जानकारी गराएका थिए ।

९ गते बिहानै प्रहरीले उनीमाथि निगरानी बढाएको थियो । उनी घरमै रहेको अवस्थामा ९ गते नै प्रदेश प्रहरीको टोलीले पक्राउ गरि जिल्ला प्रहरी कार्यालय बझाङलाई बुझाएको हो । चौधरीमाथि डाँका चोरी र ज्यान मार्ने उद्योगमा कारबाही अघि बढ्ने प्रहरीले जनाएको छ

Tags: आमा छोरामाथि छुरा प्रहारपक्राउ
Previous Post

वराहक्षेत्रमा १२ वटा रोगको विशेषज्ञ सहितको स्वास्थ्य शिविर, १५ सय भन्दा बढिले लिए सेवा

Next Post

कटुवा पेस्तोलसहित बर्जुबाट एक जना पक्राउ

Next Post
कटुवा पेस्तोलसहित बर्जुबाट एक जना पक्राउ

कटुवा पेस्तोलसहित बर्जुबाट एक जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2791 shares
    Share 1116 Tweet 698
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1522 shares
    Share 609 Tweet 381
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1379 shares
    Share 552 Tweet 345
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1369 shares
    Share 548 Tweet 342
  • जब प्रजिअ पाण्डे दलबल बिना छठ घाटमा पुगिन्

    825 shares
    Share 330 Tweet 206

 

 

सम्पर्क

9ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist