मंसिर २३ गते,रामधुनी : सुनसरीको रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष केशव गौतम एक महिलासँग होटलबाट रंगेहात पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय धरानले गौतमलाई महिलासँग होटलबाट रंगेहात पक्राउ परेका हुन् । धरानका डीएसपी नवराज मल्लले वडाध्यक्ष गौतम पक्राउ परेको पुष्टि गरे ।
‘उहाँहरू अहिले इलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा हुनुहुन्छ,’ डीएसपी मल्लले भने, ‘उजुर आएको अवस्थामा मुद्दा चलाउनेछौँ ।’
गौतमलाई शनिबार धरान १२ चतरालाइनस्थित शुभकामना होटल एण्ड लजबाट रंगेहात पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
रामधुनी ७ कै एक महिलासँग अर्धनग्न रूपमा रंगेहात भेटिएको बताइएको छ ।
नेकपा एमालेबाट दोस्रो कार्यकाल वडाध्यक्षमा निर्वाचित गौतमलाई छाड्न सभासद् देखि माथिल्लो तहले दबाब दिइरहेको स्रोतले बताएको छ ।