सुरेन्द्र मेहता
चैत ८ गते,गढी ।आशा लघुवित वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय गाढी ( सतेरझोरा) को वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न भएको छ । गाढि गाउँपालिका ६ स्थितको सभा हलमा सम्पन्न भएको हो।
आशा लघु वितिय संस्थामा पाँच जना सदस्य रहेका छन् । संस्थामा ३ करोड १४ लाख ३१ हजार ५ सय २४ रुपियाँ ऋण रहेको जनाएको छ । संस्थाले ३९ लाख ६५ हजार ५ सय ४ रुपैया बचत रहको छ । संस्थाले दिएको जानकारी अनुसार गढी , इनरुवा , दुहबी बर्जु र देवानगञ्जमा सेवा तथा कार्यक्रम संचालन गरेको गढी गाउँपालिका तथा सतेर्झोरा शाखा प्रमुख जहन किस्कु जनाएको छ ।
गोष्ठिका मुख्य प्रशिक्षकको रूपमा आशा लघुवित संस्था लिमिटेड केन्द्रिय कार्यालय बाट संचालन तथा समान्य विभाग प्रमुख काभ्रे पालाङ्ग चोक साङा सुरेश बोहराले प्रशिक्षण दिनु भएको थियो । बोहराले सहभागीहरुलाई वित्तीय साक्षरता तथा केन्द्रको आवश्यकताको बारेमा प्रशिक्षण दिनुभएको थियो ।
बोहराले ऋण, बचत सेवा सुबिधा बैंक तथा वितय संस्थाको नियम, ऐन, एकीकृत निर्देशीका र परिपत्रहरु बैंक तथा वितीय संस्थाका प्रकारहरु बारेमा प्रशिक्षण दिनुभएको थियो ।
गोष्ठी कार्यक्रम गाढि गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष योग नारायण चोधरीको प्रमुख अथित्यतामा सम्पन्न भएको थियो । वडा सचिव शिव दयाल साह , ईलाका प्रहरी छिटाहा इन्चार्ज भक्त बाहदुर थापा सहित वित्तय संस्थाका ३ जान कर्मचारीहरुको लगायत सेवाग्राहिहरुको उपस्थितिमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम सञ्चालन रोहित कुमार यादवले गर्नुभएको थियो ।