ADVERTISEMENT
Wednesday, February 18, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

इटहरी उपमहानगरले गरेको करवृद्धिको विरोधमा २७ हजारको हस्ताक्षर

गणेश कुमार यादव by गणेश कुमार यादव
September 22, 2023
in मुख्य समाचार
0
इटहरी उपमहानगरले गरेको करवृद्धिको विरोधमा २७ हजारको हस्ताक्षर
56
SHARES
Share on FacebookShare on Twitter

इटहरी । इटहरी उपमहानगरपालिकाको कर वृद्धि गरेको विरुद्धमा आन्दोलन गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हस्ताक्षर सङ्कलन अभियान सुरु गरेको छ ।

आर्थिक ऐन २०८०/८१ मा उल्लेख भएका कर वृद्धिका प्रावधानविरुद्ध आन्दोलन गरिरहेको रास्वपाले सुरु गरेको हस्ताक्षर अभियानमा अहिलेसम्म २७ हजारले हस्ताक्षर गरेका छन् । नागरिकले गरेको हस्ताक्षर आइतबार रास्वपाले इटहरी उप महानगरलाई बुझाउने तयारी गरेको छ ।

साउन १७ गते मेयर हेमकर्ण पौडेललाई ज्ञापन पत्र बुझाएर रास्वपाले २३ गतेदेखि आन्दोलन सुरु गरेको हो । ज्ञापन पत्र बुझाउँदा इटहरीका मेयर पौडेलले आपसी सरसल्लाहमा कर समायोजन गर्ने बाचा दिए पनि त्यसको छलफल नगरेको रास्वपा कोशी प्रदेश प्रवक्ता कमल बाबु मैनालीले बताए ।

नगरपालिकाले अस्वभावीक रूपमा करको दर परिवर्तन गरेको बताउँदै यस विषयमा पटक पटक कुरा गर्दा पनि उप महानगरले समस्या समाधानमा ध्यान नदिएको मैनालीको आरोप छ ।

उनले भने,‘ कर वृद्धिको विरोधमा सेतो कपडामा हस्ताक्षर २७ हजारले हस्ताक्षर गरेका छन् । हस्ताक्षर गर्ने हरेक नागरिकको विवरण समेत सङ्कलन गरेका मेयरलाई बुझाउँछौं ।’

उपमहानगरपालिकाले गठन गरेको राजस्व समायोजन तथा पुनरावलोकन समितिले काम गर्न नसकेको भन्दै उनको भनाइ छ । निर्धारित समयमा काम गर्न नसक्नुको कारण जनतालाई भन्नुपर्ने धारणा राखे । नागरिकको आवाजलाई निस्तेज बनाउन खोजे त्यसको परिणाम राम्रो नहुने चेतावनी दिँदै उनले भने, ‘कर घटाउने प्रक्रिया अगाडी नबढे घरघरमा पुगेर हस्ताक्षर अभियान चलाउँछौँ । कर विरुद्ध अभियान निरन्तर अगाडी बढाउँछौँ ।’

उपमहानगरपालिकाले साउन २६ को कार्यपालिका बैठकबाट कर समायोजन तथा पुनरावलोकन समिति गठन गरेको थियो । राजस्व परामर्श समिति मार्फत भदौ मसान्त सम्म अध्ययन प्रतिवेदन बुझाउने गरी गठन भएको समितिले कुनै पनि काम गर्न सकेन ।

वडा नम्बर ३ का वडाध्यक्ष उमेश सुवेदीको संयोजकत्वमा गठित समितिले प्रतिवेदन बुझाउन नसकेको हो ।विज्ञ सम्मिलित समितिले समयमै प्रतिवेदन बुझाउन नसकेपछि पुनः म्याद थप्ने तयारी भइरहेको समितिका एक सदस्यले जनकारी दिएका छन् ।

संयोजक सुवेदीले ३१ गते बसेको समितिको बैठकले ७ दिनको म्याद थप गर्ने निर्णय गरेको बताए । सुवेदीले कार्यपालिका बैठक बस्न नसकेकाले आफूहरूले तयार पारेको प्रतिवेदन मेयरलाई बुझाउन नपाएको बताए ।

Previous Post

सर्लाहीमा चल्यो गोली

Next Post

नक्कली नोटसहित दुईजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक

Next Post
नक्कली नोटसहित दुईजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक

नक्कली नोटसहित दुईजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2802 shares
    Share 1121 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2231 shares
    Share 892 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1529 shares
    Share 612 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1386 shares
    Share 554 Tweet 347
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1371 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist