ADVERTISEMENT
Friday, February 13, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

राष्ट्रव्यापी धर्मसभा हुने

गणेश कुमार यादव by गणेश कुमार यादव
December 29, 2023
in मुख्य समाचार
0
राष्ट्रव्यापी धर्मसभा हुने
47
SHARES
Share on FacebookShare on Twitter

पुस १३ गते,इनरुवा । नेपालका जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले पुस २१ गते शनिबार सुनसरीको इटहरीमा राष्ट्रव्यापी धर्मसभा आयोजना गरिने उदघोष गरेका छन् ।

‘धर्म–संस्कृति सन्देश’ इटहरीद्वारा राधाकृष्ण शिव मन्दिर परिसरमा आज आयोजित ऊँकार परिवारको भेलामा जगद्गुरु देवाचार्यले उक्त उदघोष गरेका हुन् ।

नेपालमा हिन्दु सनातन धर्मसहित ऊँकार परिवारप्रति चौतर्फी आक्रमण भइरहेकोले त्यसको सङ्गठित प्रतिकार गर्नुपर्ने भएको उल्लेख गर्दै जगद्गुरु देवाचार्यले भने, ‘देशको परिस्थिति विकराल बनेको छ । सनातनी नेपाली समाजलाई गाउँगाउँमा आतङ्क, अप्ठ्यारो, असजिलो महसुस भएको छ ।’

‘राज्य स्वयम् सनातन धर्मलाई निमिट्यान्न पार्न आक्रोशित रूपमा लागेको,’ टिप्पणी गर्दै जगद्गुरुले थपे, ‘क्षेत्री–बाहुनहरूसमेत पास्टर भएर गाउँ–गाउँबाट सनातन धर्म सिध्याउन लागेकाले वैदिक सनातन धर्म र नेपाली समाज दोहोरो चपेटामा परेका छन् ।’

तर सनातन धर्म रक्षाका निम्ति सनातनीहरूमा जागरणको कमी देखिएकोले आफूलाई राष्ट्रव्यापी धर्मसभा गरेर समाजमा जागरण छ फैलाउने इच्छा जागेको उल्लेख गर्दै जगद्गुरुले उदघोष गरे, ‘पुस २१ गते इटहरीमा विशाल धर्मसभा आयोजना गरिनेछ । त्यसका लागि आजैदेखि तयारी सुरु गर्नुहोला ।’

एकपटक आफू इटहरीबाट हिँडेर धरान जान खोज्दा सरकारले डराएर आफूलाई अवरोध सिर्जना गरेको प्रसङ्ग स्मरण गर्दै जगद्गुरुले धर्म रक्षाका कुरा गर्ने जोगीसँग नडराउन सरकारसँग आग्रह पनि गरे ।

जगद्गुरु देवाचार्यका अनुसार इटहरीमा हुने धर्मसभामा स्वर्गद््वारी, मुक्तिनाथ, देवघाट, जनकपुर, पशुपतिनाथलगायतका सन्त–महन्तलाई निमन्त्रणा गरिनेछ । सभामा ऊँकार परिवारअन्तर्गत पर्ने किरात र बौद्ध धर्मका गुरु एवम् अगुवाहरूलाई पनि सहभागिताका निम्ति निमन्त्रणा पठाइनेछ ।

विश्वप्रसाद रिजालको अध्यक्षता सम्पन्न ऊँकार परिवारको भेलामा विश्व हिन्दु परिषद् नेपालका अध्यक्ष देवराज अधिकारी, छठ पूजा सेवा समिति इटहरीका अध्यक्ष मनोज चौधरी, सत्सङ मन्दिर इटहरीकी अध्यक्ष अप्सरा भट्टराई, अग्रज पत्रकार कृष्णविनोद लम्साललगायतले इटहरीमा आयोजना हुन लागेको धर्मसभा सफल पार्न आफूहरू लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा नयाँ वृन्दावन गौशालाका संस्थापक दीनबन्धु शास्त्री, गौ–संरक्षण अभियानकर्र्मी नन्दकिशोर भारद्वाज, श्रीवैष्णव समूहका दाताराम स्वामी, विश्व कविर महासङ्घका महात्मा सत्यदेव, किरात इस्कोन इटहरीका ललितमाधव दासलगायत सन्तहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रम संयोजक तथा ‘धर्म–संस्कृति सन्देश’का सम्पादक कमल दाहालका अनुसार आज इटहरीमा भएको ऊँकार एकता भेला पूर्वाञ्चलमा पहिलो हो ।

 

Previous Post

सन्दीप लामिछाने बलात्कारको मुद्दामा दोषी ठहर

Next Post

ठुलो परिमाणमा मदिरा र मदिरा ओसार पसारमा प्रयोग हुने १७ थान मोटरसाईकल सहित ८ जना पक्राउ

Next Post
ठुलो परिमाणमा मदिरा र मदिरा ओसार पसारमा प्रयोग हुने १७ थान मोटरसाईकल सहित ८ जना पक्राउ

ठुलो परिमाणमा मदिरा र मदिरा ओसार पसारमा प्रयोग हुने १७ थान मोटरसाईकल सहित ८ जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2802 shares
    Share 1121 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2231 shares
    Share 892 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1529 shares
    Share 612 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1386 shares
    Share 554 Tweet 347
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1371 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist