पुस१४ गते,इनरुवा । सुनसरीको इनरसवा नगरपालिका वडा न२ स्थित नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठानमा उराँव लाेक साँस्कृतिक कार्यक्रम २०८० सम्पन्न भएकाे छ ।
शनिबार इनरुवा-२ स्थित नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठानमा प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा मातृभाषा विभागीय प्रमुख राजन मुकारुङ काे प्रमुख आतिथ्यता तथा नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठान इनरुवाका अध्यक्ष बेचन उराँवकाे अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्याक्रममा सुनसरी सहित विभिन्न जिल्ला साथै भारतका कलाकारहरुले उराँव समुदायकाे भेषभूषामा आफ्नो माैलिक कलाकारिता पस्केका थिए । उक्त कार्यक्रममा उराँव समुदयकाे परम्परागत पहिरन, लोपुन्मुख अवस्थामा रहेकाे कुराहरु प्रदर्शन गरिएकाे थियाे ।
नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठान काे आयाेजना तथा कुडुख संगीत समूह,इनरुवा सुनसरीकाे सहआयाेजनामा उक्त कार्यक्रम सम्पन्न भएकाे थियाे ।
कार्यक्रममा चलचित्र महासंघ काेशी प्रदेशका अध्यक्ष अरुण प्रधान,नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठान इनरुवाका काेषाध्यक्ष सम्पतलाल उराँव लगायतकाे आतिथ्यता रहेकाे थियाे भने उत्साहजनक मानिसहरूकाे उपस्थिति रहेकाे थियाे ।