इनरुवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले सुनसरी मालपोत कार्यालयका दुई कर्मचारीलाई घुससहित रँगेहात पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ईटहरीबाट खटेको टोलीले सुनसरीस्थित भूमि सुधार तथा मालपोत कार्यालयका नायब सुब्बा र अन्य एक कर्मचारीलाई घुससहित रँगेहात पक्राउ गरेको हो ।शुक्रबार दिउँसो सेवाग्राहीसँग घुस मागेको सूचना तथा उजुरीको आधारमा टोलीले मालपोत कार्यालयका नासु सुदिप कटुवाल र रमेश अधिकारीलाई पक्राउ गरेको हो । मालपोत कार्यालयको रजिष्टरेश शाखा (ख) मा कार्यरत दुवै जनालाई एक होटेलबाट पक्राउ गरेको हो ।
दुवै जना के कति घुस लिएर पक्राउ गरेको बारे टोलीले खुलाउन मानेनन भने थप जानकारी अख्तियारको केन्द्रीय कार्यालयले केही बरेमा सार्वजनिक गर्ने बताईएको छ ।उता कर्मचारी पक्राउ परेपछि अहिले भुमि सुधार तथा मालपोत कार्यालयमा सेवाग्राहीहरूकाे कामकाज ठप्प परेको एक सेवाग्राही तजमुल अंसारीले बताए । उनले बताएअनुसार फाँटका कर्मचारीले आज काम हुदैन अख्तियार आएको छ तपाईं अब अर्को दिन सबेरै आउनु तपाईंको काम गर्दिन्छु भनेर घर फर्काएकाे बताए ।