ADVERTISEMENT
Monday, February 16, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

प्रहरीकै हतियार लुटपाट गर्ने ७ जना पक्राउ

गणेश कुमार यादव by गणेश कुमार यादव
September 10, 2023
in मुख्य समाचार
0
प्रहरीकै हतियार लुटपाट गर्ने ७ जना पक्राउ
55
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । प्रहरीकै हतियार लुटपाट गर्ने ७ जना मोरङमा पक्राउ परेको छ ।
मोरङ र सुनसरीको विभिन्न ठाउँमा हतियार देखाएर लुटपाट गर्ने गिरोहले भदौ २२ गते प्रहरीकै हतियार लुटेपछि प्रहरीले ७ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुनसरी दुहबी नगरपालिका–४ का ३२ वर्षीय नसुदिन मिया, दुहबी–१ का ३० वर्षीय मोहम्मद अलिम मुर्तुजा, मोरङ बुढीगंगा गाउँपालिका–४ का ४० वर्षीय रिजवन मिया, बुढीगंगा–५ कै २१ वर्षीय मोहम्मद नजरूल मिया, २५ वर्षीय सिजाम आलम र भारत घर भई सुनसरी दुहबी नगरपालिका– ६ बस्ने ४० वर्षीय महम्मद आलम छन् ।
अर्का एक जना बालक भएकाले प्रहरीले नाम खुलाएको छैन ।

उनीहरुले मोरङ र सुनसरीमा रातको समयमा यात्रा गर्नेहरुलाई हतियार देखाएर लुटपाट गर्ने गरेको प्रहरीमा उजुरी परेको थियो ।

उक्त समूहले लुटपाट गरेको भन्दै भदौ ५ गते जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी परेको थियो । तर भदौ २२ गते बुढीगंगा–४ पेठियामा यही समूहले प्रहरीमाथि आक्रमण गर्दै हतियार खोसेर लगेपछि चलाइएको कारबाहीमा ६ जना पक्राउ परेका हुन् ।
ड्युटीमा रहेका सादा पोशाकमा प्रहरी जवान बिमन परियार र प्रेम चौधरीलाई त्यस दिन चार जनाको समूहले आक्रमण गरी हतियार लुटेर लगेको थियो ।

अनुसन्धानका क्रममा लुटपाट भएको पेस्तोलसहित गिरोहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।

प्रहरीका अनुसार लुटपाट गर्ने गिरोहको नाइके रिजवान हुन् । उनी २०६४ सालदेखि २०७९ सालसम्म १० वटा अपराधिक घटनामा संलग्न भएको प्रहरीको दाबी छ । उनी विरुद्ध मोरङ र सुनसरी प्रहरीले अनुसन्धान गरिरहेको थियो ।

रिजवानविरुद्ध डाका ज्यान, चोरी, हातहतियार खरखजाना, ज्यान मार्ने उद्योगलगायतका मुद्दा थिए । हातहतियार मुद्धामा केही समय उनी पुर्पक्षको लागि कारागार समेत बसेका थिए ।

पछिल्लो समय भने उनी नयाँ समूह बनाएर रातको समयमा मोरङ र सुनसरीको विभिन्न स्थानमा लुटपाटमा संलग्न थिए । प्रहरीका अनुसार यो समूह राति ११ बजेदेखि विहान ३ बजेसम्म लुटपाट र चोरीमा सक्रिय भएको देखिन्छ ।

भदौ २ गतेदेखि २२ गतेसम्म यो समूहले मोरङको विराटनगर, झोराहाट, बेलेपुर, ग्रामथान गिधनिया, तेतरीया, बेलबारीलगायतका स्थानमा १५ वटा लुटपाटका घटना गराएको थियो । त्यस्तै सुनसरीको दुहबी, बर्जु, गढीलगायतका स्थानमा लुटपाट गरेको थियो ।

Tags: प्रहरीकै हतियार लुटपाटप्रहरीकै हतियार लुटपाट गर्ने ७ जना पक्राउ
Previous Post

पितापर्मेश्वर ले विभिन्न राेग निकाे पार्छ भन्दै भ्रम फैलाउन केही समूह सकृय

Next Post

क्रिकेटरले धोका दिएको भन्दै ‘पूर्वप्रेमिका’ को निवेदन प्रहरीमा, छलफल गराइदिन आग्रह

Next Post
क्रिकेटरले धोका दिएको भन्दै ‘पूर्वप्रेमिका’ को निवेदन प्रहरीमा, छलफल गराइदिन आग्रह

क्रिकेटरले धोका दिएको भन्दै ‘पूर्वप्रेमिका’ को निवेदन प्रहरीमा, छलफल गराइदिन आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2802 shares
    Share 1121 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2231 shares
    Share 892 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1529 shares
    Share 612 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1386 shares
    Share 554 Tweet 347
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1371 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist