ADVERTISEMENT
Thursday, January 15, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

प्रादेशिक अस्पताल इनरुवामै राख्न प्रधानमन्त्रीको ध्यानाकर्षण

गणेश कुमार यादव by गणेश कुमार यादव
December 28, 2023
in मुख्य समाचार
0
प्रादेशिक अस्पताल इनरुवामै राख्न प्रधानमन्त्रीको ध्यानाकर्षण
57
SHARES
Share on FacebookShare on Twitter

पुस १२ गतेइनरुवा । सुनसरी सदरमुकाम इनरुवामा संचालन अवस्थामा रहेको कोशी प्रदेश प्रहरी अस्पताल यथावत राख्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।

उक्त अस्पताल इनरुवामै राख्न सुनसरीका क्रियाशील राजनीतिक दलहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको बिहीबार ध्यानाकर्षण गराएका छन् ।

सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित संघीय सांसद तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीको नेतृत्वमा प्रधानमन्त्री प्रचण्डलाई बुझाइएको ध्यानाकर्षण पत्रमा राजनीतिक पार्टीहरुको तर्फबाट नेपाली कांग्रेस सुनसरीका पूर्वसभापति तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य राजीव कोइराला, नेपाली कांग्रेसका केन्द्रिय सदस्य राजीव ढुंगाना,नेपाली कांग्रेसका नेता सिताराम मेहता, नेपाली कांग्रेस, सुनसरी सभापति/प्रमुख इनरुवा नगरपालिका केदार भण्डारी,नेकपा (एमाले) केन्द्रीय अनुशासन आयोग सदस्य पोष्ट कुमार नेपाल,नेकपा (माओवादी) सुनसरी जिल्ला अध्यक्ष योगेन्द्र प्रसाद मण्डल (पप्पु), जसपा नेपाल, सुनसरी अध्यक्ष भगिरथ खत्वे,नेकपा (एस) सुनसरी अध्यक्ष – गोविन्द निरौला,राप्रपा सुनसरी अध्यक्ष – दुगां वहादुर बस्नेत,रा.स्व.पा. इनरुवा सभापति छविरमण भट्टराई,लोसपा सुनसरी अध्यक्ष रामनारायण यादव,जिल्ला समन्वय समिति सुनसरी सभापति राजन मेहता – जनमत पार्टी सुनसरी अध्यक्ष रामचन्द्र मेहता,कोशी प्रदेशसभा सदस्य रामप्रसाद मेहता,इस्राइल मन्सुरी, सदानन्द मण्डल,नेपाली कांग्रेस सुनसरी नेता संजय प्रसाद श्रेष्ठ,नेकपा (एमाले) जिल्ला सचिव पर्शुराम यादवले समर्थन जनाएका छन् ।

प्रधानमन्त्री प्रचण्डलाई बुझाइएको ध्यानाकर्षण पत्रमा इनरुवा नगरपालिका सुनसरी जिल्लाको सदरमुकाम भएपनि आधारभूत विकासको सवालमा धेरै नै पछाडि रहेको, अझ स्वास्थ्यको क्षेत्रमा यो ठाउँ अत्यधिक पिछडिएको छ । नगरपालिकामा रहेको एकमात्र अस्पताल जिल्ला अस्पताल सुनसरी, इनरुवामा अत्यधिक चापका कारण बिरामीहरुले निकै नै सास्ती बेहोर्नुपरेको उल्लेख गर्दै भएको अस्पतालको अवस्था पनि दयनीय रहेको, सामान्य शल्यक्रियाका लागि पनि विरामीहरुलाई विराटनगर, धरान रेफर गर्नुपर्ने बाध्यता रहेको हुँदा आधारभूत जनस्वास्थ्य जस्तो अति संवदेनशील क्षेत्रको यस्तो दुर्दशाप्रति अति गम्भीर भई इनरुवा नगरपालिका वडा नं. २ जिल्ला समन्वय समिति, सुनसरीको परिसरमा संचालन भइरहेको प्रहरी प्रदेश अस्पताललाई उद्घाटन र संचालन गर्न विभिन्न खाले ढिलासुस्ती भइरहेको हुँदा उक्त अस्पताल इनरुवामा नै स्थापना तथा संचालन गर्नका लागि सुनसरी जिल्लामा रहेका सबै क्रियाशील राजनीतिक दल र जनप्रतिनिधि, नागरिक समाज, व्यापारी, व्यवसायी, बुद्धिजिवि, किसान, मजदूर एकजुट भएर र त्यसका लागि सबै तहका जनप्रतिनिधि समेतलाई सहभागी गराई प्रदेश प्रहरी अस्पताल इनरुवामा नै स्थापना र संचालन गर्न केही दिनदेखि विभिन्न छलफल र मिटिङ्गहरु बसी अस्पताल संचालनका लागि पूर्वाधारमा विभिन्न पालिकाहरुको आर्थिक सहयोगमा लाखौं रकम खर्च भइसकेको हुँदा अहिले फेरि उक्त प्रहरी अस्पताल यहाँवाट अन्यत्र सार्ने चर्चाले हामीलाई एकदमै चिन्तित बनाएको उल्लेख गरिएको छ ।

“जनस्वास्थ्य प्रत्येक नागरिकको सरोकार हो आधारभूत सेवासुविधा पाउनु हामी सबैको अधिकार हो” भन्दै सम्पूर्ण नगरबासी र सरोकारवालाहरुको लामो अथक प्रयासपछि सम्भव भएको कोशी प्रादेशिक प्रहरी अस्पताल जुनसुकै परिस्थितिमा इनरुवामै रहनुपर्छ भन्ने माग गर्दै प्रधानमन्त्री प्रचण्ड समक्ष ज्ञापनपत्र बुझाएको बताउदै सार्न खोजेको अवस्थामा आन्दोलन गर्न बाध्य हुने सचेत गराइएको छ ।

Previous Post

कुडुख.(उराँव) भाषा पढाई प्रवाहको लागि पाठ्यक्रम निर्माण सम्बान्धी तीन दिने कार्यशाला गोष्ठी सुरु

Next Post

कोशी प्रादेशिक प्रहरी अस्पताल संचालनको माग गर्दै गृहमन्त्री श्रेष्ठलाई ज्ञापनपत्र

Next Post
कोशी प्रादेशिक प्रहरी अस्पताल संचालनको माग गर्दै गृहमन्त्री श्रेष्ठलाई ज्ञापनपत्र

कोशी प्रादेशिक प्रहरी अस्पताल संचालनको माग गर्दै गृहमन्त्री श्रेष्ठलाई ज्ञापनपत्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2801 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2229 shares
    Share 892 Tweet 557
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1528 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1385 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1371 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist