ADVERTISEMENT
Thursday, January 15, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

आगलागीमा घाइते भएकाहरुलाई उपचारका लागि काठमाडौं पठाइयाे

गणेश कुमार यादव by गणेश कुमार यादव
December 6, 2023
in मुख्य समाचार
0
आगलागीमा घाइते भएकाहरुलाई उपचारका लागि काठमाडौं पठाइयाे
48
SHARES
Share on FacebookShare on Twitter

मंसिर २० गते,विराटनगर । विराटनगरको सातघुम्तीस्थित कवाडी गोदाममा भएको आगलागीमा घाइते भएकाहरुलाई उपचारका लागि काठमाडौं पठाइएको छ ।

गोदाममा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको अस्पताललाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

घाइते ४ जनालाई उपचारका लागि काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए ।

घाइतेहरुलाई काठमाडौं लैजान जिल्ला सुरक्षा समितिको बैठकले हेलिकप्टर पठाउन गृह मन्त्रालयलाई अनुरोध गरेको थियो । गृहले नेपाली सेनाको नेपाली सेनाको स्काई ट्रक पठाएकोले उनीहरुलाई काठमाडौंको किर्तिपुरस्थित बर्न अस्पताल लगिएको हो ।

आगलागीमा परी विराटनगर–६ की ६० वर्षीया रीता सरदार, विराटनगर–६ कै ६५ वर्षीय सुशीला पासवान, मोरङको कटहरी गाउँपालिका–६ की ३० वर्षीया पिंकी कामत र विराटनगर–६ का ५८ वर्षीय किशोर कामत घाइते भएका छन् । प्रहरीका अनुसार रीता र सुशीलाको अवस्था गम्भीर छ ।

सातघुम्तीमा रहेको कवाडी गोदाममा दिउँसो २ः१५ बजेतिर एक्कासी आगलागी भएको थियो । गोदामभित्र काम गरिरहेको अवस्थामा बाहिर निस्कने गेटबाट आगो लागेका कारण कामदारहरु सहजै भाग्न नपाएको प्रहरीले जनाएको छ ।

आगलागी प्रहरी, बारुणयन्त्र र स्थानीयको सहयोगमा दुई घण्टापछि नियन्त्रणमा आएको थियो । आगलागीका कारण एवं क्षति विवरण थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।

विराटनगर–७ का दिपक मण्डल र अर्का एकजनाको मृत्यु भएपछि जलेका कारण पहिचान गर्न नसक्ने अवस्थामा शव फेला परेको थियो।

Previous Post

कवाडी गोदाममा आगलागीमा परी दुईजना मृत्यु

Next Post

बालिकालाई कुट्ने सहायक प्राचार्य पक्राउ

Next Post
बालिकालाई कुट्ने सहायक प्राचार्य पक्राउ

बालिकालाई कुट्ने सहायक प्राचार्य पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2801 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2229 shares
    Share 892 Tweet 557
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1528 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1385 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1371 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist