गनेश कुमार यादव
इनरुवा । सुनसरीको इनरुवा बजार क्षेत्रमा अन्य समुदायका बालबालिका तथा महिलाहरुकाे समुह छठ पर्वकाे लागि सहयोग संकलन गर्दै आफ्नो झाेला भर्दै हिंडिरहेका छन् ।
उनिहरुले हरेक घर,पसल र सडकमा हिडिरहेकाे मानिसहरुसंग छठ पर्वकाे लागि सहयाेग माग्दै आफ्नो झाेला भर्ने गरेका हुन् ।
यनिहरुलाई छठ पर्वकाे विषयमा प्रश्न गर्दा जवाफ दिन सक्दैनन् नत देवी देउताकाे बारेमा नै क्यै थाहा छ तर हिन्दु धर्मावलम्बीकाे भेषमा छठ पर्वकाे नाममा घर,बजार सडकमा आवतजावत गर्ने मानिसहरुसंग पैसा माग्दै हिड्ने गरेकाे अनिल स्वर्णकारले जानकारी दिए । उनले उनलाई “जय छठी मैयाँ” भन्न लगाउँदा दाेकानबाट पैसा नलिकन गए तर “जय छठी मैयाँ” भनेनन् ।
अग्रजहरुका अनुसार छठ पर्वमा कतिपय मानिसले भाकल गरेका छनन्,कि मागेर पैसा संकलन गरि पर्व नियमपूर्वक गर्ने गरेकाे छ भने कतिपयकाे आर्थिक अवस्था कम्जाेर भएकाे कारणले आर्थिक सहयाेग मागेर नियमपूर्वक छठ पूजा गर्ने गरेकाे चलन छ ।
तर अहिले इनरुवा नगर क्षेत्रमा अन्य समुदायका बालबालिका तथा महिलाहरुकाे समुहले सडमा हिंड्दै गरेकाे मानिस देखि पसलहरुमा गएर आर्थिक चङेरा,सुप,दाैरा लगायतका समाग्री लिएर पैसा उठाउँने गरेका छन् ।
उनिहरुकाे गतिविधिले गर्दा अन्य आर्थिक अवस्था कमणजाेर रहेका तथा भाकल गरेका मानिसहरुलाई सहयाेग जुटाउन कठिनाई समेत हुनेगरेकाे इनरुवा-२ का दिपेन्द्र साह बताउँछन् । वास्तविक आर्थिक अवस्था कम्जोर रहेकाे तथा भाकल गरेका व्यक्तिको पहिचान गरि सबैले सहयाेग गर्नुपर्नेमा उनले जाेड दिए ।