ADVERTISEMENT
Wednesday, January 14, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

युवाले बलात्कार गरेर फरार भएको घटना डेढ महिना पछि सार्वजनिक

गणेश कुमार यादव by गणेश कुमार यादव
September 13, 2023
in मुख्य समाचार
0
युवाले बलात्कार गरेर फरार भएको घटना डेढ महिना पछि सार्वजनिक
87
SHARES
Share on FacebookShare on Twitter

दुहबी । सुनसरीको दुहबीकी एक महिलालाई इटहरीका एक युवाले बलात्कार गरेर फरार भएको घटना डेढ महिना पछि सार्वजनिक भएको छ । इलाका प्रहरी कार्यालय दुहबीमा डेढ महिना अघि उजुरी लिएर पुगेकी ती महिलाको १५ दिन अगाडी उजुरी दर्ता भएपनि आजसम्म बलात्कारका आरोपित जितेन्द्र शर्मालाइ प्रहरीले पक्राउ नगरेको भन्दै न्यायकोलागि भौतारिएको तथ्य सार्वजनिक भएको हो ।

सुनसरीको दुहवी नगरपालिकाकी २४ वर्षिय महिलाले आफू बलात्कार पींडित भएको र न्यायका लागि प्रहरीमा गएको आधारमा धाकधम्की दिएको गुनासो गरेकि छिन ।
ती महिलाले इलाका प्रहरी कार्यालय दुहवीमा भदौं १२ गते जाहेरी दिएदेखी नै धाकधम्की आएको गुनासो गरेकि छिन । भदौं १२ गतेदेखी जितेन्द्र शर्माका दाजु दिलिप शर्मा, बुवा देवकुमार शर्मा सहित राजनीतिक दलका केही नेताहरु समेतले धाकधम्की सहित सो घटना मिलापत्र गर्न दवाव दिदैं मुद्धा फिर्ता लिन र आफूलाई नराम्रो मान्छै भन्दै गालीगजौज सहित धाकधम्की दिदै आएकाले आफु थप असुरक्षीत भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता(डिएसपि)नविनकृष्ण भण्डारी, इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक मोहन पोखरेल,दुहबीका जनप्रतिनिधि र संचारकर्मीहरु समक्ष रुदैं न्यायकोलागि हारगुहार गरेकि छिन ।

इलाका प्रहरी कार्यालय दुहबी मुद्दा फाँटका सचिन भनिने प्रहरी र बरिष्ठ सई बलराम यादवले घटना सामसुम पार्न बलात्कार भएको एक महिना सम्म जाहेरी लिन नमानेको र आफुलाइनै नराम्रो भन्दै घटनाको मिलापत्रकोलागि पटक–पटक मानसिक यातना दिदैं आएको ती महिलाले गुनासो पोखिन । ईलाका प्रहरी कार्यालय दुहबीमा नयाँ प्रहरी निरीक्षक मोहन पोखरेल आएपछि उजुरी दर्ता भएको ती महिलाले बताइन् ।

पींडित महिलाका अनुसार आरोपित जितेन्द्र शर्मालाइ उनका दाजु दिलिप शर्माले लुकाइ छिपाइ राखेको उजुरीमा समेत उल्लेख गरेकोले दिलिप शर्मालाइ छानविन गरे मात्र जितेन्द्र शर्मा पक्राउ पर्ने दाबी गरिन ।

महिलाले आफूलाई बलात्कार भएकोमा जबरजस्ती करणी मुलुकी अपराध संहिता २०७४ को धारा २१९ बमोजिम कार्वाहीको माग गर्दै जाहेरी दर्ता भएकोले सुनसरी जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएकोले आरोपित जितेन्द्र शर्माको खोजी कार्य भईरहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए । उता प्रहरीले पीडितको सुरक्षा र दोषीलाई कार्वाही गर्ने प्रहरीको दायित्व भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता(डिएसपि)नविनकृष्ण भण्डारीले पिडींत महिलालाइ न्याय दिलाउने प्रतिबद्धता जाहेर गरेका छन ।

Previous Post

उपमेयरका भाइ सहित ८ जना युवा पक्राउ

Next Post

हेलिकप्टर स्कुलमा आकस्मिक अवतरण

Next Post
हेलिकप्टर  स्कुलमा आकस्मिक अवतरण

हेलिकप्टर स्कुलमा आकस्मिक अवतरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2801 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2229 shares
    Share 892 Tweet 557
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1528 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1385 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1371 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist