ADVERTISEMENT
Monday, May 11, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

अस्पतालको लापरबाही उपचारका लागि हिँडेरै अस्पताल पुगेकी युवतीको मृत्यु, प्रदेश अस्पताल परिप्रदेश सर तनावग्रस्त

गणेश कुमार यादव by गणेश कुमार यादव
April 12, 2024
in मुख्य समाचार
0
अस्पतालको लापरबाही उपचारका लागि हिँडेरै अस्पताल पुगेकी युवतीको मृत्यु, प्रदेश अस्पताल परिप्रदेश सर तनावग्रस्त
44
SHARES
Share on FacebookShare on Twitter

चैत ३० गते,सुर्खेत । पश्चिम दैलेखको आठबिस नगरपालिका–५, पिपलकोटकी २२ बर्सिया भीमा(रिजुका) गुरुङ बलामी पेट दुखेको भन्दै उपचारका लागि सुर्खेत आइन् । उनी सामान्य चेकजाँचका लागि मात्रै सुर्खेत आएकी थिइन् । वीरेन्द्रनगरको एक निजी अस्पतालमा सामान्य चेकजाँच गराउँदा पाठेघरमा केही समस्या भएको देखियो । त्यस पश्चात् उनी देशकै उत्कृष्ट मानिएको प्रदेश अस्पताल जाने निधो गरिन् ।

बिहीबार बिहानै उनी अस्पताल भर्ना भएकी थिइन् । हिँडेर आफैँ अस्पताल पुगेकी थिइन्, भीमा । अस्पतालमा चेकजाँच गराउँदा ४ महिनाअघि प्रसूति गराउँदाका बखत पाठेघरमा केही सालनाल रहेको कुरा चिकित्सकहरूले जानकारी दिए । भीमाको पेटमा केही महिनाको बच्च समेत थियो ।

पाठेघरलाई सफा गर्नुपर्ने भयो । अप्रेसन गरेर सफा गर्दै गर्दा केही समयपछि नै अस्पतालले उनलाई मृत घोषणा गरिदिएको भीमाका जेठाजु हर्क बहादुर बलामीले रातोपाटीलाई जानकारी दिए । ‘हामी बाहिर बसिरहेको थियौँ, एक्कासि शव बुझ्न भनेपछि, हामी त अचम्मित भयौँ,’उनले भने, ‘हिँडेर अस्पताल गएकी भाइ बुहारीको एक्कासि शव बुझ्न भन्दा पत्याउन सकिने कुरै थिएन ।’

अस्पतालले दिउँसो तीन बजेतिर मृत घोषणा गरेको थियो । उनका अनुसार परिवारलाई भेट्नै नदिई एक्कासि रगत अभाव भयो भन्दै रगत मगाएको र केही समयमै मृत घोषणा गरियो । आफन्तहरूले डाक्टरहरूको लापरबाहीका कारण नै उनको मृत्यु भएको भन्दै आन्दोलन गरिरहेका छन् ।

‘यो प्रदेश अस्पतालले सामान्य पेट दुखेको मान्छेलाई उपचार गर्न नसकेर मार्छ भने प्रदेश अस्पताल कस्का लागि र किन ?,’ जेठाजु हर्क बलामी भन्छन्, ‘तत्काल छानबिन गरी यस्ता गैरजिम्मेवारी डाक्टरहरूलाई बर्खास्तसँगै कानुनी कारबाही गर्नुपर्छ भन्ने हाम्रो माग हो ।’ भीमाको मृत्यु भएसँगै अस्पताल परिसर तनावग्रस्त छ भने अझै परिवारले शव बुझ्न मानिरहेका छैनन् । उचित क्षतिपूर्तीसहित छानबिनको माग आफन्तहरूले गरेका छन् ।

शुक्रबार बिहान १० बजेदेखि चरणबद्ध आन्दोलनको कार्यक्रम अगाडि बढाइने तयारी आफन्तहरूले गरेका छन् । यस्ता प्रदेश अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले उक्त घटनाबारे अनुसन्धान भइरहेको बताए । ‘उहाँको अवस्था गाह्रो नै थियो भन्ने रिपोर्ट छ, अप्रेसन गर्दा भ्रूणलाई फाल्नुपर्ने हुँदा, त्यस क्रममा मृत्यु भएको जानकारी आएको छ,’उनले भने, ‘अझै टेक्निकल विषयमा के भएको हो आज हामी छलफल गर्दै छौँ ।’

प्रदेश अस्पताललाई देशकै उत्कृष्ट भनिएपछि सेवा प्रवाहका विषयमा भने व्यापक प्रश्न उठ्दै आएको छ ।

श्राेत : राताेपाटी

Previous Post

एनसेल टावरमा कुकर बम विस्फोट

Next Post

छुरा प्रहारबाट एकको मृत्यु

Next Post
छुरा प्रहारबाट एकको मृत्यु

छुरा प्रहारबाट एकको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2233 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1692 shares
    Share 677 Tweet 423
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1394 shares
    Share 558 Tweet 349

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist