ADVERTISEMENT
Friday, February 13, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

जब मनोजले आमाकै अघि आमा बनेर दर्शक रुवाए

गणेश कुमार यादव by गणेश कुमार यादव
August 29, 2022
in कला, मुख्य समाचार
0
जब मनोजले आमाकै अघि आमा बनेर दर्शक रुवाए
49
SHARES
Share on FacebookShare on Twitter

भदाै १३ गते, काठमाडौं । हास्य कलाकार मनोज गजुरेल जब स्टेजमा उक्लन्छन्, दर्शकहरू पेट मिचीमिची हाँस्छन् । बलियो सामाजिक र राजनीतिक चेतसहितको मनोजको हास्यव्यंग्यले हासोसँगै प्रभावकारी सन्देश पनि छाडिरहेको हुन्छ ।

तर, सधैँझैँ मनोज स्टेजमा उक्लँदा हाँस्ने दर्शकहरू यसपालि हाँस्न सकेनन् । बरु कोही रुमालले आँसु पुछ्दै थिए त कसैको पत्तै नपाई आँखा भिजिरहेको थियो ।

आइतबार प्रज्ञा–प्रतिष्ठानको हलमा राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकी जीवनसंगिनी राधिका शाक्यलगायत थुप्रै राजनीतिक नेता, कलाकार तथा उद्यमीहरूको बाक्लो उपस्थिति थियो । सिस्नुुपानी नेपालले आयोजना गरेको तीज विशेष कार्यक्रममा मनोज गजुरेल अहिलेसम्मकै भिन्न ‘गेटअप’मा देखिए । सुरुमा विरहलाग्दो पार्श्व संगीतसँग एउटी वृद्धाको भाका मिसियो-

धानै र कुट्नु ज्यान ढुकुढुकु रामकाली रुदुवा
बालखैकालमा बे गरी दिए बैँसैमा विधुवा…।

स्टेजमा ८० वर्षकी वृद्धा देखा परिन् । जसको कपाल सेताम्य थियो, अनुहार बुढ्यौलीले मुजा परेका थिए । ‘नमस्कार छ, धन्यवाद छ सबै जनालाई । मेरो नाम इन्द्रमाया । तर मेरो नाम र जिन्दगीको बीचमा गहिरो खाडल छ नानी !,’ वृद्धा मलिन आवाजमा आफ्नो परिचय दिन्छिन् ।

मनोज स्टेजमा आफ्नै ८० वर्षीया आमाको क्यारिकेचर गर्दै थिए । आमाकै कपडामा, आमाकै हाउभाउमा, आमाकै लवजमा उनले आमाले भोगेका सङ्घर्षहरू सुनाइरहेका थिए । अरु बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, पूूर्वअमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्प, डब्लूएचओ प्रमुुख डा. टेड्रोस एडहानोम गेहब्रेयस, या त अन्य चर्चित पात्रहरूको क्यारिकेचर गरेर माहौल तताउँथे । यसपालि उनले आफ्नै आमाको चरित्र स्टेजमा देखाउने प्रयत्न गरे ।

आमा इन्द्रमायाका सात सन्तान, जसले २९ वर्षकै उमेरमा श्रीमान् गुमाइन् । त्यतिबेलाको समाजमा एकल महिला भएर सन्तान हुुर्काउनु कति कष्टदायी हुुन्छ ? भावुक मुद्रामा प्रस्तुति हेरिरहेकी राष्ट्रपतिलाई सम्झँदै मनोजको आमावाणी सुनिन्छ, ‘राष्ट्रपति र मेरो कथा उस्तैउस्तै छ नानी । उहाँ पनि एकल । म पनि एकल ।  तर, हाम्रो एउटाचाहिँ भिन्नता छ है नानी । सातवटा टुहुरा बच्चा एक्लै गरिब भएर हुर्काउनुु भनेको सविंधान बनाउनु जत्तिकै ठूलो लडाइँ हो नानी ।’

तत्कालीन समाजमा छोरी भएर, बुहारी भएर वा ‘विधवा’ भएर बाँच्न कति कठिन थियो ? उनको प्रस्तुति हेरिरहँदा छर्लङ्ग हुन्थ्यो, ‘बा सेतो साडी नलगाउन मिल्दैन ?’ तर बाले भने, ‘यो त तेरो सुरक्षाका लागि हो नानी ।’ आमाको कहानी सुन्ने र सुनाउनेबीचको समानता बगिरहेको आँसुमा भेट्न सकिन्थ्यो ।

करिब १८ मिनेटको ‘छोरी’ शीर्षकको प्रस्तुतिमा अन्तिममा मनोजकी आफ्नै आमा स्टेजमा आउँछिन् । उनले श्लोक गाउँछिन् । त्यो दृश्य झन् कारुणिक र हृदयस्पर्शी लाग्छ ।

आमाकै कथा आमालाई सुनाउँदा

सिस्नुपानी नेपालले सधैँझैँ यसपालि पनि फरक कार्यक्रम गर्दै थियो । मनोजलाई तीज विशेष कार्यक्रममा छोरीहरूको कथा भन्नुु थियो । ‘तल्लो तहदेखि राष्ट्रपतिसम्म भएका छोरीहरूको सङ्घर्षको कथा भन्नुु थियो । जसले एउटा बहस सिर्जना गरोस् । हृदयको केन्द्रसम्म पनि पुगोस्,’ मनोजले सोचे ।

सानैदेखि आमाको कथा सुन्दै आएका । आमाका जस्तै कथा हजारौँ आमाहरूको पनि देखिरहेका । मनोजले आमाको कथा भन्न १५ दिन आमासँग नजिकबाट बिताए । ‘८ दिनमा त दिनको १० घण्टा आमासँग बिताएँ, आमाको कथा सुनेँ,’ मनोजले भने ।

जब उनले आमाको कथामा शिल्प भरेर आमालाई नै सुनाए, इन्द्रमाया भक्कानिइन् । ‘यस्ता दु:ख त अझै धेरै छन्,’ आमाले रुँदै थप सुनाइन् ।

यसपटक आमाकै गेटअपमा देखिन मनोजले धेरै मिहिनेत गर्नुपर्‍यो । ‘म आमाजस्तै देखिन्छु । गेटअपमा त्यति समस्या भएन । आमाजस्तै गरी आमाको कुरा भन्नु थियो । यो चुुनौतीपूर्ण थियो,’ मनोजले भने, ‘त्यसमाथि पहिलोपटक महिलाको गेटअपमा गरेको हुनाले एक्साइटमेन्ट र कन्फ्युजन दुवै थियो । कस्तो अर्थ लाग्ला भन्ने डर पनि थियो ।’

आमाले लगाइरहेको कपडा र केहीचाहिँ उस्तै डुप्लिकेट खरिद गरेका थिए मनोजले ।

उनको अहिलेसम्मकै बेग्लै प्रस्तुतिको तारिफ सामाजिक सञ्जालमा भइरहेको छ । प्रस्तुतिका क्रममा कतैकतै मनोज नै हाबी भएका पनि छन् । त्यसमा भने मनोजको स्वीकारोक्ति छ, ‘समय पनि पुगेन । केही कमजोरीहरू महसुस गरेको छु ।’

श्राेत : शिलापत्र डट कम

Tags: आमा बनेर दर्शक रुवाएमनोजले आमाकै अघिहास्य कलाकार
Previous Post

नेपालमा टिकटक माथि प्रतिबन्ध लगाउन युवाहरुको माग

Next Post

आज हरितालिका तीज व्रत

Next Post
आज हरितालिका तीज व्रत

आज हरितालिका तीज व्रत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2802 shares
    Share 1121 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2231 shares
    Share 892 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1529 shares
    Share 612 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1386 shares
    Share 554 Tweet 347
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1371 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist