ADVERTISEMENT
Wednesday, February 18, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

इनरुवामा साइवर सुरक्षा सचेतना कार्यक्रम सम्पन्न

गणेश कुमार यादव by गणेश कुमार यादव
March 22, 2024
in मुख्य समाचार, स्थानीय समाचार
0
इनरुवामा साइवर सुरक्षा सचेतना कार्यक्रम सम्पन्न
55
SHARES
Share on FacebookShare on Twitter

चैत ९ गते,इनरुवा । सुनसरीको इनरुवामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत एक दिने साईवर सुरक्षा सचेतना कार्यक्रम आज सम्पन्न भएको छ ।इनरुवा जेसीजको आयोजना तथा जिल्ला प्रहरी कार्यालय सुनसरीको सहयोगमा एक दिने साईवर सुरक्षा सचेतना कार्यक्रम सम्पन्न भएको हो ।

इनरुवा नगरापालिका वडा नं–३ स्थित रहेकाे स्मल हेभेन एकेडेमीका विधार्थीहरुलाई वर्तमान अवस्थामा बढ्दै गएको साईवर अपराध सम्वन्धी जानकारी गराइएको थियो । सामाजिक सञ्चाल मार्फत दिनप्रतिदिन बढ्दै गएको साइवर अपराधलाई न्युनीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको इनरुवा जेसीले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि सुनसरी प्रहरीका प्रमुख प्रहरी उपरीक्षक बिपिन रेग्मीले समुदाय प्रहरी साभेदारी कार्यक्रम अन्र्तगत विधालयमा अध्ययनरत विधार्थीहरुलाई सचेतना जगाउने उद्देश्यले प्रहरीले कार्यक्रम गर्दै आएको बताउनुभयो ।

समाजमा बढ्दै गइरहेको साइवर अपराधको चंगुलमा नफस्न विधार्थीहरुलाई उहाँले आग्रह गर्नुभएको छ । साइवर अपराधका घटनाहरुको बारेमा प्रहरीलाई निर्धक्क भएर खबर गर्न पनि विधार्थीहरुलाई उहाँले अनुरोध गर्नुभएको छ ।

साईवर अपराधबाट सुरक्षाका चुनौतीहरु थपिदै गएको हुदाँ सजग र सचेत रहनुपर्ने प्रहरी उपरीक्षक रेग्मीको भनाई छ । उधोग वाणिज्य संघ इनरुवाका अध्यक्ष बीरेन्द्र शाहले साइवर अपराधले आत्महत्याको संख्या बढ्दै गएको हुदाँ यस्ता गतिविधिमा नलाग्न पनि विधार्थीहरुलाई आग्रह गर्नुभयो ।

विधार्थीहरु मुलुकको मेरुदण्ड भएकाले साइवर अपराधमा नलाग्न र गोप्यनियता राख्नुपर्नेमा जोड दिनुभयो । मुलुकमा साइवर अपराधका घटनाहरु बढ्दै गएको हुदाँ इनरुवा जेसीजले सचेतना जगाउनका लागि विधालय स्तरमा कार्यक्रमको आयोजना गरिएको इनरुवा जेसीज वर्ष २०२४ का अध्यक्ष बिकेश मेहताले बताउनुभयो ।

कार्यक्रमको अध्यक्षता समेत गर्नुभएका अध्यक्ष मेहताले इनरुवा जेसीजले बिभिन्न सामाजिक क्रियाकलाप गर्दै आएको र युवाहरुको नेतृत्व क्षमता विकाससँगै सचेतना जगाउने अभियानलाई निरन्तरता दिँदै आएको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक वविन राईले सहजीकरण गर्नुभएको थियो । इनरुवा जेसीजका महासचिव सत्य नारायण यादवले सञ्चालन गर्नुभएको कार्यक्रममा ५० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।

Tags: इनरुवामा साइवर सुरक्षा सचेतना कार्यक्रम सम्पन्नसाइवर सुरक्षा सचेतना कार्यक्रम
Previous Post

इनरुवाको सरकारी विद्यालयमा अन्तिम परिक्षा चलिरहँदा प्रश्नपत्र बोकेर शिक्षक कार्यालयमा

Next Post

छिमेकीको गोली हानी हत्या गर्ने पक्राउ

Next Post

छिमेकीको गोली हानी हत्या गर्ने पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2802 shares
    Share 1121 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2231 shares
    Share 892 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1529 shares
    Share 612 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1386 shares
    Share 554 Tweet 347
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1371 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist