ADVERTISEMENT
Thursday, January 15, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

सुनसरीको दशगजा क्षेत्र मिचेर भारतीयको खेती, एसएसबीको पोष्ट

गणेश कुमार यादव by गणेश कुमार यादव
February 27, 2024
in मुख्य समाचार, स्थानीय समाचार
0
सुनसरीको दशगजा क्षेत्र मिचेर भारतीयको खेती, एसएसबीको पोष्ट
65
SHARES
Share on FacebookShare on Twitter

फागुन १५ गते,इनरुवा । भारतसँग सीमा जोडिएको सुनसरी जिल्लामा पर्ने दशगजा क्षेत्रमा भारतीय नागरिक र सीमा सुरक्षामा खटिएको अर्धसैनिक बल एसएसबी स्वयमले अतिक्रमण गरेको पाइएको छ ।

प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको नेतृत्वमा सुनसरीको जिल्ला सुरक्षा समितिले थालेको दशगजा पैदल यात्राको क्रममा धेरै ठाँउमा भारतीय नागरिकहरुले दजगजा क्षेत्र अतिक्रमण गरेर खेति गरिरहेको, गाइगोठ बनाएको र स्वयम सीमा सुरक्षामा तैनाथ भारतीय अर्धसैनिक बल एसएसबीले अस्थायी सुरक्षा पोष्टहरु खडा गरेको पाइएको हो ।

हरिनगर गाउँपालिकादेखि कोशी गाउँपालिकाको लौकहीसम्मको सीमा अनुगमनको क्रममा धेरै ठाँउमा भारतीय नागरिकहरुले दशगजा अतिक्रमण गरेर मकै, तोरी र गहुँ खेती गरेको, गाईबस्तु बाँध्ने गोठ बनाएको पाइएको थियो । त्यस्तै सो क्षेत्रमा एसएसबीले दशगजा क्षेत्रभित्रै अस्थायी पोष्टहरु निर्माण गरेको भेटिएको थियो ।

एसएसबीले आफ्नो मुल पोष्टभन्दा बाहिर दशगजा र आसपासका क्षेत्रमा प्रत्येक एक किलोमिटरमा अस्थायी टहर बनाएर सुरक्षामा तैनाथी हुने गरेका छन । ति अस्थायी पोष्टहरु भने दशगजा क्षेत्रमै हुने गरेका छन ।

त्यस्तै दशगजासँगै जोडेर भारत पक्षले बाढीको पानी जमेर नेपाली भूमी डुबान हुने गरी घुरना क्षेत्रमा पक्की सडक नै निर्माण गरेको पाइएको थियो । अन्तर्राष्ट्रिय सीमाको मान्यता अनुसार त्यसको निश्चित क्षेत्रभित्र कुनै त्यस्तो संरचना निर्माण गर्न पाइदैन । सो क्षेत्रमा बनाइएको सडकले नेपालतर्फबाट जाने वर्षाको पानीलाई रोकेर डुबान गराउने गरेको स्थानीयहरुले जनाएका छन ।

दशगजा क्षेत्रमा रहेका नेपाली नागरिकहरुले दशगजा छाडेर खेती र गोठ निर्माण गरेको भएपनि भारतीय पक्षले भने धेरथोर अधिकांश ठाँउमा अतिक्रमण गरेको देखिएको थियो । त्यसैगरी दशजगा क्षेत्रलाई गाईबस्तु चराउने, अन्नबाली सुकाउने, निर्माण सामग्रीहरु राखेर निर्माण गर्ने प्रचलन पनि देखिएको थियो । कतिपय स्थानमा त दशगजा पारी भारततर्फ घर भएकाहरुले दशगजालाई आफ्नै जग्गा भन्दै अरु गाइबस्तु चराउन आउनेलाई गाली गलौच गर्दै खेदाउने गरेको समेत पाइएको थियो ।

सीमाको पैदल अवलोकनको क्रममा घुस्कीमा अन्र्तक्रियामा प्रमुख जिल्ला अधिकारी आचार्यले अनुगमनको क्रममा केही ठाँउमा दशगजामा ब्यक्तिहरुले घर बनाएको र अतिक्रमण गरेको देखिएकोले त्यसलाई खाली गराउने प्रक्रिया सुरु गरेको जानकारी दिएका थिए ।

सोही टोलीमा सहभागि सुनसरीका प्रहरी प्रमुख बिपिन रेग्मीले स्थलगत अवलोकनको क्रममा स्थानीय भारतीयहरुले केही ठाँउमा दशगजा अतिक्रमण गरेर बालिनाली लगाएको गोठ र टहरा बनाएको पाइएको बताए ।

सुनसरी जिल्लाको भारतसँग जोडिएको ६१ दशमलब ९ किलोमिटर सीमा रहेको छ । जसमा २ सय ९० सीमा स्तम्भहरु पर्दछन । यहाँको २५ वटा स्तम्भ गायब रहेको बताइएको छ । सुनसरी जिल्ला भारतको अररिया र सूपौल जिल्लासँग जोडिएको छ ।

स्राेत : वर्णमाला दैनिक

Tags: एसएसबीको पोष्टसुनसरीको दशगजा क्षेत्रसुनसरीको दशगजा क्षेत्र मिचेर भारतीयको खेती
Previous Post

नाला निर्माण र सडकको मर्मत सम्भार भएपछि स्थानीयवासीलाई सहज

Next Post

विमानस्थल नबन्ने भएपछि हर्क साम्पाङ आक्रोशित, मन्त्री किराँतीविरुद्ध खनिए

Next Post
विमानस्थल नबन्ने भएपछि हर्क साम्पाङ आक्रोशित, मन्त्री किराँतीविरुद्ध खनिए

विमानस्थल नबन्ने भएपछि हर्क साम्पाङ आक्रोशित, मन्त्री किराँतीविरुद्ध खनिए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2801 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2229 shares
    Share 892 Tweet 557
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1528 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1385 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1371 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist