ADVERTISEMENT
Friday, April 17, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

इनरुवा सहित आसपासका क्षत्रमा निकालियाे रथ यात्रा

गणेश कुमार यादव by गणेश कुमार यादव
September 7, 2023
in मुख्य समाचार, स्थानीय समाचार
0
इनरुवा सहित आसपासका क्षत्रमा निकालियाे रथ यात्रा
54
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको सदरमुकाम इनरुवा सहित दुहबी नगरपालिका, इटहरी उपमहानगरपालिका,रामधुनी नगरपालिका, गढी गाउँपालिका र हरिनगर गाउँपालिकामा समेत रथ यात्रा निकालिएको छ ।

दुहवीको श्री राधा कृष्ण मन्दिरबाट र इनरुवाको राधाकृष्ण मन्दिर र हरिनगरको बासुकिनाथ मन्दिरबाट हजारौंको संख्यामा स्थानीयहरुको सहभागितामा रथ यात्रा निकालिएको हो ।

दुहवीमा श्री कृष्ण जन्माष्टमी पूजा महोत्सवको आयोजनामा रथ यात्रा निकालिएको आयोजक महोत्सव समितिको अध्यक्ष पंकज हलुवाईले जानकारी दिनुभयो ।

दुहवी नगरपालिका वडा नं. ६ मा रहेको ऐतिहासीक श्री राधाकृष्ण मन्दिरमा विगत वि.स.२०४१ साल देखि मनाउदै आइरहेको श्री कृष्ण जन्माष्टमी पूजा महोत्सव यस वर्ष ३९ औं संस्करण हर्षोल्लास तथा भब्यताका साथ मनाएको हो ।

दुहवीमा कृष्ण जन्माष्टमी महोत्सवलाई सफलता पूर्वक सफल बनाउनका लागि १२ वटा उपसमितिहरु बनाएका थिए । दुहवीको विभिन्न जातजातिहरुले झाँकी सहित दुहबी बजार देखी ७ किलोमिटरसम्म रथ यात्रा परिक्रमा गरेको हजारौंको संख्यामा भक्तजनहरुको सहभागीता रहेको छ ।

सुनसरीको दुहबीमा भव्यक्ताका साथ निकालिएको रथयात्रामा भगवान कृष्णको वशं भनिएका नेपाल यादव सेवा समितिले समेत रथयात्रा परिक्रमामा सहभागीता जनाएको समितिका दुहवी अध्यक्ष गोविन्द यादवले जानकारी दिनुभयो ।

उता इनरुवाको रथ यात्रामा पनि हजारौ भक्तजनहरुले सहभागिता जनाएको स्थानीय सरिता घिमिरेले जानकारी दिनुभयो ।

त्यसैगरि पहिलो पटक हरिनगरमा रथयात्रामा हजारौंबढीको संख्यामा हिन्दु धर्मावलम्बीहरुले सहभागिता जनाएको हरिनगर गाउँपालिकाका उपाध्यक्ष रिमझिम कुमारी भगतले जानकारी दिनुभयो ।

पहिलो पटक कृष्ण जन्माष्टी महोत्सवको अवसरमा रथयात्रा कार्यक्रम भजन किर्तन सहित आयोजना गरेको उपाध्यक्ष भगतको भनाई छ ।

नेपाल यादव सेवा समिति हरिनगरले हरिनगरको रथयत्रामा र समितिको दुहवी कार्यसमिसत दुहवीको रथ यात्रामा सहभागीता जनाएको दुहवी अध्यक्ष गोविन्द यादवले जानकारी दिनुभयो र यादवले रथयात्रामा विगतमा पनि सहभागी हुदै आएकोमा यसपाली आफ्नो जातिय सहभागिता संस्थागत रुपमा गराउँदै रथयात्रामा झाकि र बालबालिकालाइ राधाकृष्ण जस्तै सिगांरिएर सहभागी भएको जानकारी दिनुभयो ।

यादव सेवा समितिका तर्फबाट रथ यात्रामा सहभागी हुनेहरु लोगो सहितको टि सर्ट र आफ्नो मौलिक पहिचानको साथ सहभागी भएका सल्लाहकार आषिशकुमार यादवले जानकारी दिनुभयो ।

यादव सेवा समिति दुहवीको अगुवाईमा भएको रथ यात्रा महोत्सवमा जिल्ला कार्यसमिति सचिव जयकृष्ण यादव, सदस्य देवकृष्ण यादव, अरुण यादव, दुर्गानन्द यादव, राजकुमार यादव, पत्रकार गनेशकुमार यादव समेतकाले सहभागीता जनाउनुभएको थियो । दुहवी समितिले यादव सेवा समितिको लोगो सहितको टि सर्ट र अबिर लगाएर स्वागतसगैं रथ यात्राको डोरी तान्ने अवसर दिएको सल्लाहकार यादवले जानकारी दिनुभयो ।

दुहवीको रथ यात्रामा नेवार, रौनीयार, साह, हलुवाई, मारवाडी, ओम शान्ती सहितका सेवा समितिहरु र समाजहरुको सहभागिता रहेको थियो । दश हजार बढी स्थानीयहरुले दुहवीको रथ यात्रामा सहभागिता जनाएका थिए ।

Previous Post

छात्रालाई ब्लाकमेल तथा बलात्कार गरेको आरोपमा प्रिन्सिपल पक्राउ

Next Post

धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

Next Post
धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2805 shares
    Share 1122 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1485 shares
    Share 594 Tweet 371
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1391 shares
    Share 556 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist