Thursday, November 13, 2025
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

सुनसरीमा पाँच बुँदे सहमति, कर्फ्यू क्रमशः खुकुलो पार्दै लगिने

गणेश कुमार यादव by गणेश कुमार यादव
April 6, 2024
in मुख्य समाचार
0
सुनसरीमा पाँच बुँदे सहमति, कर्फ्यू क्रमशः खुकुलो पार्दै लगिने

फाइल फाेटाे

105
SHARES
Share on FacebookShare on Twitter
ADVERTISEMENT

चैत २४ गते,इनरुवा । सुनसरीको तनाव समाधानका लागि बसेको सर्वपक्षीय बैठकमा पाँच बुँदे सहमति भएको छ।

शुक्रबार हरिनगर गाउँपालिकाकाे रामनगर  भुटाहामा भएको दुई समूहबीचको झडपले उग्र रुप लिँदा हरिनगरसहित जिल्लाका पाँच स्थानीय तहमा त्यसको असर देखिएको थियो। जिल्ला प्रशासन कार्यालयले पाँच स्थानीय तहमा कर्फ्यू आदेश जारी गरेको थियो।

केहीबेर अघि जिल्ला प्रशासन कार्यालय इनरुवामा सम्पन्न सर्वपक्षीय बैठकले घटनाको निन्दा गर्दै छानबिन गर्ने, दोषीमाथि कारवाही गर्ने, घाइतेहरुको निशुल्क उपचारको व्यवस्था गर्ने र तनाव साम्य भएपछि सुनसरीमा सद्भाव र्याली आयोजना गर्ने निर्णय गरेको प्रदेशसभा सांसद इस्राइल मन्सुरीले जानकारी दिए।

‘बैठकमा हिजोको झडपमा सहभागीहरु, उनका आफन्त, दलहरु, प्रशासन, संघसंस्था, जनप्रतिनिधि सबै सामेल थिए’, मन्सुरीले भने ‘तनाव साम्य पार्न सबैले सहयोग गर्ने सहमति भएको छ।’

उनका अनुसार जिल्ला प्रशासनले लगाएको कर्फ्यू क्रमशः खुकुलो पार्दै लैजाने सहमति पनि भएको छ। ‘घटनास्थलको कर्फ्यू क्रमशः खुकुलो पार्दै लग्ने र अन्यत्रको चाहिँ खोल्ने सहमति पनि भएको छ’, मन्सुरीले भने ‘आजबाट जिल्लाको अवस्था सामान्य बन्दै गएको छ।’

हरिनगरमा दुई समूहबीच  भएको झडपले अवस्था तनावग्रस्त बनेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियो।

शुक्रबार बिहानैबाट सुरु भएको हरिनगर तनावले निम्त्याएको झडपमा  १० जना प्रदर्शनकारी र १९ जना प्रहरी घाइते  भएका थिए।

जिल्ला प्रशासन कार्यालय सुनसरीले हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका, इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोशी गाउँपालिकामा कर्फ्यू  आदेश जारी गरेको थियो।

हरिनगर ४ स्थित भुटाहामा दुई समूहबीच झडप भएपछि शुक्रबार हरिनगरको केन्द्र तनावपूर्ण बनेको थियो। घटनास्थलमा  प्रहरीले ८० राउन्ड हवाई फायर  र ४० सेल अश्रु ग्यास प्रहार गरेको थियो।

 

Previous Post

छोरी कुटेर बुहारी तर्साउने झै इनरुवामा एस ई ई परीक्षा

Next Post

माओवादीको प्रश्न– ऐन अनुसार विद्यार्थीले पाउँनुपर्ने छात्रवृत्ति रामधुनीमा किन लागु भएन ?

Next Post
माओवादीको प्रश्न– ऐन अनुसार विद्यार्थीले पाउँनुपर्ने छात्रवृत्ति रामधुनीमा किन लागु भएन ?

माओवादीको प्रश्न– ऐन अनुसार विद्यार्थीले पाउँनुपर्ने छात्रवृत्ति रामधुनीमा किन लागु भएन ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2799 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2222 shares
    Share 889 Tweet 556
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1527 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1384 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1369 shares
    Share 548 Tweet 342

 

 

सम्पर्क

9ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist