Sunday, November 9, 2025
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

मुक्तिनाथ दर्शन साहित्य समाजद्वारा पुरस्कार प्रदान

गणेश कुमार यादव by गणेश कुमार यादव
February 11, 2024
in मुख्य समाचार
0
मुक्तिनाथ दर्शन साहित्य समाजद्वारा पुरस्कार प्रदान
40
SHARES
Share on FacebookShare on Twitter
ADVERTISEMENT
काठमाडौं । मुक्तिनाथ दर्शन साहित्य समाजद्वारा विभिन्न व्यक्तिलाई पुरस्कृत गरिएको छ ।
समाजको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ सभाकक्षमा आयोजित कार्यक्रमा शनिबार विभिन्न १७ जना व्यक्ति तथा एउटा संस्थालाई १५ हजार राशिसहित प्रमाणपत्रद्वारा सम्मान तथा पुरस्कृत गरिएको हो ।

साहित्यकार तथा मुक्तिनाथ दर्शन साहित्य समाजका अध्यक्ष कलानिधि दाहालको सभापतित्वमा आयोजित कार्यक्रमा प्रा.डा.घनश्याम न्यौपाने ‘परिश्रमी’, गान्धीराज काफ्ले, सुनील अधिकारी, तिलकप्रसाद लुइँटेल, राजन सिलवाल, अम्बिकादेवी भण्डारी, गिरिराज डल्लाकोटी, देवीप्रसाद शर्मा पन्थी, चन्द्रप्रसाद न्यौपाने, विनोद दाहाल ‘वत्स’, बाजुराम पौडेल, दुर्गा अधिकारी भमरकोटे, देवराज उपाध्याय, ममता मृदुल, मदनप्रसाद नेपाल तथा बाल प्रतिभा चक्षु भट्टराईका साथ नेपाल वेद विद्याश्रम मावि गौशालालाई पुरस्कृत गरिएको थियो ।

साहित्यकार तथा पूर्वप्रशासक गोपीनाथ मैनालीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम उहाँद्वारा पानसमा दीप प्रज्ज्वलन गरी तथा बटुकहरूबाट स्वस्ति वाचन गरेर सुरु गरिएको थियो । प्रा.डा.अर्जुनदेव भट्टद्वारा स्वागत मन्तव्य व्यक्त गरिएको कार्यक्रमको सञ्चालन साहित्यकार भैरवी भूगोलले गर्नुभएको थियो । पुरस्कृत व्यक्तित्वहरूबारे साहित्यकार तथा मुक्तिनाथ दर्शन साहित्य समाज नेपालका संस्थापक अध्यक्ष हरिभक्त सिग्देल ‘महेश’ले प्रकाश पार्नुभएको थियो । यसैगरी प्रा.डा.घनश्याम न्यौपाने, गान्धीराज काफ्ले, नवराज घिमिरे, दुर्गा अधिकारी भमरकोटे, देवेन्द्र अधिकारी, सन्यर्शिका अधिकारी, चक्षु भट्टराई, युवराज मैनाली, सुशीला शर्मा धमला, बाजुराम पौडेल, विजयध्वज थापा, निर्मलरमण पराजुली लगायतका व्यक्तिहरूले शुभकामना मन्तव्य दिनुका साथै आ–आफ्ना रचनाहरू वाचन गर्नुभएको थियो ।

कार्यक्रममा सुसेली विधाका प्रवर्तक दुर्गा अधिकारी भमरकोटेले सुसेलीको प्रवर्तनका लागि समाजलाई ५० हजारको चेक हस्तान्तरण गर्नुभएको थियो । उक्त कार्यक्रममा आजीवन सदस्य रत्नराज्य भण्डारी, ज्ञानु पण्डित र भैरवी भूगोल, साधारण सदस्य महेशप्रसाद रिजाल, शशिभक्त सिग्देल र सुशीला शर्मा भण्डारी तथा पुरस्कारको थप संस्थापकहरू ज्ञानु पण्डित, योगेश्वरलाल श्रेष्ठ तथा मनोरञ्जनरमण शर्मालाई प्रमाणपत्र दिइएको थियो । प्रमुख अतिथि मैनालीले मानवले सिर्जना गरेका आविष्कारले मानिसलाई विस्थापित गर्ला कि भन्ने भय भइरहेको वर्तमान समयमा साहित्य पनि यसरी नै भयग्रस्त अवस्थामा छ भन्नुभयो ।

उहाँले साहित्यका सबै विधाले भावाभिव्यक्ति गर्छन् भन्नुहुँदै मुक्तिनाथ दर्शन साहित्य समाजले सबै विधालाई समेटेर यसरी विभिन्न व्यक्तिहरूलाई पुरस्कृत गरेकोमा समाजको प्रशंसा गर्नुभएको थियो । वरिष्ठ पत्रकार तथा साहित्यकार प्रा.पुरुषोत्तम दाहाल, साहित्यकार प्रयागराज वाशिष्ठलगायत साहित्यकारहरूको ठूलो उपस्थिति रहेको उक्त कार्यक्रममा साहित्यकार विष्णुप्रसाद पन्तले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको अन्त्यमा सभापति कलानिधि दाहालले सभापतिको मन्तव्य राख्नुभएको थियो ।

Previous Post

सरस्वति पूजाको दिन भ्यालेन्टाइन डे मनाए सार्वजनिक धुलाई हुन्छः बजरँग दल

Next Post

नेपाल यादव सेवा समितिको अध्यक्षमा देवकृष्ण

Next Post
नेपाल यादव सेवा समितिको अध्यक्षमा देवकृष्ण

नेपाल यादव सेवा समितिको अध्यक्षमा देवकृष्ण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2799 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2221 shares
    Share 888 Tweet 555
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1527 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1384 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1369 shares
    Share 548 Tweet 342

 

 

सम्पर्क

9ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist