ADVERTISEMENT
Tuesday, January 13, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

कोशी प्रादेशिक प्रहरी अस्पताल संचालनको माग गर्दै गृहमन्त्री श्रेष्ठलाई ज्ञापनपत्र

गणेश कुमार यादव by गणेश कुमार यादव
December 29, 2023
in मुख्य समाचार
0
कोशी प्रादेशिक प्रहरी अस्पताल संचालनको माग गर्दै गृहमन्त्री श्रेष्ठलाई ज्ञापनपत्र
50
SHARES
Share on FacebookShare on Twitter

पुस १३ गते,इनरुवा । कोशी प्रदेश प्रहरी अस्पताल सुनसरीलाई इनरुवामा नै संचालन गर्नुपर्ने माग राख्दै सुनसरीका क्रियाशिल राजनीतिक दलहरुको तर्फबाट नेपाली कांग्रेसका नेताहरुले शुक्रवार गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका छन् ।

सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर–२ स्थित जिल्ला समन्वय समिति सुनसरी इनरुवाको परिसरमा संचालन रहेको कोशी प्रदेश प्रहरी अस्पताल सुनसरीलाई उद्घाटन र संचालन गर्न ढिलासुस्ती भइरहेकोले इनरुवामै संचालन तथा उद्घाटन गर्नका लागि सुनसरीका राजनीतिक दलहरुको तर्फबाट नेपाली कांग्रेसका नेताहरुले गहृमन्त्री श्रेष्ठलाई भेटेर ज्ञापनपत्र बुझाएका हुन् ।

पूर्व सञ्चार तथा सूचना मन्त्री तथा सुनसरी क्षेत्र नम्बर–४ का प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रबहादुर कार्कीको नेतृत्वको टोलिले आज गृहमन्त्री श्रेष्ठलाई भेटेर ज्ञापनपत्र बुझाउँदै कोशी प्रादेशिक अस्पताल इनरुवामा नै संचालन हुनुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाइएको छ ।

कोशी प्रादेशिक प्रहरी अस्पताल इनरुवामा संचालनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको टोलीले जानकारी गराउँदै गृहमन्त्री श्रेष्ठलाई इनरुवामा नै कायम गरिदिन ज्ञापनपत्र मार्फत आग्रह गरिएको छ ।

कोशी प्रादेशिक प्रहरी अस्पताल केही वर्ष अघि इनरुवाको बसपार्कमा सुरु गर्ने तयारी गरिएको थियो । तर विवाद उत्पन्न भएका कारण प्रहरी अस्पताल मोरङको बेलबारीमा अस्थायी रुपमा तत्काल लगिएको थियो ।

अहिले जिल्ला समन्वय समिति सुनसरीको परिसरमा प्रहरी अस्पतालको सम्पूर्ण पूर्वाधारहरु अस्पताललार्ई दिएको हुदाँ त्यसको सम्पूर्ण तयारी पूरा भई उद्घाटन गर्न मात्र बाँकी रहेकाले संचालन र उद्घाटनका लागि पहल गरिदिन गृहमन्त्री श्रेष्ठ समक्ष ज्ञापनपत्र मार्फत जानकारी गराएको हो ।

कोशी प्रादेशिक प्रहरी अस्पताल इनरुवाबाट अन्यत्र नसार्न आग्रह गरिएको छ । अस्पताल अन्यत्र सरेमा सुनसरीबासी आन्दोलनमा उत्रने चेतावनी समेत दिइएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । गृहमन्त्री श्रेष्ठले इनरुवामै संचालन हुने प्रतिवद्धता व्यक्त गर्दै त्यसका लागि आफूले पहल र प्रयास गर्ने बताउनुभयो ।

सुनसरीका टोलिले नेपाली कांग्रेसका सभापति समेत रहेका पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतलाई समेत कोशी प्रदेश प्रहरी अस्पताल सुनसरीमा राख्नुपर्ने माग राख्दै बिहीवार (हिजो) ज्ञापनपत्र बुझाएका थिए।

सो टोलीमा सुनसरी क्षेत्र नम्बर–४ का प्रतिनिधिसभा ज्ञानेन्द्रबहादुर कार्की, नेपाली कांग्रेसका केन्द्रियद्धोय राजीव कोइराला र राजीव ढुंगाना, संविधानसभा सदस्य तथा पूर्व राज्यमन्त्री सीताराम मेहता, जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहता, नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारी, नेपाली कांग्रेसका युवा नेता अबुल हुसेन अन्सारीले संयुक्त रुपमा गृहमन्त्री श्रेष्ठलाई भेटेर ज्ञापन पत्र बुझाएका हुन् ।

Previous Post

प्रादेशिक अस्पताल इनरुवामै राख्न प्रधानमन्त्रीको ध्यानाकर्षण

Next Post

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी

Next Post
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2801 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2229 shares
    Share 892 Tweet 557
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1528 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1385 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1371 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist