राजबिराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ५ बर्साइनमा विभिन्न पार्टी परित्याग गरी सयौं कार्यकर्ता जनता समाजवादी पार्टी नेपाल प्रवेश गरेका छ्न।
नेपाली कांग्रेस,लोकतान्त्रिक समाजवादी पार्टी,जनमत पार्टी परित्याग गरी करिब सात सय कार्यकर्ता जसपा प्रवेश गरेको निरज मुक्तिले बताएका छ्न।
स्थानीय युवा पिन्टु सिंहको नेतृत्वमा उक्त पार्टीका कार्यकर्ताहरुले जसपा प्रवेश गरेका थिए ।उनीहरुलाई प्रमुख अतिथि मधेस सरकारको प्रवक्ता तथा अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह र पुर्व संविधानसभा सदस्य रन्जु ठाकुरले आबिर र माला लगाई पार्टी प्रवेश गराएका थिए ।
त्यसैगरी तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष पदका प्रत्याशी निरज मुक्ति,पुर्व गापा उपाध्यक्ष सुचिता यादव,वडा अध्यक्ष सत्य नारायण यादव,वडा अध्यक्ष रमेश कुमार मुखिया,दिनेश्वर मिश्र,पुर्व वडा अध्यक्ष गुडु सिंह जीवछ यादव लगायतको उपस्थिति रहेको थियो ।