ADVERTISEMENT
Monday, April 20, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

अधेरी खोलाको पुल अलपत्र

गणेश कुमार यादव by गणेश कुमार यादव
November 3, 2023
in मुख्य समाचार
0
अधेरी खोलाको पुल अलपत्र
43
SHARES
Share on FacebookShare on Twitter

धरान । धरान उपमहानगरपालिका वडा नं. ५ मा पर्ने अधेरी खोलाको निर्माणाधीन पुल निर्माण कार्य रोकिएर अलपत्र परेको छ ।

नजिकै रहेको सेउती खोलाको पुल निर्माण भएको ८ बर्ष वितिसक्दा पनि अधेरी खोलामा बन्दै गरेको पुल भने ठेकेदार कम्पनीले काम गर्दा गर्दै बीचैमा छोडिदिएका कारण सर्वसाधारणले सास्ती भोग्नु परेको छ ।

यो पुल निर्माण सम्पन्न गर्ने ठेक्का इनरुवाका हजमुल मियाँले जिम्मा लिएका थिए । ठेकेदार मियाँले निर्माण कार्य बीचैमा छोडेर भागेपछि अहिले पुलको काम नहुँदा  वडावासीहरुले सास्ती भोग्नु परेको वडाध्यक्ष मनप्रसाद लिम्बुले बताए ।

मुलुकमा गणतन्त्र आएपछि ०७४ सालमा भएको पहिलो स्थानीय निर्वाचनबाट निर्माण शुरु भएको पुल दोस्रो निर्वाचन सकिएर यतिका बर्ष वितिसक्दा पनि निर्माण हुन नसकेको वडाध्यक्ष लिम्बुले बताए । उनले पुल निर्माण सम्पन्न गर्नका लागि संंघीय सांसददेखि प्रदेश सांसदलाई समेत अनुगमन गराएको भएपनि अझै पुल निर्माण हुन नसकेको उनले बताए ।

पुल निर्माणका लागि सम्बन्धित निकायमा बारम्बार ताकेता गरेको उनको भनाई छ । ठेकेदार हजमुल मियाले इमान्दारिता नदेखाएकै कारण पुल समयमा निर्माण हुन नसकेको स्थानीयहरुले बताएका छन् । ठेकेदारले काम लगाउने तर काम गरेको ज्याला नदिने गरेको पाइएको स्थानीयहरुले बताएका छन् ।

यो पुल नबन्दा धरान स्कुल पढ्न आउने विद्यार्थी, सर्वसाधारण, विरामीहरुलाई घुमाउरो बाटोबाट आवतजावत गर्नुपर्ने बाध्यता रहेको छ । पुलबाट हिउँदमा सहज रुपमा आवातजावत गर्न सकिने भएपनि बर्षादको समयमा भने आउँजाउँमा समस्या भएको वडाध्यक्ष लिम्बुले बताए ।

संघीय सरकारको भौतिक योजना तथा निर्माण मन्त्रालयबाट बजेट विनियोजन भएर निर्माण शुरु भएको वडाध्यक्ष लिम्बुले बताए । अहिले यो पुलको काम ७० प्रतिभन्दा कम भएको वडाध्यक्ष लिम्बुको भनाई छ । करिब साढे ७ करोडको  लागतमा ठेकेदार मियाँले ठेक्का लिएका थिए ।

२०७४ सालबाट निर्माण शुरु भएको पुलको सम्पन्न गर्नुपर्ने म्याद २ वर्षको रहेको थियो ।

पटक पटक म्याद थप गरेपनि ठेकेदारको लापरबाहीका कारण पुल निर्माण हुन सकेको छैन ।

भर्खरै मात्र अधेरी खोलामै झोलुंगे पुल निर्माणको उद्घाटन गर्न आएका संघीय सरकारका शिक्षा तथा प्रविधि मन्त्री अशोक कुमार राईले निर्माणाधीन पुलको विषयमा बुझ्ने काम समेत गरेका थिए ।

पुल निर्माण नभएको विषयमा ५ नं. वडा समितिले मन्त्री राईलाई जानकारी समेत दिएको थियो तर पनि यस विषयमा संघीय सरकारले समेत चासो देखाएको छैन ।

पुल निर्माण सम्पन्न नभएकै कारण अहिले पनि धरान ५ का सर्वसाधारणको दिनचर्या नै कठिन रहेकोे छ ।

Previous Post

स्कारपियोमा ब्राउनसुगर लिएर आएका २ जना भारतीय पक्राउ

Next Post

नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छनोट

Next Post
नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छनोट

नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छनोट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1558 shares
    Share 623 Tweet 390
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1392 shares
    Share 557 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist