मंसिर २६ गते,विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई झापाको दमकमा पहिचानपक्षधरले कालो झण्डा देखाएको छ ।
आज झापाको दमकस्थित कस्मिक पार्टी प्यालेसमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा पहिचानपक्ष धरले कालो झण्डा देखाउदै नारावाजी समेत गरेका छन् ।
कोशी नाम खारेज गर , पहिचान विराधी होसियार भन्दै पहिचानपक्षधरले नारा समेत लगाएका थिए ।
फागुन १७ गते तत्कालिन प्रदेश १ ले कोशी नाम पाएसँगै यतिबेला पहिचानसहितको प्रदेशको नामाकरणको माग राख्दै पहिचानपक्षधर सडक आन्दोलनमा छन् ।