पुस २९गते,इनरुवा । सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकार जयनारायण आचार्यलाई अति विपन्न वर्गका मानिसहरुलाई वितरण गर्नका लागि कम्बल हस्तान्तरण गरिएकाे छ ।
आइतबार जिल्ला प्रहरी कार्यालय सुनसरीमा उद्योग वाणिज्य संघ इनरुवा तथा नेपाल भारत मैत्री संघ जिल्ला कार्यासमिति सुनसरी शाखा,इनरुवा द्वारा प्रजिअ आचार्यलाई अति विपन्न वर्गका मानिसहरुलाई वितरण गर्नका लागि कम्बल हस्तान्तरण गरिएकाे हाे ।
केही दिन यता सुनसरी जिल्लामा अत्याधिक चिसाे बढिरहेकाे अवस्थामा सुनसरीका विभिन्न स्थानहरुमा अति विपन्न वर्गका मानिसहरुलाई जीवन यापनमा कठिनाई भैरहेकाे अवस्थालाई मध्यनजर गर्दै उद्योग वाणिज्य संघ इनरुवाले २१ थान र नेपाल भारत मैत्री संघ जिल्ला कार्यासमिति सुनसरी शाखा,इनरुवाले २० थान कम्बल प्रजिअ आचार्यलाई अति विपन्न वर्गका मानिसहरुलाई वितरण गर्नका लागि हस्तान्तरण गरेकाे उवासंघ इनरुवाका उपाध्यक्ष गिरिजा अटलले जानकारी दिए ।
आइतबार (आज ) काेशी गाउँपालिका वडा नं-७ मा रहेकाे मुसहर बस्तीमा १ सय थान कम्बल वितरण गरेकाे र अब इनरुवा नगरपालिकाकाे वडा नं-४,६ लगायतका वडालाई कम्बल जिम्मा लगाएर विपन्न वर्गका जेष्ठनागरिक,सुत्केरी महिला,बालबालिकालाई प्राथमिकतामा राखि वितरण गर्ने प्रजिअ आचार्यले जानकारी दिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मी,उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष बिरेन्द्र साह,काेषाध्यक्ष उमेश गुप्ता,सचिव मनाेज जैन,सदस्य प्रितम अटल, तथा नेपाल भारत मैत्री संघजिल्ला कार्यासमिति सुनसरी शाखा,इनरुवाका अध्यक्ष संताेष देव ,आजीवन सदस्य रामचन्द्र पाेदार,राधेश्याम अटल लगायतकाे उपस्थिति रहेकाे थियाे ।