ADVERTISEMENT
Saturday, March 14, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

५५ औं संस्करणको रथ यात्रा : बालेनदेखि हर्कसम्मलाई पठाईयो निम्तो

गणेश कुमार यादव by गणेश कुमार यादव
August 30, 2023
in मुख्य समाचार
0
५५ औं संस्करणको रथ यात्रा : बालेनदेखि हर्कसम्मलाई पठाईयो निम्तो
47
SHARES
Share on FacebookShare on Twitter

विराटनगर। ५५ औं संस्करणको रथ यात्राको लागि विराटनगर महानगरपालिकाले समकक्षी मेयरहरुलाई निमन्त्रण पठाएको छ ।

धार्मिक एवं साँस्कृतिक महत्व झल्काउने विराटनगरको राधाकृष्ण रथयात्रा श्रीकृष्ण जन्माष्टमीको भोलीपल्ट निकालिने छ । यसको अवलोकनका लागि पाँचवटा महानगरपालिकासहित मोरङका १७ वटै स्थानीय तहलाई निमन्त्रणा पठाइएको छ ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले श्री राधाकृष्ण रथ यात्रालाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउनेगरी देश तथा विदेशका विशिष्ट व्यक्तिहरुलाई आमन्त्रण गर्ने तयारीमा जुटेको बताए । मेयर कोइरालाले रथ यात्रालाई विराटनगरको इज्जतप्रतिष्ठसँग तुलना गर्दै नेपाल तथा भारतका विभिन्न मठमन्दिरका मठाधिसहरुलाई आमन्त्रण गरेर रथयात्रामा सहभागिता गराउने उद्देश्यका साथ अगाडी बढेको जानकारी दिए ।

यो वर्ष काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) , ललितपुरका चिरीबाबु महर्जन, भरतपुरका रेनु दाहाल, पोखराका धनराज आचार्य, वीरगंजका राजेश मान सिंहलाई निम्तो पठाइएको छ । विराटनगर महानगरपालिका आफैं आयोजक हुने रथयात्राका लागि औपचारिक रुपमा अन्य महानगरपालिकालाई निम्तो पठाइएको प्रमुख नागेश कोइरालाका प्रेस सल्लाहाकार मिनकुमार नवोदितले जानकारी दिए ।

उपमहानगरपालिकातर्फ इटहरीका प्रमुख हेम कर्ण पौडेल, धरानका हर्क राज राई (हर्क साम्पाङ) र मोरङको १७ वटै स्थानीय तहलाई निमन्त्रणा गरिएको विराटनगर महानगरपालिकाले जनाएको छ ।

रथयात्रालाई यस वर्ष भव्य र ऐतिहासिक रुपमा निकाल्ने तयारी सुरु भईरहेको रथयात्रा व्यवस्थापन समितिले जनाएको छ । विराटनगर महानगरपालिका १ स्थित श्रीराधाकृष्ण मन्दिर परिसरबाट वि.सं. १९८८ साल देखि युगल जोडी भगवान श्रीराधाकृष्ण ‘खटयात्रा’ यात्राबाट प्रारम्भ भएको ऐतिहासिक यात्रा वि.सं. २०२५ सालबाट भव्य एवम् विशाल रथको निर्माण गरि निरन्तर रथयात्रा महोत्सव सञ्चालन हुँदै आएको थियो ।

कोरोनाका कारण रथयात्राको ५२ र ५३ औं संस्करण समेत विधी धान्न मात्रै निकालिइएको थियो । भने ५४ औं संस्करणका लागि रथयात्रा पहिलेको भन्दा कम मात्रामा झाकी उपस्थित गराएर रथ यात्रा निकालिएको थियो। । विराटनगरको यो रथयात्रामा भारतसहित नेपालका विभिन्न क्षेत्रबाट हजारौं भक्तजनहरु सहभागी हुने गरेका छन् ।

Previous Post

हर्क साम्पाङविरुद्ध सर्वोच्चमा अवहेलनाकाे मुद्दा दायर

Next Post

रूसको एक एयरपोर्टमा ड्रोन हमला

Next Post
रूसको एक एयरपोर्टमा ड्रोन हमला

रूसको एक एयरपोर्टमा ड्रोन हमला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2804 shares
    Share 1122 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2231 shares
    Share 892 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1530 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1386 shares
    Share 554 Tweet 347
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1372 shares
    Share 549 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist