ADVERTISEMENT
Saturday, March 14, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

गण्डकीका मन्त्रीहरुको सम्पत्ति विवरण : स्काभेटर, ट्याक्टरदेखि र बन्दुकसम्म

गणेश कुमार यादव by गणेश कुमार यादव
September 21, 2023
in मुख्य समाचार
0
गण्डकीका मन्त्रीहरुको सम्पत्ति विवरण : स्काभेटर, ट्याक्टरदेखि र बन्दुकसम्म
50
SHARES
Share on FacebookShare on Twitter

पोखरा । आफैंले तोकेको समयसीमा कटेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले बल्ल सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेअनुसार बिहीबार साँझ सार्वजनिक गरिएको हो । सार्वजनिक सम्पत्ति विवरणअनुसार अधिकांशको पुर्ख्यौली घरजग्गा नै र ऋण देखाएका छन् भने स्काभेटर, ट्याक्टरदेखि बन्दुक र भैंसीसम्म आफ्नो नाममा सम्पति रहेको मन्त्रीहरुले खुलाएका छन् ।

गण्डकी प्रदेश सरकारले मन्त्रिपरिषदका सदस्यले नियुक्त भएको मितिले ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नेपर्ने गरी आचारसंहिता जारी गरेको थियो । गत वैशाख १४ गते नियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २९ वैशाखमा मन्त्रिपरिषदलाई पूर्णता दिएका थिए ।

मुख्यमन्त्रीको ठाउँ ठाउँमा पैतृक सम्पत्ति

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग गोरखा, काठमाडौं, भक्तपुर र कपिलवस्तुमा पैतृक जग्गा रहेको खुलाएका छन् । पाण्डेको गोरखामा ५ रोपनी १० आना १ दाम जग्गा र घर छ भने काठमाडौं महानगरपालिका वडा नम्बर ३ मा २ सय १२ वर्गमिटरमा घरजग्गा छ । दुबै उनले पैतृक सम्पत्ति देखाएका छन् ।

सम्पत्ति विवरणमा उल्लेख भए अनुसार पाण्डेसँग ४२ तोला सुन, ५ सय तोला चाँदी छ भने जग्गा बिक्री गरेर २ सेट हिरा किनेको देखाएका छन् । तलब सुविधाबाट १ सेट मोती किनेको पनि पाण्डेले आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

व्यवसाय, तलब र जग्गा बिक्रीबाट एभरेस्ट बैंकमा २४ लाख ९६ हजार मौज्दात रहेको मुख्यमन्त्री पाण्डेले खुलाएका छन् । पत्नी विना पाण्डेको नाममा प्रभु बैंकमा ६० लाख रुपैयाँ तलब तथा उपदानमार्फत जम्मा गरेको मुख्यमन्त्री पाण्डेले उल्लेख गरेका छन् । छोरा सुयोग्यराज पाण्डेको ग्लोबल आइएमई बैंकमा १ लाख ५६ हजार बैंक मौज्दात देखाएका छन् ।

मुख्यमन्त्री पाण्डेले राष्ट्रिय वाणिज्य बैंकमा ओभर ड्राफ्ट रहेको ५० लाखमध्ये २३ लाख निकालेको देखाएका छन् । मुख्यमन्त्री पाण्डेको श्रीमतीको नाममा नगद तथा बैंकबाट ऋणसमेत गरी ६२ लाख रुपैयाँमा कार खरिद गरेको उल्लेख गरेका छन् ।

मुख्यमन्त्री पाण्डेसँग टिभी २, फ्रिज २, वासिङ मेसिन, माइक्रोओभन, किचनसहित पूर्ण फर्निसिङ घर रहेको उल्लेख गरेका छन् । मुख्यमन्त्री पाण्डेले व्यवसायबाट बैंकमा नगद मौज्दात रहेको उल्लेख गरे पनि कुन व्यवसाय भन्ने खुलाएका छन् ।

मन्त्री सिम्खडासँग पुर्ख्यौली घरजग्गा र १० लाखको सेयर

गण्डकी मन्त्रिपरिषदकी दोस्रो वरियताकी मन्त्री सुशीला सिंखडा सामाजिक विकास मन्त्री छन् । गोरखाकी सिम्खडाले दाइ विष्णु सिम्खडाको नाममा पुख्र्याैली जग्गा रहेको खुलाएकी छन् । नवलपुरको गैंडाकोटमा १५ लाख रुपैयाँमा खरिद गरेको ६ हजार ३ सय ९५ वर्ग मिटर जग्गा रहेको उल्लेख गरेकी छन् ।

१९ लाखमा खरिद गरेको ६ सय ४ वर्ग मिटर, ललितपुर गोदावरी–३ मा जग्गा किनेको र श्रीमान जनकबहादुर बुढाको नाममा जुम्ला तातोपानी गाउँपालिका २ मा पुर्ख्यौली घरसम्पत्ति रहेको बताएकी छन् ।

व्यापार व्यवसायबाट विभिन्न बैंकमा १ लाख ७० हजार मौज्दात रहेको सिंखडाले खुलाएकी छन् । वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई ६ लाख ७५ हजार रुपैयाँ ऋण दिएको विवरणमा उल्लेख छ । उनले १० लाख बराबरको विभिन्न कम्पनीको सेयर रहेको खुलाएकी छन् । सुनचाँदी आफूसँग नरहेको उल्लेख गरेकी सिम्खडाले २६ हजारको मोबाइल र ७ हजारको घडी किनेको खुलाएकी छन् ।

सरस्वती अर्याल तिवारीको ९५ लाख ऋण

ऊर्जा जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारीले स्याङ्जा वालिङ नगरपालिका–८ मा पुख्र्यौली घरजग्गा देखाएकी छन् । वालिङ–८ मा परिवारका सदस्यहरुको नाममा २७ वटा कित्तामा जग्गा रहेको अर्यालले बताएकी छन् ।
अर्यालले २३ लाख नगद, २२ तोला सुन, ४० तोला चाँदी रहेको सम्पत्ति विवरणमा उल्लेख गरेकी छन् । तलबभत्ता सापटी गरेर परिवारका नाममा ३ लाख ५७ हजार मौज्दात रहेको अर्यालले खुलाएकी छन् ।

अर्यालको नाममा एउटा स्कुटर र श्रीमानको नाममा एउटा मोटरसाइकल छ । अर्यालले ९५ लाख रुपैयाँ ऋण लिएको उल्लेख गरेकी छन् तर प्रयोजन खुलाएकी छैनन् । २ लाख ८५ हजार बराबरको विभिन्न सहकारी, रेडियो, जलविद्युत आयोजनामा सेयर रहेको अर्यालले बताएकी छन् ।

कृषिमन्त्रीसँग ट्याक्टर

नवलपुरका कांग्रेस नेता तथा कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले नवलपुरमा१ रोपनी ७ आना १५ दाम जग्गा र साढे २ तलाको घर रहेको बताएका छन् । नवलपुर सुस्तापूर्व बर्दघाटमा १३ कित्तामा ५ हजार २१ दशमलव ५४ वर्गमिटरभन्दा धेरै पैतृक जग्गा रहेको जिसीले उल्लेख गरेका छन् ।

कृषिमन्त्री जिसीसँग ४० तोला सुन र २० तोला चाँदी छ । त्यो पनि उनले पैतृक नै भएको बताएका छन् । जिसीको एउटा सहकारी र ५ वटा बैंकमा नगद मौज्दात रहेको तर बैंक स्टेटमेन्ट प्राप्त भएपछि रकम उल्लेख गरिने बताउँदै खाली सम्पत्ति विवरण बुझाएका छन् । स्वआर्जनबाट जिसीले एउटा ट्याक्टर खरिद गरेको उल्लेख गरेका छन् ।

पूर्वाधारमन्त्रीसँग स्काभेटर

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले आफूसँग ट्याक्टर र स्काभेटर रहेको सम्पत्ति विवरणमा खुलाएका छन् ।

जुग्जालीको म्याग्दी मालिका गाउँपालिकामा २ वटा घर छ । एउटा आफ्नै नाममा ११ आनामा बनेको एकतले ५ कोठाको पक्की पैतृक घर भएको बताएका छन् ।

मालिकामै आफ्नो नाममा १५ रोपनी जग्गा र बाबु खड्गबहादुर जुग्जालीको नाममा ३५ रोपनी जग्गा रहेकोे देखाएका छन् । मन्त्री जुग्जालीले आफूसँग ७ तोला सुन रहेको देखाएका छन् । जसमध्ये ०७० सालमा ४ लाख ५० हजार रुपैयाँमा ५ तोल सुन खरिद गरेको देखाएका छन । उनले सुन किनेको स्रोत भने व्यवसाय देखाएका छन् ।

०७३ सालमा २ तोल सुन जोडेको बताएका छन् । उक्त सुन पैत्रिकबाट प्राप्त भएको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । गरिमा विकास बैंकमा व्यवसाय र तलबबाट ६ लाख ४० हजार र प्रभु बंैंकमा ५० हजार व्यवसायबाट प्राप्त रकम जम्मा गरेको उल्लेख गरेका छन् ।

हाइड्रो एम्पाएर प्रालिमा २५ लाखको सेयर ऋणमा खरिद गरेको उल्लेख गरेका छन् । त्यस्तै परिचय नेपाल सहकारीमा व्यवसायबाट प्राप्त ४ लाख रुपैयाँ र मितेरी बचत तथा ऋण सहकारी संस्थामा १ लाख शेयर देखाएका छन् ।

मन्त्री जुग्जालीले सम्पत्ति विवरणमार्फत आफू ६० लाख रुपैयाँ ऋणमा रहेको देखाएका छन् । जसमध्ये गरिमा विकास बैंकमा ४० लाख रुपैयाँ छ । उक्त ऋण चुक्ता गर्न अहिले पनि आफूले किस्ता तिरिरहेको बताएका छन् ।

त्यस्तै, विभिन्न व्यक्तिसँग २० लाख रुपैयाँ सापटी लिएको उल्लेख गरेका छन् । ऋण तिर्न बाँकी देखाएका उनले कुन कुन प्रयोजनका लागि ऋण लिएका हुन् त्यो खुलाएका छैनन् ।

मन्त्री जुग्जालीले आफूसँग एउटा ट्याक्टर र मोटरसाइकल भएको उल्लेख गरेका छन् । उनले २०७५ सालमा ऋण तथा व्यवसायबाट प्राप्त रकमबाट २३ लाख रुपैयाँमा ट्याक्टर किनेको उल्लेख गरेका छन् । ०७४ सालमा व्यवसायबाट प्राप्त रकमले ३ लाख ७० हजार रुपैयाँमा मोटरसाइकल खरिद गरेको उल्लेख गरेका छन् ।

उनले सम्पत्ति विवरणमा १ सय ५० वटा सुन्तलाको बोट भएको बताएका छन् । बाबु खड्ग जुग्जालीको नाममा रहेको उक्त सुन्तलाबारीबाट वार्षिक ५ लाख रुपैयाँ आम्दानी भइरहेको बताएका छन् ।

स्काभेटरमा साझेदारीमा लगानी गरेको बताएका छन् । ९५ लाख रुपैयाँ पर्ने उक्त स्काभेटरमा आफ्नो भागमा २० लाख रुपैयाँ पर्ने गरी लगानी गरेको उनले बताएका छन् ।

अर्थमन्त्रीसँग निजी वन र बन्दुक

अर्थमन्त्री जीतप्रकाश आलेले भीमाद नगरपालिका–६ मा पुख्र्यौली घरजग्गा रहेको खुलाएका छन् ।

अर्थमन्त्री आलेले आफ्नो र सगोलमा गरेर भीमाद वडा नम्बर ५ मा ३० वटा कित्तामा जग्गा रहेको उल्लेख गरेका छन् । कामना सहकारीमा ३ लाख र कृषि विकास बैंकमा ३३ सय शेयर रहेको अर्थमन्त्री आलेले बताएका छन् ।

पैतृक सम्पतिकै रुपमा २१ तोला सुन र २७ तोला चाँदी रहेको अर्थमन्त्री आलेले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

आफ्नो नाममा निजी वन रहेको देखाएका अर्थमन्त्री आलेले ३४ लाख ७० हजार रुपैयाँ बैंकबाट ऋण लिएको देखाएका छन् तर प्रयोजन भने खुलाएका छैनन् । आलेसँग एउटा मोटरसाइकल छ । अर्थमन्त्री आलेसँग ३३ हजार रुपैयाँमा खरिद गरेको लाइसेन्स प्राप्त एक नाले १२ बोर बन्दुक पनि रहेको उल्लेख गरेका छन् ।

वनमन्त्रीसँग जिप र ट्याक्टर

उद्योग पर्यटन वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापासँग जिप, ट्याक्टर, र फार्मेसी पसल छ । थापाको बागलुङ नगरपालिका ३ मा घरजग्गा छ । अंशबण्डा नभएको पैतृक सम्पतिका रुपमा बागलुङ– ११ मा ५ कित्तामा करिब ११ लाखमा व्यवसायबाट आएको रकमबाट खरिद गरेको थापाले उल्लेख गरेका छन् ।

थापाले कास्कीमा ५० लाख र ६० लाख रुपैयाँमा २ कित्ता जग्गा खरिद गरेका छन् । थापासँग १७ तोला सुन, २ केजी चाँदी छ । २ लाख २५ हजार नगद मौज्दात देखाएका थापाले विभिन्न कम्पनीमा व्यापार नोकरीबाट १४ लाख ६६ हजार रुपैयाँ सेयर रहेको खुलाएका छन् । थापाले ३७ लाख रुपैयाँ ऋण लिएको देखाएका छन् ।

वनमन्त्री थापाले व्यापार व्यवसायबाट पिकअप गाडी ११ लाख ५० हजारर ४ लाख ५० हजार रुपैयाँमा रसियन बेलारुसी ट्याक्टर खरिद गरेको खुलाएका छन् । थापाले १ लाख ६० हजार रुपैयाँ बराबरको २ भैंसी रहेको बताएका छन् ।श्रोत: onlinekhabar

Previous Post

कविता – बाध्यता

Next Post

द्वारिकलाल चौधरी एमालेमै कमब्याक !

Next Post
द्वारिकलाल चौधरी एमालेमै कमब्याक !

द्वारिकलाल चौधरी एमालेमै कमब्याक !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2804 shares
    Share 1122 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2231 shares
    Share 892 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1530 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1386 shares
    Share 554 Tweet 347
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1372 shares
    Share 549 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist