सुनसरी । नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्छ भन्दै , कोशी प्रदेशसभा सदस्य भीम पराजुली छठ पूजाको दण्ड प्रणाम यात्रा सुर गरेका छन् ।
बिराटनगर ३ मा रहेको उनको घर नजिकै रहेको मन्दिर देखि छठ घाटसम्म शरीरले नापेर यात्रा गर्नुलाई छठमा दण्डप्रणाम यात्रा भनिन्छ । प्रदेश सभा सदस्य पराजुलीले विराटनगरको कन्चनबारी स्थित घरबाट हिन्दू राष्ट्रका लागि सिंघिया घाटसम्म सडकमा घस्रेर यात्रा सुरु गरेका हुन ।
सो दण्ड प्रणाममा पत्रकार सोकुमार दास समेत एक्यवद्धता जनाएका छन् ।
विराटनगर महानगरपालिका–३ ठुलो मिल चोकमा रहेको शिव पाञ्चायन मन्दिरमा पूजा गर्दै सिंघिया खोलामा राखिएको पूजा स्थलसम्म झन्डै साढे ३ किलोमिटर दण्ड प्रणाम गर्दै यात्रा सुरु भएको छ ।
उनले यस अघि काङ्ग्रेस केन्द्रीय समितिको बैठकमा पनि हिन्दु राष्ट्र बनाउनु पर्ने बताएका थिए । उनले प्रणाम यात्राका साथ व्रत बस्न थालेको २९ वर्ष भएको छ । २०४८ सालदेखि छठी माताको उपासना गरे पनि बुवा र दुई दाजुको निधनका कारण तीन वर्ष रोकिएको उनले बताए ।