गनेश कुमार यादव
इनरुवा । सुनसरीको इनरुवा नगरपालिका वडा नं– १ स्थित रहेको शिव मन्दिरमा बजरङ्ग दलका युवा तथा इनरुवाका जेष्ठनागरिकहरु मिली सामूहिक हनुमान चालिसा पाठ गरेका छन् ।
बजरङ्ग दल इनरुवा नगर कार्यसमितिको आयोजनामा मंगलबार शिव मंदिरमा युवा तथा जेष्ठनागरिकहरु मिली सनातन सामुहिक हनुमान चालिसा पाठ गरेका हुन् । नयाँ युवा पिढीहरु आफ्नो धर्म बिर्सिदै गएको युवाहरूलाई आफ्नो धर्म संस्कृतिबारेको जानकारी गराउने र कुलतमा फस्नबाट रोक्ने उद्देश्यले मंगलबार हनुमान चालिसा पाठको आयोजना गरेको बजरङ्ग दलका जिल्ला सहसचिव दिपेन्द्र साहले जानकारी दिए । इनरुवा–१ स्थित रहेको शिव मन्दिरमा हरेक मंगलबार उक्त पाठ गर्ने उनले जानकारी दिए उक्त पाठ गरि इनरुवाका युवाहरूले हनुमान चालिसा पाठ गरि इनरुवा आसपासका क्षेत्रमा सकारात्मक सन्देश दिन खोजेको र सम्पूर्ण नयाँ युवाहरूलाई सतमार्गमा लाग्न प्रेरणा प्रदान गरेको बजरङ्ग दलका जिल्ला सचिव शिव यादवले जानकारी दिए । उनका अनुसार बजरङ्ग दल इनरुवा नगर कार्य समितिले नयाँ युवा पिढीलाई समाज प्रति उत्तरदायी बन्न र सामाजिक तथा धार्मिक कार्यमा लगाउँदै आएको छ । अहिलेका युवाहरू क्लबमा साथिभाईसंग फिल्मी गीतमा रमाउने गरेका छन् तर बजरङ्ग दलले सबैलाई एकीकृत गरि आफ्नो धर्म संस्कृति तर्फ आकर्षित गरेकोमा जेष्ठनागरिकहरुले खुशी व्यक्त गरेका छन् । उक्त पाठमा आज दोस्रो मंगलबार पहिलो दिन भन्दा वढी युवा तथा जेष्ठनागरिकहरुको उपस्थिति रहेको थियो । र प्रत्येक मंगलबार इनरुवा–१ स्थित रहेको शिव मन्दिरमा साँझ ६ बजे सामूहिक हनुमान चालिसा पाठ हुने बजरङ्ग लद इनरुवा नगर कार्यसमितिका मन्त्री त्रिलोक गुप्ताले जानकारी दिए । उनले उक्त सामूहिक हनुमान चालिसा पाठमा सम्पूर्ण नगरवासीलाई उपस्थित भैदिन अनुरोध समेत गरेका छन् ।