ADVERTISEMENT
Friday, April 17, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

हर्क साम्पाङविरुद्ध सर्वोच्चमा अवहेलनाकाे मुद्दा दायर

गणेश कुमार यादव by गणेश कुमार यादव
August 30, 2023
in मुख्य समाचार
0
हर्क साम्पाङविरुद्ध सर्वोच्चमा अवहेलनाकाे मुद्दा दायर
55
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । धरानका मेयर हर्क साम्पाङ र स्वतन्त्र नागरिक समाजका प्रवक्ता रामप्रसाद राईविरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको छ।

दुवै विरुद्ध मोरङको सुन्दरहरैचा नगरपालिकाका हेमचन्द्र घिमिरे र धरान १ की रोजिना अधिकारीले अदालतको अवहेलनामा कारबाही गर्न माग गर्दे सर्वोच्चमा मुद्दा दायर गरेकी हुन्।

अधिकारी धरान वडा १ का निवर्तमान वडा अध्यक्ष रोशन अधिकारीकी श्रीमती हुन्। उक्त मुद्दामा भदौ ३ गते नै न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलाशले निवेदकको माग बमोजिम किन कारबाही हुनु नपर्ने हो ? कुनै कारण भए बाटोको म्याद बाहेक १५ दिनभित्र आफै वा कानुन बमोजिम प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्न आदेश दिएको छ।

निवेदकद्धयले सर्वोच्च अदालतको आदेश विपरीत विवादित छोटीमोरङ डाँडामा गएर जर्बजस्ती वृक्षारोपण गरेको, पूर्ण इजलाशमा पेश गर्ने आदेश भएर मुद्दा विचाराधीन अवस्थामा रहँदा नै अदालतलाई चेतावनीयुक्त अभिव्यक्ति दिइरहेको, विभिन्न युट्युब च्यानलमार्फत अदालतका न्यायाधिशहरुलाई आक्षेप लगाएको भन्दै मेयर साम्पाङ र राईलाई अदालतको अपहेलनामा कारबाहीको माग गरेका छन्।

निवर्तमान वडा अध्यक्ष अधिकारीले मेयर साम्पाङले शक्तिको दुरुपयोग गर्दै र पदीय मर्यादा विपरीत गतिविधिहरु गर्दै आएकोले आफू कानुनको सहारा लिनुपरेको बताए।

उनले भने, ‘शक्तिको आडमा मलाई धेरै दुःख दिने काम भयो। अदालतको आदेश उल्लंघन गर्दै पटक पटक धम्की पनि दिएकोले मुद्दा दायर गरेको हो।’

स्वतन्त्र नागरिक समाजका प्रवक्ता राईले आफूलाई मुद्दाबारे जानकारी नभएको बताएका छन्। उनले भने, ‘मैले केही भनेको, गरेको पनि छैन। कसरी मुद्दा हाल्यो ? त्योबारे थाहै छैन।’ स्वतन्त्र नागरिक समाज मेयर साम्पाङको समर्थकहरुले गठन गरेको संस्था हो।

सर्दु जलाधार क्षेत्रमा पर्ने छोटीमोरङमा निवेदक द्वयले जग्गा खरिद गरेका छन्। त्यसमध्ये निवेदक घिमिरे जग्गा व्यापारी हुन्। उनले जलाधार क्षेत्रमा प्लटिङ गरेका थिए। घिमिरेबाट नै अधिकारी दम्पतीले पनि जग्गा किनेका हुन् ।सर्वोच्च अदालतले विगतमा गरेको फैसला उल्टाउँदै जलाधार क्षेत्रको जग्गा कित्ताकाट, स्वरुप परिवर्तन लगायत केही पनि नगरी यथास्थितिमा राख्न आदेश दिएको थियो।

साथै, उक्त मुद्दालाई पूर्ण इजलाशमा पेश गर्न पनि आदेश दिएको जानकारी सर्वोच्च अदालत प्रशासनले उपमहानगरपालिकालाई दिएको थियो। यो आदेशको जानकारी आएपछि मेयर साम्पाङले छोटीमोरङ डाँडामा वृक्षारोपण गर्न पुगेका थिए। त्यस क्रममा रोशन अधिकारी तथा श्रीमती रोजिना अधिकारीसँग झगडा भएको थियो।

उनीहरुले सर्वोच्च अदालतको अन्तिम फैसला नआइसकेको हुनाले हालसम्म पनि उक्त जग्गा आफ्नो स्वामित्वमा रहेको भन्दै उच्च अदालतमा निवेदन दिएका थिए। उच्च अदालतले उनीहरुकै पक्षमा स्टे अर्डर जारी गरेको थियो।

यो विवाद मेयर साम्पाङ र अधिकारी दम्पतीबीच मात्र सीमित रहेन। स्वतन्त्र नागरिक समाजका प्रवक्ता राई र निवर्तमान वडा अध्यक्ष अधिकारीबीच आरोप प्रत्यारोपसम्म पुग्यो। हाल अधिकारी दम्पतीले खरिद गरेर प्याराग्लाइडिङ टेकअप बनाएको जग्गा धरान प्याराग्लाइडिङ क्लबले तयार गरेको थियो। उक्त क्लबको संस्थापक स्वर्गीय लेखमणि जिमी, रामप्रसाद राईलगायत हुन्। उनीहरु धरानमा प्याराग्लाइडिङ उडानको शुरुवातकर्ताहरु मध्येका हुन्। त्यस बेला उक्त जग्गा सर्वोच्चमा मुद्दा विचाराधीन अवस्थामा थियो।

उक्त मुद्दामा जलाधारबाट सट्टाभर्ना पाइसकेका पुर्वजग्गाधनीहरुले जितेपछि क्लबले तयार गरेको टेकअपसहितको जग्गा हेमचन्द्र घिमिरे हुँदै अधिकारी दम्पतीले खरिद गरेर एकलौटी बनाएका थिए। त्यसपछि पुर्ववडाअध्यक्ष अधिकारी र राईबीच सम्बन्ध चिसिएको थियो।

अहिले मेयर साम्पाङसँग विवाद हुँदा अधिकारी दम्पतीले राईले नै उक्साएर आफ्नो जग्गामा वृक्षारोपण गर्न लगाएको आरोप लगाउँदै आएका छन्। तर, राईले भने मेयर साम्पाङको चुनावी प्रमुख एजेण्डामा सर्दु जलाधार क्षेत्र संरक्षण पनि भएकोले आफूले उकासिरहनु नपर्ने बताउँदै आएका छन्।

Tags: धरानसर्बोच्च अदालतहर्क साम्पाङविरुद्ध सर्वोच्चमा अवहेलनाकाे मुद्दा दायरहर्क साम्पाङ्ग
Previous Post

एमसीसी कार्यान्वयनको घोषणा हुँदै

Next Post

५५ औं संस्करणको रथ यात्रा : बालेनदेखि हर्कसम्मलाई पठाईयो निम्तो

Next Post
५५ औं संस्करणको रथ यात्रा : बालेनदेखि हर्कसम्मलाई पठाईयो निम्तो

५५ औं संस्करणको रथ यात्रा : बालेनदेखि हर्कसम्मलाई पठाईयो निम्तो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2805 shares
    Share 1122 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1485 shares
    Share 594 Tweet 371
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1391 shares
    Share 556 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist