माघ २८ गते,इनरुवा । सुनसरीको विभिन्न क्षेत्रमा रहेर पत्रकारिता गर्दै आउनुभएका यादव समुदायका ११ जना पत्रकारहरुलाई नेपाल यादव सेवा समिति सुनसरीको प्रथम जिल्ला सम्मेलनको अवसरमा सम्मान गरेको छ । शनिबार इनरुवा नगरपालिका वडा नं-४ स्थित रहेकाे रामजानकी मन्दिरमा नेपाल यादव सेवा समिति सुनसरीले आफ्नो प्रथम जिल्ला सम्मेलनको अवसर पारेर यादव समुदायका ११ पत्रकारहरुलाई एउटै मञ्चमा सम्मान गरेको हो ।
सम्मानित हुनुहुने जिल्लामा पत्रकारहरुमा दुई दशक बढी समयदेखी कार्यरक्त रहनुभएका धरानका पत्रकार राजेश विद्रोही यादव, नेपाल टेलीभिजन इटहरीका पत्रकार सन्तोश यादव, रेडियो नेपाल दुहवीका पत्रकार आषिश कुमार यादव, इनरुवाका नवप्रवेशी सत्यसंसार साप्ताहिका पत्रकार तथा प्रकाशक ममताकुमारी यादव, आवरसुनसरीका सञ्चालक गनेशकुमार यादव, पत्रकार पारश यादव, सत्यसंसारका सम्पादक तथा भोक्राहा नरसिंह ३ निवासी विनायक प्रसाद यादव, प्रदेश पोईन्टका पत्रकार दिपेन्द्र यादव, बर्णमाला दैनिकका पप्पु यादव र नेपाल टाईमलाईनका पत्रकार रविन्द्र यादव, कोशीका पत्रकार देवराज यादवलाई सम्मान गरेको जिल्ला सचिब जयकृष्ण यादवले जनाकारी दिनुभयो ।
सम्मानितहरुलाई प्रमुख अथिति नेपाल यादव सेवा समितिका केन्द्रिय अध्यक्ष भुवनेश्वर यादव, कोशी प्रदेश सभा सदस्य रामदेव यादवले सम्मान पत्र र खादा ओडाएर सम्मान गर्नुभएको थियो ।
त्यसैगरी समितिको सुनसरीको प्रथम जिल्ला सम्मेलनमा कोशी प्रदेश सभा सदस्य रामदेव यादव, देवानगञ्ज गाउँपालिका उपाध्यक्ष कुमारी विभा यादवलाई सम्मान गरेको तयारी समितिका संयोजक तथा नवनिर्वाचित अध्यक्ष देवकृष्ण यादवले जानकारी दिनुभयो ।